काठमाडौं- ‘बिजोग छ नि! उपचार नगरी पनि भएन, मार्देउ भन्न पनि सकिएन। कस्तो गाह्रो भन्या। खासमा मर्दा पनि हुने हो। भर्खरको तरुण भएको भए पो मेरो जीवन म यसरी बिताउँछु भन्नु। अब म धेरै बाँचे उही १०-१२ वर्ष होला। दुःखाइ पनि अत्ति हुन्छ, तैपनि बाँच्नु पर्या छ।’
_x000D_
_x000D_
चुनाव प्रचारका क्रममा नारायण बहादुर कार्की सवार गाडीलाई नै लक्षित गरी एम्बुस पड्काइयो। उनीसहित ७ जना घाइते भए। पछिल्लो एक वर्षदेखि ओछ्यानमा नै जीवन बिताइरहेका उदयपुर क्षेत्र नम्बर २ का लागि कांग्रेस उम्मेद्वार कार्कीलाई सोधिएको पहिलो प्रश्न ‘कस्तो छ नी?’ को जवाफ हो यो। जसबाट उनको पछिल्लो अवस्थाबारे बुझ्न थप प्रश्न सोधिराख्नु जरुरी पर्दैन।
_x000D_
_x000D_
अस्थिर भएकै कारण पोखरी नदीजस्तो सफा हुँदैन भन्ने आम बुझाइ छ। कार्कीको हकमा पनि अस्थिर जीवन बिताइरहँदा आफ्नो दैनिकीप्रतिको बुझाइमा धमिलोपन आएको अनुभव गर्न सकिन्छ। तर परिवार र साथीभाइले यो धमिलोपन उनको मनस्थितिमा धेरैबेर रहिरहन दिँदैनन्। सबैले गाली गर्छन्। हौसला त्योभन्दा बढी दिन्छन्।
_x000D_
_x000D_
‘परिवार, साथीभाइ, नेता कार्यकर्ता तथा आम जनताको माया, साथ र सुभेच्छाकै प्रतिफलस्वरुप यत्तिको भएको छु। आफूलाई जत्तिकै मलाई सहयोग गर्नुभा'छ। म अडिएकै यही सद्भावले त हो।’
_x000D_
_x000D_
–०००–
_x000D_
_x000D_
मंसिर २ गते,
_x000D_
मध्यान्ह करिब १२:१५ बजे,
_x000D_
काठमाडौंको तीनकुनेबाट दक्षिणतर्फ,
_x000D_
झन्डै २ किलोमिटरकाे दुरीमा पर्ने सुविधानगरकाे तल्लो टोल आफ्नै बजारिया लयमा छ।
_x000D_
_x000D_
सडक आडमै रहेको २ तल्ले घर, कालो गेटबाट भित्र छिर्ने बित्तिकै झ्यालबाट कोही चियाइरहेझैं देखिन्छ। गेटबाट घरतर्फ जाँदा पहिलो कोठामा बस्छन्, नारायणबहादुर कार्की। भुइँतला भाडामा लिएका छन्। उनीसँगै श्रीमती देवी, छोरा निरज, बुहारी सुलोचना, छोरी नितिका र नाति छन्।
_x000D_
_x000D_
कोठा केही अध्यारो छ। भित्तामा दुई वटा कदर-पत्र, एक जरायोको फोटो फ्रेम र क्यालेन्डर झुन्डिएका छन्। मंसिर लागिसक्दा पनि क्यालेन्डरमा अघिल्लो महिनाको पत्तो पल्टिन बाँकी छन्। ढोकाको आडमै १४ इन्चको सोनी टिभी। भुइँमा म्याट ओछ्याएर बिस्तारा लगाइएको छ, जुन कार्कीकी श्रीमती देवीका लागि तयार गरिएको हो। कोठाको बीच भागमा एउटा टि-टेबल, माथि निलो पोलेथिन झोलामा औषधी, थर्मस र गिलास छ। त्यसको अर्कोपट्टि कुनातर्फ टेलिफोन सेट र केही डायरी छन्।
_x000D_
_x000D_
ठीक त्यसकै आडमा लो-बेडमा काटिएको आधा खुट्टा समातेर बसिरहेका छन् कार्की।
_x000D_
_x000D_
झ्यालबाट लगातार उज्यालो प्रकाश र हावा कोठाभित्र छिर्दो छ। झ्यालबाट उज्यालो र हावा मात्रै छिर्दैन, सडकमा मानिस हिँडिरहेको दृश्य पनि छिर्छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
यस्तो बेला उनलाई पनि हिँडुम–हिँडुम लाग्छ। मन दौडिएर कहाँकहाँ पुग्छ। तर हरेकपटक शरीर भने सिरानी र सिरकको घेराभित्रै सीमित रहन्छ। ‘अरु काम छैन, पढौं, मोतिबिन्दु बढेर अक्षर ठम्याउन सक्दिन, लेखौं उतिबेलै बमको छर्राले औंला फुटेपछि कलम चेप्न नै अप्ठेरो हुन्छ,’ बाटोतर्फ एक नजर घुमाउँदै कार्की भन्छन्, ‘कहिलेकाँही टिभी हेर्छु, नत्र भने बारम्बार सडकतिरै नजर जान्छ। बाटो हिँडिरहेका मानिस देख्दा कहिले होला मैले पनि उसैगरी हिँड्ने भन्ने लाग्छ।’
_x000D_
_x000D_
जीवनयापनको कठीन परीक्षा दिइरहेका कार्कीको शरीर काठमाडौंमा छ, मन भने उदयपुरमै। आफ्नो सामुन्नेको भित्तामा ८ वटै स्थानीय तह विभाजन गरिएको उदयपुर जिल्लाको नक्सा टाँसिएको छ।
_x000D_
_x000D_
‘यो नक्सा किन यहाँ टाँस्नु भएको नी?’
