• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २१, २०८२ Thu, Mar 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

देवकोटा : नेपाली साहित्यका मिथक

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २, २०७४  ०९:५४
1140x725

आधुनिक नेपाली कवितामा नछुट्ने नाम हो, लक्ष्मीप्रसाद देवकोटा । कविता सिर्जना मात्र होइन, उनको दैनिकी, खानपान, पहिरन लगायत उनको जीवनशैली सार्वजनिक भइसकेका छन् । अब त उनी कसैको जबर्जस्त आदर्शभन्दा पनि नेपाली कवितामा मिथ झैं स्थापित भएका छन् । नेपाली साहित्यमा एउटा मिथक हुन्, देवकोटा।

उनलाई राम्रो-नराम्रो, ठूलो-सानो कविभन्दा पनि महाकविकै रुपमा हामीले पढ्दै आएका हौं । त्यही रुपमा बुझ्नुपर्छ।

मैले उनका सबै काव्य त पढेको छैन । मुनामदन खण्डकाव्य सानैमा पढियो । 'पागल', 'यात्री' जस्ता कविताहरु बोध गरेको छु । 'लक्ष्मी निबन्धसंग्रह'का साथै उनका फुटकर निबन्ध पनि अध्ययन गरेको छु।

मुनामदन चाहिँ आम नेपाली समाजको भुइँतह वर्गसम्म पुगेर लेखिएको खण्डकाव्य हो । यसैले पनि मुनामदन उनको जीवनकै सर्वोत्कृष्ट कृति बन्न पुग्यो। लोकलयमा आधारित झ्याउरे छन्द उसै पनि सबैले रुचाउँछन् । मुनामदनमा उनले यही प्रयोग गरे, पछि त सबैको जिब्रोजिब्रोमा झुन्डिने भइहाल्यो। 

कतिपयलाई महाकवि भनेका को हुन् भन्ने थाहा छैन,  तर 'मुनामदन' कण्ठ छ । यो त उखानजसरी नै स्थापित भइसक्यो । यी लाइन हेरौं न-

क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।

'मुनामदन'भित्रको यो दुई लाइनले नै बृहत् आयाम बोकेको छ।

आदर्शभन्दा पर
राणाकालीन समयमा उदाएर र पञ्चायतको सकस भोगेका देवकोटामा समतामूलक समाज निर्माणको चेत थियो । एकतन्त्रीय राणाहरुको कठोर कालमा उनी गरिब, दु:खी र दलितहरुको पक्षमा थिए । त्यो समयमा पनि उनले डरधक मानेनन् । मानवतावादी कवितामा उनको त्यो मर्म बुझ्न सकिन्छ । समाजको जडता विरुद्ध उनी कवितामा क्रान्तिकारी भएरै देखापरे। 

Ncell 2
Ncell 2

उनको समयमा संख्यात्मकसँगै गुणात्मक साहित्यको माग थियो । उनले त्यो अभाव पूर्ति गर्न पनि सक्दो लेखेकै हुन् । कविताको त्यो कालखण्डमा अभाव हुन दिएनन् पनि। 

उनी जुन ढंगले लेख्थे, एकसरो लेखेपछि फेरि दोहोर्‍याएर साफी नगर्ने गरेको सुन्न र पढ्न पाइन्छ । त्यो उनको आफ्नै शैली होला । किनकि उनी कुनै जड सिद्धान्त वा वैचारिकताको साङ्लोमा बाँधिएका थिएनन् । स्वच्छन्द शैलीमा भावनाको तीव्र वेगले कविता उमार्थे र खोलाको गडगडाहट जसरी लेख्थे। 

एउटै व्यक्तिले त्यो बेलाको समाजलाई तरंगित बनाएको सत्य हो । उनी आदर्शभन्दा परका कवि हुन् । उनको आफ्नै क्षमता, प्रतिभा र व्यक्तित्व थियो । उनी जस्तो हामी बन्न सक्दैनौं। 

सबलता
उनका धेरै राम्रा पक्ष छन् । समाजमा प्रभाव पार्न उनको त्यो प्रतिभाले भूमिका खेलको छ । उनका सबलतालाई बुँदागत रुपमा यसरी भन्न सकिन्छ- 

१. समाजको अन्धकार र जडता चिरेर प्रगतिशीलता अँगालेका कवि हुन् उनी।
२. जुन बेला जागृतिका साहित्य लेखिनुपर्थ्यो । उनले त्यो आवश्यकतालाई परिपूर्ति गरे।
३. तीव्र लेखनशक्ति भएर पनि उनका धेरै कविता उत्कृष्ट बन्न सफल छन् । उनमा त्यो प्रतिभा थियो।
४. गरिब, दु:खीहरुको पक्षमा सरल सहज भाषामा कविता लेख्ने क्षमताले पनि सामान्य पाठकले उनलाई प्रिय मान्छ।
५. मानवतावाद र प्रगतिशील चेतनालाई उनले एकसाथ अघि बढाए।

