• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

महाकवि बाँचिरहेका भए!

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २, २०७४  ०७:२९
1140x725

महाकवि देवकोटा बाँचिरहेको भए कति खुसी हुने थिए होलान्, उहाँकै गीत 'सागरभरि छाती चिरी' सुनेर । एकदिन गीत सुनाऊ है नानी भन्ने उहाँको आवाज मेरो कानमा अझै गुञ्जिरहेको छ । नजाने अरु के-के भन्नुभएको थियो उहाँले त्यतिबेला, सम्झन सक्तिनँ । कारण, त्यतिबेला म सानै थिएँ। 

भारतीय सांस्कृतिक केन्द्र वसन्तपुरमा भएको हाम्रो भेटघाटको त्यो दिन म निकै खुसी भएको थिएँ, आफ्ना प्यारा कविबाट गीत गाउने प्रेरणा पाएर । तर… तर उक्त पहिलो भेटघाट अन्तिम पनि बन्न जान्छ भनेर मैले सोचेको पनि थिइनँ । एकदिन म सुन्छु- देवकोटा हामी सबैलाई छाडी क्षितिज पारि जानुभयो रे।

म छाँगोबाट खसेको अनुभव गर्दै आर्यघाट पुग्छु । एकचोटि कमसेकम मुख हेर्ने मेरो इच्छा थियो तर… म निकै ढिलो पुगेको रहेछु, रोक्दारोक्दै पनि दुई थोपा आँसु झर्छन् मेरा आँखाबाट । गीत सुन्ने मेरा महाकविको धोकोलाई मैले पूरा गर्न सकिनँ, म कति अभागी!

भारतीय सांस्कृतिक केन्द्रमा पहिलो र अन्तिम भेट महाकविसित भएको मेरो जीवनको एक अविष्मरणीय घटना हो । एक धमिलो सम्झना आएर खडा हुन्छ मेरो अघिल्तिर त्यस दिनको, अनि लाग्छ- महाकविले मेरो गीत सुनिरहेका छन् यहीँ कहीँ शीत, बतास, फूल, माटो, ढुंगा, पहरा, छहरा, खोला, वन, पाखा र पर्वत अनि आकाशभरिभरि नै लुकेर।

जिन्दगीको गोरेटोमा उफ्रँदै, ढलमलाउँदै, सुस्केरा हाल्दै, सुसेल्दै अनि गुनगुनाउँदै कहाँ-कहाँ पुग्छु म, मलाई थाहा छैन । एकदिन म यस्तो ठाउँमा आएर विश्राम लिन पुग्छु, जहाँ मैले आफ्नो अस्तित्तवको नाङ्गो आभास पाउँछु । मैले सबै-सबै हराइसकेको रहेछु यात्राको लामो अवधिमा । हरलाको याद आउँछ- कसरी उसलाई एक अज्ञात बाउन्नेले इल्युजनमा पारेको रहेछ । (बिचरा हरला ! के तिम्रो यात्रा कहिल्यै टुंगिएला ?) हतास भएर मैले यता-उता हेरेँ, निकै अबेर भइसकेको रहेछ।

विवशताको कुहिरो मेरो सम्पूर्ण शरीरभरि नै फैलिएर मलाई बन्द गरिदिन्छ काठमान्डूको मुटुभित्र।

अनायासै एकदिन नगेन्द्र (शर्मा) ले आएर झकझक्याउँछ मलाई । म ब्यूँझन्छु । एक गीति प्रदर्शन गर्ने कुरा झिक्छ । वर्षौंदेखि कोठामा लडिराखेको तानपूरा, हार्मोनियम, मादल र मेन्डोलिनलाई सोध्छु म । उनीहरुको मौनता भंग हुँदैन । मैले अस्वीकृतिको बोध दर्शाइदिएँ । उसले सम्झाउँदै थियो मलाई बाख र बिथोवन अनि देवकोटा र रिमालको उदाहरण दिँदै । किंकर्त्तव्यविमूढ भएर म पश्चिमपट्टि खुलिराखेको झ्यालबाट टाढा-टाढासम्म हेर्ने प्रयास गर्छु छातीभरि अन्तरद्वन्द्वको पहाड बोकेर । म यसरी निकैबेर अलमलिरहेको थिएँ, नगेन्द्रले कुन्नि के-के भन्दै थियो, म सुन्दिनँ । अकस्मात् स्वयम्भूमाथि मेरो दृष्टि पुग्छ, हावाको एक झोक्का आएर कोठाको सारा वातावरणलाई तरंगित बनाइदिन्छ, बाजाहरु झंकृत हुन्छन्।