_x000D_
_x000D_
‘उदयपुरको नक्सा हो, आफू काठमाडौं भएपनि मन उतै छ। गृहजिल्लाको याद मेटिन्छ। यही नक्सा हेरेर भएपनि जिल्लाबासी दाजुभाइ, आमाबुवा आफूसँगै छन् जस्तो लाग्छ। मन बुझाउने बाटो भा'को छ’ नक्सातर्फ हेर्दै केहीबेरको मौनतापछि कार्कीले उत्तर दिए।
_x000D_
_x000D_
उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ मा कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका, रौतामाई गाउँपालिका, सुनकोशी गाउँपालिका, ताप्ली गाउँपालिका पर्दछन्। सबै स्थानीय तहका गरी कुल ४० वटा वडामध्ये ४/५ वटा बाहेक सबै पहाडी क्षेत्र। कार्कीलाई समथर भाग भएको अधिकांश क्षेत्रलाई नगरपालिका र पहाडी भू-भागलाई छुट्टाएर गाउँपालिका बनाएको उचित लागेको रहेनछ। ‘जिल्लाको पुनर्संरचना गर्दा पहाडी र तराई क्षेत्रलाई मिलाएर अगाडि बढ्नुपर्छ भनेर उतिबेला आवाज उठाएको पनि हो। तर, सुनुवाइ भएन’, कार्कीले गुनासो पोखे।
_x000D_
_x000D_
_x000D_
‘मारे है बज्याले’ भनेर मैले भनेँ अरे। तर मलाई भने सम्झना छैन। छोटो समयसम्म म त बेहोस भएछु। केहीबेरमा वरपर गाइँगुइँ सुनिन थाल्यो। हामीलाई पनि बाहिर निकाल्नुस् भने। वरिपरि भएकाहरू त्यहाँ अर्को पनि बम छ भनेर तर्किए।'
_x000D_
_x000D_
_x000D_
घाइते भएर भेट्न आएको बेला नेपाली कांग्रेसका प्रमुख सचेतक मीनेन्द्र रिजाललाई उनले गुनासो गरेका पनि रहेछन्। कार्कीले स्मरण गरे, ‘तपाईंहरूले मिलाएर बाँडफाँट गरेको भए आज मेरो यस्तो अवस्था हुने थिएन। मैले रिजालजीलाई भनेको थिएँ।’
_x000D_
_x000D_
–०००–
_x000D_
_x000D_
संघीय संसदको प्रतिनिधिसभातर्फको निर्वाचन मंसिर २१ का लागि तोकिएको थियो। त्यसैको तयारीका कार्की कात्तिक १४ गते नै उदपयुर पुगेका थिए। करिब एक महिनाको अवधिमा उनी आफ्नो निर्वाचन क्षेत्रका विकट जाँते, लाफा गाउँबाहेक अधिकांश पहाडी क्षेत्रमा पुगिसकेका थिए। औंला भाँच्दै कार्कीले आफू पुगेका स्थानको नाम सम्झिन खोजे, बाँसबोटे, ताम्लिसा, पलम्ता, ठानागाउँ, रुपाटार, लेखानी, सोलु......अनि लामो समयसम्म यत्तिकै रोकिइ रहे।
_x000D_
_x000D_
चुनावको मौन अवधि सुरु हुनुअघिको एक साता समथर भू-भागमा प्रचारप्रसार तथा भोट माग्न जाने पार्टीको रणनीति बन्यो। केही केन्द्रीय सदस्य तथा उल्लेख्य मात्रामा स्थानीय नेताकार्यकर्ताको उनलाई साथ र हौसला मिलैकै थियो।
_x000D_
_x000D_
खासमा घटना कसरी भयो त?
