काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपरकी १३ वर्षीया बालिका निर्मला पन्तको पोस्टर टाँसेको आरोपमा प्रहरीले एक दर्जन व्यक्तिलाई पक्राउ गरेको छ।
_x000D_ _x000D_
पोस्टर टाँसेर आन्दोलन गर्न थालेपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले बताए।
_x000D_ _x000D_
‘अहिले एसिया प्यासिफिकको शिखर सम्मेलेन भइरहेको छ। जहाँ विभिन्न देशका भिभिआइपी व्यक्तिहरु आएका छन्। पोस्टर टाँस्दै आन्दोलन गर्न थालेपछि बाटो समेत अवरुद्ध हुने भएपछि उनीहरूलाई नियन्त्रणमा लिएका हौँ। केहीबेरमै छुट्नु हुन्छ’ एसएसपी लामाले भने।
_x000D_ _x000D_
सामाजिक अभियन्ता प्रितम सुवेदीसहित भावना राउत, सिर्जना विश्वकर्मा, छवि पंगेनी लगायत एक दर्जन भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।