जोर बिजोर प्रणालीको अवज्ञा गर्दै युथ कांग्रेस नेपालले निकालेको मोटरसाइकल र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ।
_x000D_
_x000D_
आज बिहान साढे आठ बजे ज्ञानेश्वर चोकबाट निकालेको वृहत मोटरसाइकल र्यालीमा प्रहरीले हस्तक्षेप गरी ८ जनालाई पक्राउ समेत गरेको छ।
_x000D_
_x000D_
युथ कांग्रेसका राष्ट्रिय संयोजक सचिन तिमिल्सनासहित डुजाङ शेर्पा, चेतन बुढाथोकी, सुनिल शर्मा, तपेन्द्र खड्का लगायत पक्राउ परेका हुन्।
_x000D_
_x000D_
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको विवादित सम्मेलनका निम्ति जोर बिजोर प्रणाली लागू गर्न नमिल्ने भन्दै कांग्रेस युवा नेता गगन थापाले सामाजिक सञ्जालमा विरोध जनाएका थिए ।
_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।