_x000D_
_x000D_
मंसिर १३, २०७४
_x000D_
_x000D_
उदयपुरगढी-५ नेपालटारमा सम्बोधन तथा घरदैलो कार्यक्रम थियो।
_x000D_
_x000D_
बिहानको करिब १०:३० बजे कार्की सवार गाडी कटारीबाट दनुवारबेंशी पुग्यो, एक्कासी ठूलो आवाज गरेर एम्बुस विस्फोट भयो। केहीबेर हावामा रहेको गाडी सडकको कुनापट्टि बजारियो।
_x000D_
_x000D_
चुनाव जितिने उत्साहप्रद कुरामा गफ्फिँदै अगाडि बढेको गाडीभित्रको माहोलमा अचानक ब्रेक लाग्यो, विस्फोटको अवाजसँगै सन्नाटा छायो।
_x000D_
_x000D_
_x000D_
‘अंग फाल्न साह्रै गाह्रो हुँदोरहेछ। नफालेको भए त केही आरोप नै लाग्दैनथ्यो नी। तर, अहिले मलाई लंगडो, अपांग जे भन्दा पनि के भयो।
_x000D_
_x000D_
_x000D_
‘मारे है बज्याले’ भनेर मैले भनेँ अरे। तर मलाई भने सम्झना छैन। छोटो समयसम्म म त बेहोस भएछु। केहीबेरमा वरपर गाइँगुइँ सुनिन थाल्यो। हामीलाई पनि बाहिर निकाल्नुस् भने। वरिपरि भएकाहरू त्यहाँ अर्को पनि बम छ भनेर तर्किए। मैले छैन भनेर विश्वास दिलाउन खोजें।’, विस्फोट पछिको उद्धारको क्षण सुनाउँदै कार्कीले भने, ‘मैले पढाएका एक जना विद्यार्थी रहेछन्। नजिक आए, ए हाम्रै नारायण सर हुनुहुँदो रहेछ भने। अनि सबै मिलेर बाहिर निकाले।’
_x000D_
_x000D_
घटनामा कार्कीसहित नेविसंघ जिल्ला सभापति मीरा कटुवाल, धनमाया धौलाकोटी, गाडी चालक राजन कार्की र ३ जना सुरक्षाकर्मी घाइते भएका थिए। अन्यको स्थानीय अस्पतालमा उपचार गरिए पनि कार्की र कटुवालको भने अवस्था गम्भीर भएकोले हेलिकोप्टर मगाइयो र करिब साढे २ घन्टापछि उनीहरुलाई घटनास्थलबाट काठमाडौंको त्रिवि शिक्षण अस्पताल पठाइयो।
_x000D_
_x000D_
मीराले उपचारको सुरुवातमै खुट्टा गुमाउनुपर्यो। उनी अहिले नक्कली खुट्टाको सहयोगमा हिड्डुँल गर्न सक्छिन्। स्वास्थ्यमा सुधार आउन नसकेपछि कार्की भने गएको जेठ २० गते दाइने खुट्टाको घुँडाभन्दा तलको भाग काटेर फालियो। देब्रे खुट्टाको कुर्कुच्चातिरको कुरकुरे हड्डी फुटेपछि देब्रे खुट्टाले पनि टेक्न सक्दैनन् उनी। दाइने हातको चोरी औंलाको पनि केही भाग छैन। अनुहारमा लागेको चोटका दागहरु भने अहिले निख्रिसकेका छन्। तर, उनको खुट्टाको घाउ भने अझै निको हुन सकेको छैन। चिकित्सकका अनुसार हालसम्म ८ वटा शल्यक्रिया भइसकेको छ। अझै कम्तिमा १/२ पटक गर्नुपर्ने बताउँछन्।
_x000D_
_x000D_
‘अंग फाल्न साह्रै गाह्रो हुँदोरहेछ। नफालेको भए त केही आरोप नै लाग्दैनथ्यो नी। तर, अहिले मलाई लंगडो, अपांग जे भन्दा पनि के भयो।
_x000D_
_x000D_
उपचारको सुरुमा उनको घाउ निको पार्न प्लाष्टिक सर्जरीका चिकित्सकको टोली खटियो। ३ महिनामा केही हदसम्म घाउ निको भयो पनि। त्यसपश्चात् पालो आयो अर्थोपेडिक सर्जनको, जसको नेतृत्व लिएका थिए वरिष्ठ अर्थोपेडिक सर्जन डा गोविन्द केसीले।
_x000D_
_x000D_
पहिलो चरणको चेकअपमै डा केसीले कार्कीलाई खुट्टा काट्न नसुझाएका होइनन्। तर, बच्छ भने किन फाल्नु र भन्ने लागेर उनले डा केसीलाई सोधे, 'बच्दैन?'
_x000D_
_x000D_
डा केसी- कोशिस गरौं।
_x000D_
_x000D_
कार्की– बच्छ भने सकेसम्म नकाटौं।
_x000D_
_x000D_
क्रमशः उपचार चलिनै रह्यो।
_x000D_
_x000D_

_x000D_
_x000D_
हड्डी नभएको ठाउँमा नजिकैको हड्डी तन्काएर जोड्ने कोशिष भयो। तर, सन्चो हुनुभन्दा क्रमशः घाउ पाक्न थाल्यो, खुट्टा सुन्नियो, पैतालादेखि बिस्तारै निलो हुँदै जान थाल्यो। निलो हुने क्रम क्रमशः गोलीगाँठोबाट माथि तिर हानियो। त्यसबेला चिकित्सकदेखि आफन्त सबैले सल्लाह दिन थाले। कार्की सुनाउँछन्, ‘निलो बढ्दै गयो भने त घुँडाभन्दा माथि काट्नुपर्छ। अब तेरो खुट्टा काम लागेन, अहिले नै फालिस् भने त तलै काट्दा हुन्छ।’
_x000D_
_x000D_
कार्कीले धरै पाएनन्, अन्ततः खुट्टा काट्ने निर्णयमा पुगे उनी।
_x000D_
_x000D_
६ महिना लामो समयको प्रयास पूर्णरुपमा सफल हुन नसकेपछि गत जेठ २० गते उनको घुँडाभन्दा तलको भाग काटियो। अहिलेसम्म पनि काटिसकेपछि बाँकी रहेको र नजोडिएको हड्डीलाई स्थिर बनाउन ६ वटा एलिजारो (रिङ) उनको खुट्टामा यथावत छन्। दसैं अगाडि त्यसलाई निकाल्ने भनिएपनि पूर्णरूपमा नजोडिएकोले चिकित्सकबाट दसैंपछि मात्रै शल्यक्रिया गर्ने सल्लाह पाए। अबको केही समयमै उनको खुट्टामा राखिएको एलिजारो निकालिँदै छ। केही समयपछि नक्कली खुट्टा हाल्न सकिने र हिड्न सकिने विश्वासमा छन् हिजोआज उनी।
_x000D_
_x000D_
‘अहिले वाकरको सहायताले मुस्किलले १५/२० पाइला हिड्न खोज्छु। तर, कुरकुरे हड्डी नभएर देब्रे खुट्टा उँटकोजस्तो फराकिलो बन्छ। यसरी हिँड्दा हातमा बढी बोझ पर्ने रहेछ। हात ज्यादै करकरी खान्छ।,’ कार्की अघि भन्छन्, ‘डाक्टरले माघसम्म कुर्नुस् भनेका छन्। त्यसपछि त हिँड्न सकुँला नी।’
_x000D_
_x000D_
७० वर्षमा चल्दै गरेका उनलाई प्रेसर र सुगरको नियमित औषधि खाइरहनुपर्छ। मोतिबिन्दु बढेको छ। दिनभर बसिरहँदा फोक्सो झोल्लिने समस्या आएको छ। यस्तो बेला स्वासप्रश्वासमा अप्ठेरो हुन्छ।
_x000D_
_x000D_
उतिबेलै कार्कीलाई साथीभाइले विदेश गएर उपचार गराउने सल्लाह दिएका पनि रहेछन्। तर, लामो समयसम्म बिरामी भइरहँदा अहिले उनलाई धेरैले गल्ती गरिस् पनि भन्छन्। कार्कीलाई लाग्छ, ‘यहाँका डाक्टरहरुले पढ्ने पनि त्यही हो। अब उहाँहरुलाई कसरी अयोग्य भन्नु?’
