काठमाडौं- वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार कार्यालय ताहाचलमा रोजगारीका लागि विदेश जाने कामदारले श्रम स्वीकृतिका लागि घन्टौं लाइन बस्नु परिरहेको छ। श्रम स्वीकृति लिनका लागि सेवाग्राहीको संख्याप्रत्येक दिन बढेपछि नियन्त्रणमा लिन प्रहरीलाई हम्मे-हम्मे परिरहेको छ।
_x000D_
_x000D_
अनलाइन प्रणालीबाट श्रम स्वीकृति जारी गर्दा पनि सेवाग्राहीको चापमा कमी आएको छैन।कामदारका रूपमा विदेश जानु पूर्व र पुःन विदेश जाँदा श्रम स्वीकृति लिनुपर्छ। यही कामका लागि वैदेशिक रोजगार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय, ताहाचलमा दैनिक ३ हजारभन्दा बढी सेवाग्राहीको भीड लाग्ने गरेको छ। यो क्रम गत कात्तिक अन्तिम सातादेखि निरन्तर चलिरहेकै छ।
_x000D_
_x000D_
_x000D_
_x000D_
श्रम स्वीकृति लिन सेवाग्राही बिहान ६ बजेदेखि नै लाइनमा बस्ने गरेका छन्। दसैं-तिहार मनाउन स्वदेश फर्किएका युवा फर्किन थालेकाले श्रम स्वीकृति लिनेको चाप बढेको कार्यलयका प्रमुख युवराज खतिवडाले बताए। कात्तिकको अन्तिम सातादेखि कार्यालयमा सेवाग्राहीको चाप बढिरहेको उनको भनाइ छ।
_x000D_
_x000D_
श्रम स्वीकृतिका लागि कार्यालय पुगेका सेवाग्राहीको लाइन कार्यालयको गेटबाहिर धेरै परसम्म पुग्ने क्रम रोकिएको छैन। अनलाइनबाटै आवेदन दिन पाइने भएपनि कार्यालयले लाइन व्यवस्थापन गर्न सकेको छैन। जसका कारण सेवाग्राही दिन लाइनमा बसेर सास्ती व्यहोर्नु परेको छ।
_x000D_
_x000D_
श्रम कार्यलयले आगामी सातादेखि टोकन प्रणाली सुरु गर्ने बताएको छ। अनलाइन प्रणालीबाट आवेदन लिँदा पनि लाइन कम नभएपछि टोकन प्रणाली सुरु गर्न लागिएको कार्यालयले जानकारी दिएको छ। यसपछि सेवाग्राहीको लाइन कम हुने कार्यालयको विश्वास छ।
_x000D_
_x000D_
श्रम स्वीकृतिका लागि तोकिएको मितिमा तोकिएका सेवाग्राही मात्र विभागमा आउने भएकाले कार्यालयको भीड कम हुने कार्यालय प्रमुख खतिवडाले बताए।
_x000D_
_x000D_
मंसिर १६ गतेदेखि टोकन प्रणालीमा श्रम स्वीकृति जारी गरिने उनको भनाइ छ। विभाग प्रमुख खतिवडाका अनुसार मंसिर १६ गतेदेखि यस्तो समस्या नहुने र श्रम स्वीकृतिको लागि आउने सबै सेवाग्राहीले सहज रुपमा श्रम स्वीकृति लिन पाउने व्यवस्था मिलाइने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।