धनगढी– कैलालीका अधिकांश स्थानीय तहमा छिटोछिटो कर्मचारी सरुवा भइरहेका कारण कामकारबाही प्रभावित हुँदै आएको छ।
_x000D_
_x000D_
२१ वर्षपछि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आए पनि संघीय सरकारले हचुवाका भरमा छिटोछिटो कर्मचारीको सरुवा गरिरहेका कारण काम गर्न निकै गाह्रो भइरहेको गुनासो बढेको छ।
_x000D_
_x000D_
सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा पछिल्लो स्थानीय निर्वाचनपछि पाँच जना प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन्। कैलालीकै घोडाघोडी नगरपालिकामा पनि यो अवधिमा पाँच जना प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन्।
_x000D_
_x000D_
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड भन्छन्, 'अहिले काजमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा चक्रपाणि पाण्डे आउनुभएको छ, कति दिनसम्म यहाँ बस्नुहुन्छ थाहा छैन।'
_x000D_
_x000D_
स्थानीय तहका कर्मचारीहरु जनप्रतिनिधिका कारण पनि प्रमुख प्रशासकीय अधिकृत धेरै दिन टिक्न नसकेको दाबी गर्छन्। कर्मचारीहरु प्रमुख प्रशासकीय अधिकृतले जनप्रतिनिधिको आफ्नो इच्छाअनुसार काम नगरे सरुवाको माग गर्ने गरेको बताउछन्। तर, जनप्रतिनिधिहरु भने संघीय सरकार, मन्त्रालयले हचुवाका भरमा कर्मचारीको सरुवा गर्ने गरेको गुनासो गरिरहेका छन्।
_x000D_
_x000D_
कैलालीको धनगढी उपमहानगरपालिकासहित अधिकांश स्थानीय तहमा कर्मचारी समायोजन प्रभावकारी नभएको, संघीय मन्त्रालयले हचुवाको भरमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिरहेको, कतिपय सन्दर्भमा जनप्रतिनिधिहरुले पनि उचित ढंगले कर्मचारी व्यवस्थापन तथा परिचालनमा ध्यान दिन नसकेको तथा जनप्रतिनिधी र कर्मचारीबीच दायित्व र अधिकारबारे विवाद देखिने गरेका कारण स्थानीय तहमा समस्या बढिरहेको छ।
_x000D_
_x000D_
धनगढी उपमहानगरपालिका प्रमुख वडले विभागीय कर्मचारीहरु नआउँदा काम गर्न समस्या भइरहेको बताए। उनले संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृतको छिटोछिटो सरुवा गरिरहेकाले समस्या भएको बताए। उनले भने, 'जनप्रतिनिधि र कर्मचारीबीच राम्रो तालमेल र समन्वय छ, कुनै समस्या छैन। तर, संघीय सरकारले हामीसँग कुनै समन्वय नगरी आफुखुसी सरुवा गरिरहेको छ।'
_x000D_
_x000D_
धनगढी उपमहानगरपालिकाका एक जना वडाध्यक्षले भने, 'कर्मचारीको छिटोछिटो सरुवा हुनुमा दुवै पक्ष कारक रहेका छन्। जनप्रतिनिधीहरु जनताका गुनासाको तत्काल सम्बोधन होस् भन्ने चाहन्छन, तर कर्मचारीहरु ऐनकानुनका जटिल प्रावधान देखाएर गुनासो सम्बोधनमा ढिलाई गर्ने गर्दछन्' उनले भने, 'यसले कहिलेकाहीं जनप्रतिनिधि र कर्मचारीबीच विवाद सिर्जना हुने गरेको छ।'
_x000D_
_x000D_
घोडाघोडी नगरपालिकामा जनप्रतिनिधि निर्वाचित हुनुअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा रामेछापबाट राजुप्रसाद न्यौपाने सरुवा भएर आए। उनले करिब दस महिना घोडाघोडी नगरपालिकामा काम गरे।
_x000D_
_x000D_
२०७४ साल कात्तिक ४ गते यातायात व्यवस्था कार्यालय, गण्डकीमा कार्यरत कृतनराज पौडेल घोडाघोडी नगरपालिकामा प्रमुख कार्यकारी अधिकृतका रुपमा सरुवा भएर आए। उन ८ महिनापछि गत जेठ ११ गते सरुवा भए। गत भदौ ११ गते घोडाघोडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा संघीय मामिला मन्त्रालयबाट सुरेश सुनार सरुवा भएर आए। तर, उनी दुई महिना पनि टिक्न सकेनन्। उनले जनप्रतिनिधीहरुले कानुन मिचेर काम गर्न खोज्ने प्रवृत्तिका कारण काम गर्न गाह्रो भएर सरुवा माग गरेको बताएका थिए।
_x000D_
_x000D_
उनीपछि घोडाघोडी नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आएका दीपककुमार आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गरेको थियो।
_x000D_
_x000D_
घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरी ‘लोकसेवाबाट आएका कर्मचारीको विभागले नै सरुवा गर्ने भएकाले आफूले यसलाई स्वभाविक रुपमा लिएको बताए।
_x000D_
_x000D_
घोडाघोडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष नगर कार्यपालिका प्रवक्ता मनराज शाहीको धारणामा प्रायः कर्मचारी स्थानीय तहमा बस्न नचाहने र केन्द्रमै बस्न रुचाउने गरेकाले समस्या भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।