_x000D_
_x000D_
–०००–
_x000D_
_x000D_
यो समयमा उनमा एउटा गुनासो तीव्र छ। प्रचारकै क्रममा विस्फोटमा परी घाइते भएर काठमाडौं आएका उनी फर्केर उदयपुर जान पाएका छैनन्। न त आफ्ना मतदाता तथा गाउँलेलाई भेट्न नै।
_x000D_
_x000D_
‘एक वर्ष भयो घर फर्किन पाएको छैन। अधिकांश समय त अस्पतालमै बितेको छ’, कार्कीले भने, ‘खुट्टा हाल्ने बित्तिकै पहिलो काम गाउँघर पुग्छु र मलाइ भोट हाल्ने १५ हजारभन्दा बढी मतदातालाई धन्यवाद भन्नु छ। मेरो जे-जस्तो हालत भएपनि आफ्नै गाउँठाउँकै विकासमा लागिरहन्छु भन्ने विश्वास उहाँहरूलाई दिलाउनु छ।’
_x000D_
_x000D_
_x000D_
‘मैले गृहलाई कि उपचार गर्न रकम दिनुस्, नभए मैले दिएको निवेदन फिर्ता दिनुस् पनि भने। कर्मचारीले अब यो विषय हामीबाट छुटिसक्यो भन्छन्, मन्त्री र प्रधानमन्त्रीको मातहतबाट मात्रै हुन्छ भन्छन्।’
_x000D_
_x000D_
_x000D_
कार्कीको उपचारका लागि सरकारले निःशुल्क व्यवस्था गरिदिएको थियो। तर, बसाइ, खानपिन तथा अधिकांश औषधि अस्पतालको फार्मेसीमा उपलब्ध नहुँदा व्यक्तिगत खर्चको आकार पनि ठूलो भएको बताउँछन् उनी।
_x000D_
_x000D_
‘हुन त खाना आफैंले खाएको हुँ, तर, ८ महिनाभन्दा बढी अस्पताल बस्दा खानामा मात्रै ८-९ लाख खर्च भयो होला। साढे ७ लाखभन्दा बढी त औषधीमै खर्च भइसक्यो। अस्पताल आउजाउ तथा अन्य खर्चको त कुरै नगरौं,’ कार्कीले खर्चको फेहरिस्त सुनाए।
_x000D_
_x000D_
गृह मन्त्रालयले टिचिङलाई निःशुल्क उपचारको लागि पत्र लेखेपनि अधिकांश महँगो औषधि बाहिर किन्नु परेपछि उनले सोको पनि सरकारले भर्पाइ गरिदियोस् भन्ने आशा राखेका रहेछन्।
_x000D_
_x000D_
सुरुवातमै उपचार खर्च भनेर सरकारले ५ लाख रुपैयाँ दिएको थियो। सो रकम कटाउँदा औषधिमा खर्च भएको बाँकी साढे २ लाख र क्षतिग्रस्त गाडी (मूल्य २४ लाख) को खर्च पनि सरकारले व्यहोरिदिनु पर्यो भनेर छोरा निरजमार्फत मन्त्रालयमा निवेदन पनि दिएका थिए।
_x000D_
_x000D_
‘राज्यले हेर्छु भन्यो, तर हेरेन। उपचार निःशुल्क भनियो तर खर्च भइरहेको छ,’ कार्कीले सरकारप्रतिको गुनासो सुनाए, ‘मैले गृहलाई कि उपचार गर्न रकम दिनुस्, नभए मैले दिएको निवेदन फिर्ता दिनुस् पनि भने। कर्मचारीले अब यो विषय हामीबाट छुटिसक्यो भन्छन्, मन्त्री र प्रधानमन्त्रीको मातहतबाट मात्रै हुन्छ भन्छन्।’
_x000D_
_x000D_
विष्फोटमा परेको गाडीलाई १५ लाख रुपैयाँ दिने सवारीधनीसँग उनले सहमति गरेका रहेछन्। तर, अझैसम्म पनि सोको क्षतिपूर्ति दिलाउन सफल भएका छैनन्। ‘शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि कुरा राखियो। अहिले केपी शर्मा ओलीसँग पनि छलफल नभएको होइन। तर, आश्वासन त पाइन्छ, पैसा पाइँदैन’, कार्कीले गुनासो पोखे।
_x000D_
_x000D_
यसबीचमा उनले पार्टीलाई पनि आफ्नो अवस्थाको बारेमा अवगत नगराएका होइनन्। तर, कुराकानीका क्रममा पार्टीप्रति उनको गुनासो झन् बढी रहेछ भन्ने हामीले पायौं। ‘चुनावमा उठ्न पार्टीले भन्यो, म गएँ, यदि मैले पार्टीको आदेश नमानेको भए मेरो हालत यस्तो हुने थिएन’, खुट्टालाई सिरानीमाथि राख्दै कार्की पुनः संवादमा जोडिए, ‘५ लाख बल्लतल्ल मिल्यो।’
_x000D_
_x000D_
आडैमा बसेकी कार्कीकी श्रीमती देवीले नेता शेखर कोइराला अस्पतालमा भेट्न आएको बेला गुनासो गरेको सुनाइन्। ‘उपचारमा पनि उस्तै स्थिति छ। चुनावका बेला खर्च भएको रकम चाहियो भन्दै जिल्लाबाट बारम्बार फोन आइरहन्छ, यस्तो बेला पार्टीले हेर्नुपर्दैन? भनेर सोधें’, औषधिको झोला खोल्दै देवीले भनिन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
कोइराला:- केन्द्रमा जाओ भन्नुस् न।
_x000D_
_x000D_
देवी:- गाउँका जनतालाई केन्द्रमा जाओ भन्न मिल्छ र? अनि भोट पनि केन्द्रमै मागे हुन्नथ्यो, किन गाउँ आउनुपर्या भन्दैनन्?