ईश्वरीय देवकोटा
उनमा रहेको उच्च ईश्वरीय भक्तिभावको चर्चा पनि भइरहन्छ । ईश्वरको निन्दा गर्नेहरु मानिस पनि छन् । तर, ईश्वर त आद्यविम्ब हो सबैको । खण्डन गरे तापनि सबैको हृदयपत्रको कुनामा कतै न कतै ईश्वरको छाप रहेकै हुन्छ, मधुरो छाया जस्तो । यो आफैंमा रहस्यपूर्ण छ । यसैलाई मान्छेले प्रेम गरेर हिँडेको हुन्छ, त्यो ईश्वरै होओस् वा उसको विश्वास!

देवकोटाको मनमा पनि यस्तै रहस्य थियो भन्न सकिन्छ । उनी ईश्वरभक्त थिए । तर, आस्तिकवादले ग्रस्त थिए भनेर आलोचना गर्नुको तुक छैन । यसो भनूँ, एउटा कवि जो विम्बात्मक हिसाबले ईश्वरलाई प्रेम गर्थे। 

'यात्री' कविमा पनि उनले ईश्वर मन्दिरमा होइन, मान्छेको मनभित्र रहन्छ भनेका छन् । मानवताको सेवामा ईश्वरले बास गर्छ भनेर लेखेका छन् । मृत्युको अन्तिम अवस्थामा पनि उनले 'आखिर श्रीकृष्ण रहेछ एक..' भनेरै लेखेका थिए।

उदारताको पराकाष्ठा
अहिलेको पुस्ताका कविले उनको महाकाव्य पढ्छन् भनेर म विश्वास गर्न सक्दिनँ । पाठ्यक्रममा राखिएकाले धेरै विद्यार्थीले देवकोटाको खण्डकाव्य, महाकाव्य पढेका होलान्। 

उनको शैली, काव्यचेतनालाई हरेकले फरक-फरक ढंगले प्रभाव ग्रहण गरेका छन् । उनको व्यक्तित्वबाट कति सिक्ने भन्ने कुरा अर्को पाटो भयो । गरिबलाई कोटै दिने, जति पैसा छ, दु:खीहरुलाई बाँड्दै हिँड्ने खालको उनको जुन स्वभाव थियो, उदारताको पराकाष्ठा हो त्यो । अहिलेको युगमा त त्यो सम्भव छैन।

एउटा व्यक्तिले आफूलाई जलाएर पनि समाजका लागि दियो झैं बलेर कसरी चेतना छर्न सक्छ भनेर उनीबाट प्रेरणा लिन सकिन्छ । यथार्थमा त उनको अस्तव्यस्त जीवनशैलीबाट सिक्नैपर्ने केही छैन । तर पनि, उनी त्यति उदार र मानवतावादी थिए भने हामीले किन प्रयास नगर्ने भनेर प्रेरणा चाहिँ लिन सक्छौं । कविहरु मात्र होइन, समाजका अरुले पनि उनीबाट प्रभाव ग्रहण गर्नुपर्ने पक्ष धेरै छन्।

(फणीन्द्र संगमले गरेको कुराकानीमा आधारित।)

यो पनि पढ्नुहोस्-

यस्ता थिए महाकवि
महाकविमाथि चार युवाकविको टिप्पणीः कमजोरीबाट उम्किन सकेनन् देवकोटा
जो महाकवि देवकोटालाई ‘देउता’ मान्छन्
ती हाम्रा दिन गै गए!
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म
महाकवि बाँचिरहेका भए!
नेपाली साहित्यकाशका तारा

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  ०९:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० विश्वकप: भारतले दियो इंग्ल्यान्डलाई २५४ रनको विशाल लक्ष्य
निर्वाचन सम्पन्न भएकोमा राष्ट्रपति पौडेलद्वारा धन्यवाद व्यक्त
कांग्रेसले दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
टी–२० विश्वकप: भारतले दियो इंग्ल्यान्डलाई २५४ रनको विशाल लक्ष्य बिहीबार, फागुन २१, २०८२
निर्वाचन सम्पन्न भएकोमा राष्ट्रपति पौडेलद्वारा धन्यवाद व्यक्त बिहीबार, फागुन २१, २०८२
कांग्रेसले दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद बिहीबार, फागुन २१, २०८२
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान बिहीबार, फागुन २१, २०८२
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो बिहीबार, फागुन २१, २०८२
सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद बिहीबार, फागुन २१, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्