दक्षिण कोरिया– कोरियामा अवैध रुपमा बस्ने र शरणार्थी बन्नेहरुका लागि नेपाल फर्किने प्रक्रियाबाहेक अन्य सबै सरकारी सुविधामा कटौती गरिएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ।
_x000D_
_x000D_
पछिल्लो समय कोरियाली भाषा परिक्षा (इपिएस) र अन्य माध्यमबाट कोरिया आएका नेपालीहरु करार अवधि सकिएपछि पनि अवैधरुपमा कोरिया बस्ने र शरणार्थी बन्ने क्रम बढेपछि दूतावासले कडाइ गर्न सुरु गरेको कोरियाका लागि नेपाली राजदूत अर्जुनजंग बहादुर सिंहले जानकारी दिए।
_x000D_
_x000D_
विभिन्न माध्यमबाट कोरिया आई देशको विकराल स्थिति देखाएर शरणार्थी भिसा लिने तथा अवैध रुपमा कोरिया बस्ने नेपालीको संख्या बढ्दै गएपछि दूतावासले यस्तो निर्णय लिएको सिंहको भनाइ छ।
_x000D_
_x000D_
यसअघि, दूतावासले यहाँ अवैध रुपमा बस्ने नेपालीलाई पनि राहदानीको प्रतिलिपि बनाइदिने देखि अन्य थप सरकारी सुविधाहरु प्रदान गर्दै आएको थियो।
_x000D_
_x000D_
नेपाल सरकारले इपिएसमार्फत पहिलो चरणमा ४ वर्ष १० महिना कोरिया बसेर स्वदेश फर्किनेगरी सम्झौता गरेको छ। करार अवधि सकिएपछि पनि कोरिया बस्नु देशलाई असहयोग गर्नुको रुपमा लिन्छन् दूतावासका उपनियोग प्रमुख किरण शाक्य। शाक्यले यस्तो अवस्थामा सरकारले मात्र सहयोग गर्नुपर्ने नदेखिएकाले सो निर्णय गरिएको बताए। ‘यद्दपि, नेपाल फर्किन चाहनेहरुका लागि भने ट्राभल डकुमेन्ट देखि अन्य कागजातहरु बनाउन दूतावासले सहयोग भने गर्नेछ।’, शाक्यले भने।
_x000D_
_x000D_
उनले इपियसबाट कोरिया आउने र करार अवपध सकिएपछि शरणार्थी भिसा लिनेको संख्या बढेपछि त्यस्ता नेपाली कामदारलाई भिसा उपलब्ध गराउँदा कडाइ गर्न कोरियाली सरकारलाई अनुरोध गरिएको बताए। ‘यस विषयमा यहाँको सरकार पनि सकारात्मक देखिएको छ,’ शाक्यले भने।
_x000D_
_x000D_
देशमा सामान्य अवस्था रहँदा पनि अर्काको देशमा शरण लिन नेपाल सरकारले नभनेको र त्यसरी बस्ने नेपालीलाई स्वदेश फर्किने व्यवस्था मिलाउनेबाहेक राहदानी बनाइदिन मिल्ने लगायतका व्यवस्था कानुनमा पनि नभएको उनले प्रष्ट पारे।
_x000D_
_x000D_
कोरिया सरकारले आधिकारिक आँकडा दिन नमानेपनि यहाँ शरणार्थी भई बस्ने नेपालीको संख्या ५ सय भन्दा बढी रहेको र अवैध बस्ने नेपालीको संख्या पनि २ हजार भन्दा बढी रहेको दूतावासको अनुमान छ।
_x000D_
_x000D_
इपिएसमार्फत कोरिया आई करार अवधि सकिएपछि नेपाल फर्किनुपर्छ। यदि कोहिी कामदार पुनः कोरिया आउन चाहेमा ‘सिबिटी’ परीक्षा पास गर्नुपर्छ। यस परीक्षालाई झन्झटको रुपमा लिई अवैध रुपमा बस्ने नेपालीको संख्या बढ्दै गएको दुतावासको भनाइ छ।
_x000D_
_x000D_
यसरी बस्ने नेपालीका कारण नेपालबाट कोरिया आउन चाहने युवाहरुका लागि पनि कोटा घटिरहेको दूतावासले दाबी गरेको छ। उसले कोरियामा अवैधरुपमा नबस्न पनि सबै कामदारसँग आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।