_x000D_
_x000D_
नेपाली कांग्रेसले कार्कीको उपचारका लागि ५ लाख, अर्की घाइते मीरालाई २ लाख तथा सवारीधनीलाई ४ लाख क्षतिपूर्ति दिएको छ।
_x000D_
_x000D_
कार्कीले बरु उपचारमा स्थानीय तह तथा गाउँलेहरुले हरतरहले सहयोग गरेको बताए। उपचारका लागि भन्दै त्रियुगा नगरपालिकाले ४ लाख, कटारी नगरपालिकाले ३ र चौदण्डीगढी नगरपालिकाले २ लाख रुपैयाँ सहयोग गरेका रहेछन्।
_x000D_
_x000D_
अप्ठेरो अवस्थामा परेको बेला आफन्त, साथीभाइ तथा गाउँलेले देखाएको स्नेहप्रति आफू सँधै ऋणी रहने उनले बताए। अस्पतालमा रहेका बेला गाउँले दाजुभाइ दिदीबहिनीहरू गाडी रिजर्भ गरेर पनि आफूलाई भेट्न आएको संझना उनमा ताजै छ। ‘दुःख हुन्छ, आउनुपर्दैन। फोनमा भेट्दा पनि हुन्छ भनें। तर, उहाँहरू मान्नुभएन। धेरै जना मलाई खोज्दै अस्पतालसम्म आउनुभयो,’ भावुक देखिएका कार्की भन्छन्, ‘समाजका लागि थोरै भएपनि योगदान गर्नेलाई सबैले माया गर्दा रहेछन् भन्ने यसपटक छर्लंग भएको छ।’
_x000D_
_x000D_
–०००–
_x000D_
_x000D_
वि सं २०४५ सालदेखि राजनीतिमा आवद्ध भएका कार्कीले आफ्नै क्षेत्रमा लामो समय शिक्षण पेसा अँगाले। २०२३ देखि २०४३ सम्म उदयपुरगढी मावि र कटारी माविमा गरी पटक-पटक शिक्षक बने, धेरैलाई पढाए। आफैंले पढाएका विद्यार्थी तथा अभिभावकले पनि उनलाई चुनावमा महत्वपूर्ण साथ दिए। बिरामी पर्दा पनि शुभेच्छा प्रकट गरे। त्यसकारण पनि उनले आफ्नो ठाउँ र स्थानीयहरुको बारेमा बढी बुझ्ने मौका पाएका हुन्। र यो सिलसिला स्थानीयको तर्फबाट पनि दोहोरो छ भन्ने उनलाई लाग्छ।
_x000D_
_x000D_
_x000D_
‘कस्तो भयो भन्नु, किसानलाई फसल थन्काउने दिन खेतमा भएन भने कस्तो हुन्छ? हो, त्यस्तै भयो,’ कार्कीले निधार खुम्च्याउँदै भने, ‘राजनीति गर्नेका लागि फसल थन्काउने दिन भनेको चुनाव हो, त्यो दिनमै म छुटें, नमजा लाग्यो।’
_x000D_
_x000D_
_x000D_
पहाडी भुगोलको अप्ठेरो बुझेर नै उनले २०७० सालमा सांसद निर्वाचित हुँदा ठूलो रकम पहाडी सडक निर्माणमा खर्चिएका थिए। सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत साढे ७ करोड रुपैयाँमध्ये आधाभन्दा बढी रकम सडकमा लगानी भएको उनले बताए। ‘आउने वर्षासम्म मेरो निर्वाचन क्षेत्रका अधिकांश क्षेत्रमा सडकको पहुँच पुग्नेछ। सोही मार्ग हुँदै सबै स्थानीयलाई भेट्ने मन छ,’ कार्कीको मुहारमा कान्ति छाएर आयो।
_x000D_
_x000D_
‘चुनावका दिन आफूलाई जस्तो छट्पटि भएको थियो, उस्तै छट्पटि गाउँ पुग्नलाई छ’ कार्कीले दोहोर्याए।
_x000D_
_x000D_
–०००–
_x000D_
_x000D_
मसिंर २१, २०७४।
_x000D_
_x000D_
नेपालमै पहिलो पटक नयाँ व्यवस्थाअनुसार संघ र प्रदेशको निर्वाचन हुँदै थियो।
_x000D_
_x000D_
तर, प्रतिनिधिसभा सदस्यका एक उम्मेदवार रहेका कार्की भने आफ्नो निर्वाचन क्षेत्रमा हुनुपर्नेमा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा थिए। त्यो दिनको छट्पटि सुनाउन उनलाई अहिले कुनै शब्द नै छैन।
_x000D_
_x000D_
‘कस्तो भयो भन्नु, किसानलाई फसल थन्काउने दिन खेतमा भएन भने कस्तो हुन्छ? हो, त्यस्तै भयो,’ कार्कीले निधार खुम्च्याउँदै भने, ‘राजनीति गर्नेका लागि फसल थन्काउने दिन भनेको चुनाव हो, त्यो दिनमै म छुटें, नमजा लाग्यो।’
_x000D_
_x000D_
_x000D_
‘हुन त हारेपछि यस्तो कुरा सबैले भन्छन् भन्ने लाग्ला तर, नारायण अब बाँच्दैन भन्नेसमेतको हल्ला चलाएछन्। बाँचे पनि यसले केही गर्न सक्दैन भनिएछ र आफ्नोतर्फ भोट तान्ने काम भएछ’
_x000D_
_x000D_
_x000D_
