काठमाडौं– एक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रम एसिया प्यासिफक सम्मेलनमा नेपाल आउन लागेका विदेशी पाहुनाहरुको सुरक्षाका लागि सरकारले सवारी साधनमा लगाएको जोर बिजोर प्रणाली ११ बजेदेखि खारेज हुने भएको छ।
_x000D_
_x000D_
सर्वसाधारण जनताले दु:ख पाएको गुनासो गरेपछि गृह मन्त्रालयको निर्देशनमा जोर बिजोर प्रणाली हटाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
_x000D_
_x000D_
यसअघि १३ गते देखि १६ गतेसम्म जोर बिजोर हुने नियम जारी भएको थियो। दैनिक रुपमा कार्यस्थलमा पुग्न समेत जोर बिजोर प्रणालीले समस्या भएको भन्दै जन आक्रोश देखिएपछि गृहमन्त्रालयले यसलाई हटाउने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।