रसुवा- चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट १५ लाख बराबरका अवैध सामग्री प्रहरीले बरामद गरेको छ। बिहिबार सशस्त्र प्रहरी बल, राजश्व तथा भन्सार सुरक्षा (२१ नम्बर) गुल्म टिमुरेले गरेको चेकजाँचका क्रममा सो सामग्री बरामद गरेको हो।
_x000D_
_x000D_
भन्सार यार्डबाट अवैध रूपमा लुकाएर टिमुरेतर्फ ल्याउँदै गरेको अवस्थामा टिमुरेबाट बरामद गरिएको गुल्मका प्रहरी नायव उपरीक्षक जीवन केसीले बताए। उनले भने, 'अवैध रुपमा भन्सार छलेर ल्याइएको जुत्ता तथा क्याप बरामद भएको छ।'
_x000D_
_x000D_
५१ कार्टुन जुत्ता र ६ हजार थान क्याप बरामद गरिएको केसीले बताए। ‘टिमुरेमा केही सामग्री बेबारिसे अवस्थामा थियो। बोकेर ल्याएको सो सामग्री प्रहरीको गस्ती पुग्नु अगाडि नै छोडेर भागिसकेका रहेछन्,' उनले भने।
_x000D_
_x000D_
सिन्धुपाल्चोकको तातोपानी नाका बन्दपछि रसुवागढी नाकामा चहलपहल बढेसँगै अवैध सामग्रीको कारोबार पनि बढ्न थालेको छ।
_x000D_
_x000D_
रसुवागढी भन्सार कार्यालयमा दुई महिनाअघि स्थापना भएको गुल्मले नाकामा अवैध गतिविधि रोक्नका लागि चेकजाँचमा कडाइ गर्नुका साथै पेट्रोलिङ समेत बढाएको शसस्त्र प्रहरी बल, राजश्व तथा भन्सार सुरक्षा (२१ नम्बर) गुल्म टिमुरेका प्रहरी नायव उपरीक्षक जीवन केसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।