हल्का मात्रै उभिन सकेको भए हेलिकोप्टर चार्टड गरेर भएपनि गाउँ पुगौं भन्ने लागेको रहेछ उनलाई। ‘मतदाताका अघि गाउँको विकास र तपाईंहरुको साथमा छु र रहिरहने छु भन्ने मन थियो, सकिन,’ कार्कीको आवाज मसिनो भयो।
_x000D_
_x000D_
तर, आफू जान नपाएपनि भोटको महत्व बुझेका उनले श्रीमती, छोराछोरी र बुहारीलाई भने भोट हाल्न गाउँ पठाए।
_x000D_
_x000D_
‘गाउँमा सबैले हेलिकोप्टरमा भएपनि आउँदै हुनुहुन्छ भन्ने आशा पालेर बसेका रहेछन्। गाउँलेहरुको आशामा ठेस पुर्याउन मन लागेन। मैले पनि उहाँ आउनुहुन्छ भनेर झुट बोलें,’ आडमै बसेकी देवीले गाउँको अवस्थाको बारेमा सुनाउन थालिन्। भेट हुने सबैले पीर नगर्नु, सबै ठिक हुँदै जान्छ भनेर सान्तवना दिएको उनले बताइन्। उनीहरूले माहोल राम्रो छ जितिन्छ समेत भनेका रहेछन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
तर, गाउँलेको भनाइ सही सिद्ध हुन सकेन। ७ हजार १ सय ६ मतले कार्की पराजित हुन पुगे। चुनावी परिणाम आउन २९ गतेसम्म कुर्नुपरेको थियो। यसबीचमा सघन उपचार कक्ष (आइसियू)मा रहेका कार्की बारम्बार मोबाइल थिचिरहन्थे। देवीले भनिन्, ‘अवस्था सामान्य नभएपनि हारजितको बारेमा सोधखोज गरिरहनुहुन्थ्यो। गाउँका साथीहरुलाई फोन गर्न खोज्नुहुन्थ्यो।’
_x000D_
_x000D_
प्रचारप्रसारका क्रममा आफूप्रति जुन किसिमको माहोल बनेको थियो, उनलाई पराजित भइन्छ भन्ने लागेको रहेनछ। लामो समय शिक्षण पेसामा लागेर आफ्नै ठाउँमा योगदान दिएको तथा अघिल्लो पटक सभासद हुँदा गरेको कामका आधारमा पनि उनी ढुक्क थिए। चुनाव नजिकिँदै जाँदाको समय निकै महत्वपूर्ण मानिन्छ। कार्की भने त्यही समय थला परे। कार्की नै नभएपछि नेतृत्व कमजोर बन्न पुग्यो। आफूप्रति विश्वास गर्ने व्यक्तिलाई समेत अनेक कुरा गरेर विपक्षीले भड्काउने काम भएको कार्कीले दाबी गरे।
_x000D_
_x000D_
‘हुन त हारेपछि यस्तो कुरा सबैले भन्छन् भन्ने लाग्ला तर, नारायण अब बाँच्दैन भन्नेसमेतको हल्ला चलाएछन्। बाँचे पनि यसले केही गर्न सक्दैन भनिएछ र आफ्नोतर्फ भोट तान्ने काम भएछ’ उनले सुनाए।
_x000D_
_x000D_
–०००–
_x000D_
_x000D_
कार्कीमाथि आक्रमण भएको आज ठीक एक वर्ष पुगेको छ। तर, आजसम्म पनि घटना कसले घटायो भन्ने जानकारी कसैलाई छैन। प्रहरीले चुनावताका घटाइएका सबै घटना नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घटाएको बताउने गरेको थियो। किनकी चुनावअघि नै ‘निर्वाचन बिथोल्छौं’ भनेर विज्ञप्ति निकालिएको थियो।
_x000D_
_x000D_
_x000D_
‘मैले यसो भनिरहँदा चुनाव हारेर यसो भन्यो भन्ने पनि कुरा आउँछ। तर, सबैलाई लाग्ने त यही त हो नि आखिर!, कि आफूलाई अप्ठेरो पर्दा जसलाई लाभ मिल्छ उसैप्रति न बढी शंका गरिन्छ। यो त आम बुझाइ नै हो नि! मैले पनि आमरुपमै यस्तो भनेको हुँ। यसको पछाडि कुनै प्रमाण भने मसँग छैन।’
_x000D_
_x000D_
_x000D_
कार्कीमाथिको आक्रमणलाई पनि त्यही घानमा राखियो। शंकाष्पद केहीलाई पक्राउ पनि गरियो तर, अपराध पुष्टि हुन नसकेपछि अदालतले उनीहरुलाई सफाइ दियो।
_x000D_
_x000D_
कार्कीलाई आफ्नो व्यक्तिगत रिसइबीका कारण आफूमाथि आक्रमण भयो भन्ने लाग्दैन। न त यसैले गरेको होला भनेर अनुमान नै। कार्की भन्छन्, ‘पढाउने क्रममा केहीलाई एक/दुई छडी लाएँ हुँला। तर सामाजिक कामदेखि राजनीति गर्दा पनि मैले सबैलाई समान व्यवहार गरेको थिएँ भन्ने लाग्छ। न त केही मुद्दामामिलाको चक्करमा नै थिएँ।’
_x000D_
_x000D_
तर, उनले आफूलाई अप्ठेरो पर्दा फाइदा पुग्ने व्यक्तिप्रति भने शंका गर्न सकिने घुमाउरो कुरा राखे।
_x000D_
_x000D_
तपाईंका निकटतम प्रतिद्वन्द्वीप्रति इंगित गर्नुभएको हो?
