काठमाडौं— प्रोग्रामिङ ल्याङ्ग्वेज ‘पीएचपी’मा देखिएको सुरक्षा कमजोरीका कारण गत बिहीबारदेखि बन्द भएका नेपालका सरकारी वेबसाइटहरू पुनः सञ्चालनमा आउन थालेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, यातायात कार्यालय, मालपोत कार्यालय र नेपाल राष्ट्र बैंकलगायत अधिकांश सरकारी निकायका वेबसाइटहरू खुल्न थालेका हुन्।
सरकारको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार सुरक्षा प्याच लागू गरी आवश्यक परीक्षण गरेपछि एक हजारभन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवा पुनः सञ्चालनमा आएका छन्।
बाँकी रहेका वेबसाइट तथा अनलाइन सेवाहरू पनि छिट्टै सञ्चालनमा ल्याउन केन्द्रका कर्मचारीहरू खटिएका छन्।
वेबसाइट निर्माणमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ ल्याङ्ग्वेजमा देखिएको सुरक्षा कमजोरीका कारण नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू प्रभावित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।