मेरो मीत गोपाल योञ्जनको संगीत र मेरो स्वरको समन्वय गरेर मीतज्यू नाइट भनेर नामकरण भएको गीति प्रदर्शन पुलिस क्लबमा गर्ने पक्का हुन्छ । साथीहरुबाट सहयोग पाइने भयो, मीतज्यू थापाथलीमा रिहर्सल गर्न थाल्नुहुन्छ, नगेन्द्र चाँजो मिलाउने कामतिर । किलागलको चारतले कोठामा पश्चिमबाट आएको चिसो सिरेटोसँग हाँस्दै-खेल्दै म गीत गाउँछु लगातार दुई… तीन… चार अनि पाँच घन्टासम्म । वर्षौंपछिको अभ्यासले कस्तो-कस्तो एक प्रकारको चिरचिराहट उत्पन्न भएको रहेछ मेरो आवाजमा । जे होस्, विश्वास सधैं मेरो साथमा थियो र भाद्र १, २ र ३ गते पुलिस क्लबमा कार्यक्रम हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

जेठी साँझपछि माहिली साँ जान्छे पालैपालो सलाम गरेर अनि कान्छी आउँछे टन्न भरेको छाती बोकेर हाँसो र आँखाभरि उत्सुकता दौडिरहेको मैले मञ्चको पर्दाभित्रैबाट लुकेर हेरेँ । खुसीले मेरो छाती हिमाल जत्रो भएर आयो।

पर्दा खुल्छ । दर्शकहरुको दृष्टि 'हाम्रो कलाकार हाम्रो गीत' को तुलिकाक्षरमाथि पर्छ । मेरा साथी अनि भाइबहिनीहरु पहिल्यै स्टेजमा आ-आफ्नो तयारीसाथ बसेका हुन्छन्।

नगेन्द्रले उद्घोषण गर्छ अनि परिचय गराउँछ हामी सबैको । एकातिरबाट मीतज्यू र अर्कोतिरबाट म आएर श्रोता महानुभावहरुलाई अभिभावन गर्छौं । कार्यक्रम सुरु हुन्छ 'सबलाई रिझाऊ भन्दा पसलमा बेचिएछु, मेरा कोही भए सबैको म भएछु' बाट अनि टुंगिन्छ 'अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा ।' श्रोताहरुको ताली र बधाईको बाँध फुटेर मभित्र जन्माइदिन्छ एक सन्देहको काँचो धागो 'के उपहास त होइन !' नयाँ-नया दर्शकहरुले बधाईमाथि धन्यवाद दिँदै थिए मलाई, उनीहरुको मन पर्ने गीत गाइदियो भनेर । गुड नाइट ! गुड नाइट !! भन्दै हात हल्लाउँदै गए सबै । हेर्दाहेर्दै मोटर अँध्यारोमा पुलिस क्लबको ढोका नाघेर नजाने कतातिर मोडिन्छ, म पत्तै पाउँदिनँ । श्रोताहरु आफ्नो बाटो लाग्छन् मीतज्यू नाइटको सुस्केराहरु बोकेर, अन्तमा म पनि लाग्छु घरतिर कुन्नि के-के बोकेर।

घर पुगेर ओछ्यानमा पल्टिँदा किसिम-किसिमका कुरा मनमा खेल्छन् । होसै भएन, कुन बेला निदाएछु।

Xtrem

Xtrem

यसरी तीनदिने उक्त नाइट सफल र रोचक भन्ने श्रोताहरुको प्रतिक्रिया हुँदाहुँदै पनि मलाई चित्त बुझेको थिएन कति कुराको । गीत गाउँदा कैयन् त्रुटि गरेँ, आवाजमा पूर्णता थिए, भाव र अभिव्यक्ति दिने प्रयत्न गरेको हुँ, कहाँसम्म सफल भएँ वा असफल, श्रोताहरु जानून्।