_x000D_
_x000D_
‘मैले यसो भनिरहँदा चुनाव हारेर यसो भन्यो भन्ने पनि कुरा आउँछ। तर, सबैलाई लाग्ने त यही त हो नि आखिर!, कि आफूलाई अप्ठेरो पर्दा जसलाई लाभ मिल्छ उसैप्रति न बढी शंका गरिन्छ। यो त आम बुझाइ नै हो नि! मैले पनि आमरुपमै यस्तो भनेको हुँ। यसको पछाडि कुनै प्रमाण भने मसँग छैन।’
_x000D_
_x000D_
चुनावी परिणाम आएपछि विजयी सांसद वाम गठबन्धनका सुरेश कुमार राई ‘हिमाल’ कार्कीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल भने आएका रहेछन्।
_x000D_
_x000D_
राई मात्रै होइन, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवादेखि, कांग्रेसका अधिकांश शीर्षस्थ नेतादेखि विपक्षी दलका नेतासम्म उनलाई भेट्न अस्पताल आएको कार्कीले बताए। कतिपय त अस्पतालबाट ‘डिस्चार्ज’ भएपछि घरमै पनि स्वास्थ्य अवस्थाको जानकारी लिन आएका रहेछन्।
_x000D_
_x000D_
_x000D_
‘नैतिकता भन्ने कुराले प्रजातन्त्रलाई डोर्याउँछ, तर त्यो कहीं पनि रहेन,’ कार्कीले आक्रोश मिश्रित स्वरमा प्रश्न गरे, ‘हामी–हामी मिलेर टिकट दिएका थियौं, अब हारको जिम्मा पनि हामीले नै लिनुपर्छ भन्न सक्नुपर्दैन?’
_x000D_
_x000D_
_x000D_
श्रीमती देवीले टेबलमा राखिदिएको कालो फिक्का चियाको एक सुर्की लगाएपछि कार्की बोले, ‘त्यसमाथि म सभासद हुँदाका सबै साथी सम्पर्कमा आए। तर, अहिले भने कसैले पनि कस्तो छ नारायण भन्दै सोध्न आएका छैनन्, फोन पनि खासै गर्दैनन्।’
_x000D_
_x000D_
–०००–
_x000D_
_x000D_
खुट्टामा चोट छ, हिड्न सक्ने अवस्था छैन, केही समय टिभी हेरेर कटाउँछन्। लामो समय टिभी हेर्दा आँखा दुख्छ। कार्कीलाई हिजोआज लाग्छ कि लामो समय बोल्नेगरी कोही आइदिओस्।
_x000D_
_x000D_
टिभीमा सांसदहरू बोलेको देख्नुहुन्छ होला। कहिलेकाहीं आफू पनि गएर बोलौं भन्ने लाग्दैन? कुराकानी लम्ब्याउने प्रयत्नस्वरुप प्रश्न गरें।
_x000D_
_x000D_
‘किन नलाग्नु नि?’, केही उत्साहित मुद्रामा कार्कीले भने, ‘हिमालजीले कहिलेकाहीं बोलेको हेर्छु। उहाँले कुरा राखेर सकेपछि अहो! अझै यो कुरा भन्नुपर्थ्यो उहाँले। म भएको भए अझै नयाँ यो कुरा थप्थें भन्ने लाग्छ।’
_x000D_
_x000D_
संसद र राजनीतिका कुरा गर्दा उत्साहित देखिएका कार्कीलाई पार्टी सञ्चालन र सरकारका गतिविधिका बारेमा सोध्ने मन भयो। सुरुवातमा चुनावमा कांग्रेस हार्नुको कारण सोध्दा उनले बुँदागत रुपमै कुरा राखे।
_x000D_
_x000D_
क) एमाले र माओवादी मिलेर चुनावमा गए। कांग्रेस एक्लै भयो। त्यसलाई ‘म्यानेजमेन्ट’ गर्ने समय नै भएन।
_x000D_
_x000D_
ख) यसले फलानो गुटबाट टिकट पाएको भनेर तल्लो तहका नेताकार्यकर्तामा समेत एकता हुन सकेन।
_x000D_
_x000D_
ग) आर्थिक रुपमा लगानी गरेर जित्ने पारिपाटीमा कांग्रेस कमजोर बन्यो।
_x000D_
_x000D_
_x000D_
‘सरकार जनताका लागि नबनेको देखियो। त्यसमाथि मानसिक रुपमा जनतालाई दिनुपर्ने सञ्चो दिनबाट सरकार चुकेको छ।’
_x000D_
_x000D_
_x000D_
