काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभामा कुनै पनि गुन्डाले टिकट नपाउने बताएका छन्। सिस्नुपानी नेपालको व्यंग्यात्मक देउसी प्रस्तुति हेर्न प्रज्ञा प्रतिष्ठान पुगेका ओलीले गुन्डालाई टिकट नदिइने बताएका हुन्।
व्यंग्यात्मक शैलीमै ओलीले भने, 'एमालेबाट कुनै गुन्डाले टिकट पाएमा अर्धकट्टी लिएर आउनोस् र एमालेलाई ठटाउनोस्।' एमालेबाट गुन्डा पृष्ठभूमिका दीपक मनांगे, परशुराम बस्नेत लगायतले टिकट पाउने चर्चा छ।
मनांगे त प्रदेशसभाका लागि मनाङबाट सिफारिस नै भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।