काठमाडौं– प्रहरीले लागुऔषध चरेससहित चार जनालाई पक्राउ गरेको छ। रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ ईट्टाभाटीबाट करिब २५ केजी चरेससहित ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४० वर्षीय दिपेन्द्र घर्ती, जाजरकोट खलङगा गाउँपालिका–९ का ४४ वर्षीय तिलक पुन, बारीकोट गाउँपालिका–१ का २८ वर्षीय टोपेन्द्र बिहरा र नल्गा गाउँपालिका–२ का २८ वर्षीय प्रेम विक रहेका छन्।
उनीहरूमाथि लागु औषध मुद्दामा अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।