लामो समयपछि यसरी गीत गाउँदा सफल होस् वा नहोस्, गीत गाउने प्रेरणा पाएको थिएँ अवश्यै श्रोताहरुको चाखले गर्दा, यसैमा मलाई सन्तोष थियो । तर, बाटा-बाटामा, रेस्टुराँमा, कोठामा, पार्कमा मलाई साथीहरुले, हितैषीहरुले व्यंग्यात्मक प्रश्न गरे, 'गीत गाएर के पायौ ?' घरमा त्यही प्रश्न, टोलमा त्यही प्रश्न, नजाने अरु कहाँ-कहाँबाट यस्तो प्रश्न आउने हो, बुझ्दिनँ । के जवाफ दिऊँ म उनीहरुलाई ? आर्थिक लाभको मात्र ध्यान दिएर आत्मा विरुद्ध भिन्न-भिन्न प्रकारले फाइदा उठाउने कोसिस गरेको भए म पनि अर्कै भइसक्थेँ हुँला, तर म चाहन्नँ ती सब, बरु ढुंगा खाएर मर्छु । मलाई केवल जनताको सहानुभूति भए पुग्छ । कारण, म जनताको लागि मात्र गाउँछु।

'मीतज्यू नाइट' गरेर म र मेरा साथीहरुर करोडपति बन्न खोजेका होइनन्, कलाकार र साहित्यकारको जिउँदो लाश (रुप) मात्र देखाउने प्रयास भएको थियो । हामीले उनीहरुप्रति श्रद्धा र सहानुभूति मात्र पेश गर्न सक्यौं, सायद यो हाम्रो भूल थियो । त्यसैले त होला, महान् कहलाउने कवयित्रीले हामीलाई सातपत्रे आडम्बर भनेर दोष लाउने असफल प्रयास गर्नुभएको ? मीतज्यू नाइटको उद्गार ढोंग हो भने उहाँका कृतिहरु नि ? धेरै दुःख लाग्यो मलाई एक कवयित्रीले कलाकारको भावना नबुझेकोमा । संगीत जस्तो कठिन, अमूर्त अनि विवादास्पद विषयमाथि लेख्नु नै किन (?) यो उहाँको विषय होइन । कस्तो हास्यास्पद अनि दुःखद कुरा!

मेरो मन फेरि भाँच्चिएको छ । सती जाने बेलामा भीम मल्लकी विधवा स्त्रीले साँच्चै मेरो देशलाई सराप दिएकी थिइन् रे । मलाई थाहा छैन, घरबाट मैले अझै कति धिक्कार पाउनु बाँकी छ र श्रोताहरु अनि हितैषीहरुबाट स्याबास अनि यही स्याबास र धिक्कारको लहरसँग पौडी खेल्दाखेल्दै म नजाने कहाँ पुग्छु एकदिन, मलाई थाहा छैन । म गीत सुनाउँछु, सुनाउँदै जान्छु मेरा स्वजनहरुलाई, एकले भन्छ- स्याबास । दोस्रोले सोध्छ- के पायौं ? घरबाट आउँछ- धिक्कार!

आज मेरा महाकवि बाँचिरहेका भए एक पन्थ दुई काज हुन्थ्यो होला । एक, उनको गीत सुन्ने धोकोलाई पूरा गर्थे । दोस्रो सोध्ने थिए- 'गीत गाएर मैले के पाएँ?'

गोरखापत्रका एक सय एक निबन्ध (२०६०) बाट

यो पनि पढ्नुहोस्-

यस्ता थिए महाकवि
महाकविमाथि चार युवाकविको टिप्पणीः कमजोरीबाट उम्किन सकेनन् देवकोटा
जो महाकवि देवकोटालाई ‘देउता’ मान्छन्
ती हाम्रा दिन गै गए!
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म
महाकवि बाँचिरहेका भए!
नेपाली साहित्यकाशका तारा

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  ०७:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्