एजेन्सी– दर्शकको पर्खाइमा रहेको बलिउड फिल्म ‘२.०’ बिहीबारबाट प्रदर्शनमा आएको छ। एस शंकरको निर्देशनमा तयार फिल्ममा बलिउड स्टार रजनीकान्त र अक्षय कुमार प्रमुख भूमिकामा देखिएका छन्। करिब ५ सय १४ करोडभन्दा बढी लगानीमा निर्माण भएको फिल्मले भारतीय बक्स अफिसका सबै रेकर्डहरु ब्रेक गर्न सक्ने भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ।
_x000D_
_x000D_
भारतीय फिल्म बजार विश्लेषकहरुका अनुसार फिल्मले पहिलाे दिनमै १ सय करोडभन्दा बढीको व्यापार गरेको अनुमान गरिएको छ। बक्सअफिस रिपोर्ट भने बिहीबार राति मात्रै अाउने छ।
_x000D_
_x000D_
सञ्चारमाध्यममा उल्लेख भएअनुसार यसअघि प्रदर्शनमा आएको पहिलो दिन ‘ठग्स अफ हिन्दुस्तान’ले ५४ करोडको व्यापार गरेर नयाँ रेकर्ड कायम गरेको थियो। जसका कारण अभिनेता आमिर खान र अमिताभ बच्चनको चर्चा फिल्म उद्योगमा बढेको थियो। तर, अब भने उक्त रेकर्डलाई सहजै फिल्म ‘२.०’ले तोड्ने फिल्म बजार विश्लेषकहरुको अनुमान छ।
_x000D_
_x000D_
भारतीय समाचार संस्था इंडियन एक्स्प्रेसका अनुसार ‘२.०’ को हिन्दी भर्सनले पहिलो दिन २०–२५ करोडको व्यापार गर्ने र अन्य भाषासहित गरेर फिल्मले एक सय करोड बढीको व्यापार गर्नसक्ने अनुमान गरको छ।
_x000D_
_x000D_
यसैगरी, बजार विश्लेषक रमेश बालाका अनुसार रिलिज अघिनै फिल्मले एक नयाँ रेकर्ड भने ब्रेक गरिसकेको छ। जसमा फिल्मका लागि रिलिज अगाडि नै १२ लाखभन्दा बढी दर्शकले टिकट बुकिङ गरेका थिए। यो बुकिङ रेकर्ड बलिउड इतिहासको सर्वाधिक भएको सञ्चारमाध्यममा उल्लेख छ।
_x000D_
_x000D_
दर्शकमाझ फिल्मको माग उच्च रहेका कारण यसको 'पाइरेसी लिक' हुने खतरा पनि उत्तिकै बढेको देखिन्छ।
_x000D_
_x000D_
'पाइरेसी लिक' नहोस् भनि भारतमा सञ्चालित १२ हजार बढी वेबसाइटहरु बन्द गर्न मद्रास उच्च अदालतले ३७ इन्टरनेट कप्पनीलई आदेश पनि दिएको छ। जसलेगर्दा फिल्म लिक हुने खतरा कम हुने र अत्याधिक दर्शक हलसम्म पुग्ने बजार विश्लेषकहरुको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।