घ) केन्द्रीय नेतृत्वमा रहने सबैले चुनाब लड्दा गल्ती भयो। केन्द्रीय नेताहरुको सक्रियता आफ्नो क्षेत्रमा मात्रै सीमित हुनपुग्यो। अन्य क्षेत्रमा स्थानीय स्तरमा मात्रै आमसभाहरु भए। यसले गर्दा पार्टीले चुनावलाई हाँक्न सकेन भन्ने मेरो बुझाइ हो।
_x000D_
_x000D_
ङ) कार्यकर्ताको मनोभाव हेर्दा पञ्चायतमा चुनाव लडेजस्तो भयो। खानपिन र लाभ मिल्ने भए हिँड्ने नत्र प्रचारमा सहभागी नहुने मनस्थिति स्थानीय नेता तथा कार्यकर्तामा देखियो। जिम्मा लिएर काम गर्ने निक्कै कम मात्र कार्यकर्ता भए।
_x000D_
_x000D_
२०७० सालको चुनावमा पहिलो बनेको पार्टी यसपटक दोस्रोमा झर्यो। यसको जिम्मेवारी नैतिकताको आधारमा भएपनि पार्टी नेतृत्वले लिनुपर्छ भन्नेमा लामो समयसम्म कांग्रेसमा रस्साकस्सी नै चल्यो। गुटहरु स्पष्ट देखिनेगरी नै नेताहरु वक्तव्यबाजीमा उत्रिए।
_x000D_
_x000D_
तर कार्कीको मध्यमार्गी बुझाइ छ। गुटअनुसार जसरी टिकट वितरण गरिएको थियो उसैगरी हारको जिम्मा पनि सबैले लिनुपर्ने उनको मत रहेछ।
_x000D_
_x000D_

_x000D_
_x000D_
‘नैतिकता भन्ने कुराले प्रजातन्त्रलाई डोर्याउँछ, तर त्यो कहीं पनि रहेन,’ कार्कीले आक्रोश मिश्रित स्वरमा प्रश्न गरे, ‘हामी–हामी मिलेर टिकट दिएका थियौं, अब हारको जिम्मा पनि हामीले नै लिनुपर्छ भन्न सक्नुपर्दैन?’
_x000D_
_x000D_
हिजोआज प्रतिपक्षको रुपमा कांग्रेसको भूमिकालाई लिएर पनि कार्कीलाई सन्तुष्टि रहेनछ। प्रतिपक्षले सरकारलाई डोर्याउनु पर्नेमा कांग्रेस चुकेको उनको ठहर छ। कार्की भन्छन्, ‘सरकार र आफ्नो भूमिकाका बारेमा जनतासम्म सही जानकारी पुर्याउन अझैसम्म पनि कांग्रेस असफल छ।’
_x000D_
_x000D_
उनलाई कांग्रेससँगै सरकारको काम गर्ने शैली पनि मन परेको रहेनछ। सरकारको कार्यशैलीको बारेमा कुरा उठाउने बित्तिकै उनले आफ्नो तिक्तता पोख्न भ्याए। सामान्य बहुमत मात्रै हात पार्दा गर्न सकिने काम पनि यो सरकारले गर्न नसकेको उनले आरोप लगाए। ‘यस्तो भएपछि किन चाहियो दुई तिहाइ?’, कार्कीले भने, ‘सरकार जनताका लागि नबनेको देखियो। त्यसमाथि मानसिक रुपमा जनतालाई दिनुपर्ने सञ्चो दिनबाट सरकार चुकेको छ।’
_x000D_
_x000D_
–०००–
_x000D_
_x000D_
कुराकानीका क्रममै दसैं बिदामा कटारी गएका नाति स्वदेशको फोन आउँछ। खुर्कोटमा खाना खाएको जानकारी दिएपछि स्वदेशले फोन राख्छन्। ‘दसैं बिदामा मामाघर गएको आज फर्किंदै छ। बेलाबेला म यहाँ आइपुगे भनेर जानकारी दिइरहेको छ,’ कार्कीले प्रष्ट्याए।
_x000D_
_x000D_
पछिल्लो एक वर्षदेखि कार्कीको साथी भएका छन् स्वदेश। हजुरबा-नातिको कुराकानी चलिरहन्छ। घरमा ‘बन्दी’जस्तो भनेर बस्दा दिन बिताउने सहयात्री भएका छन् उनी।
_x000D_
_x000D_
यसअघि पनि उनी २०५८ सालको नगरपालिका निर्वाचनमा २० दिन बन्दी बनाइएका थिए। यसबेला ती दिनहरु उनको मानसपटलमा आइरहन्छन्। तर, अवस्था त्यो बेलाको जस्तो छैन।
_x000D_
_x000D_
‘अहिले आफ्नो खुसी चल्दो रहेछ, पहिले यस्तो थिएन। कम्तिमा बोकेर लगिदेउ न त भन्न पाइएको छ,’ लामो सुस्केरा काढ्दै कार्कीले भने, ‘बन्दीजस्तै छु, तर हिँड्न नसक्ने बन्दी।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।