• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २६, २०८२ Sun, Oct 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अन्य तीन देशसँग श्रम सम्झौता गरेर मात्रै नेपालको रोजगारी खुलाउने पक्षमा मलेसिया

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १४, २०७५  ००:३१
1140x725

काठमाडौं– मलेसिया सरकारले पछिल्लो समय बंगलादेश, इन्डोनेसिया र भियतनामसँग श्रमिक आपूर्तिका लागि सरकारीस्तरमा श्रम सम्झौता गर्ने विषयमा छलफल गरिरहेको छ। मलेसिया सरकारले ती देशसँग श्रम समझदारीपत्र (एमओयु)मा हस्ताक्षर गरेर मात्र नेपालको रोजगारी खुलाउने संकेत गरेको छ।

_x000D_ _x000D_

मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेरगनले एसियन श्रम मन्त्रीस्तरीय बैठकमा बोल्दै मलेसिया सरकारले विदेशी श्रमिक प्रक्रियागत तरिकाले रोजगारीका लागि लिने योजनाका साथ बंगलादेश, इन्डोनेसिया र भियतनामसँग सरकारीस्तरमा श्रम सम्झौता गर्न लागेको बताएका थिए। यी देशसँग श्रम सम्झौताका लागि छलफल भइरहेको र जनवरी आगाडि नै हस्ताक्षर हुनसक्ने उनको भनाइ थियो।

_x000D_ _x000D_

मन्त्री कुलासेरगनले उक्त बैठकमा नेपालसँग भएको श्रम सम्झौता उदाहरणीय रहेको भन्दै नेपाली श्रमिकका हकमा अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ) को विश्वव्यापी मापदण्डअनुसार नै सेवाशुल्क, स्वास्थ्य खर्च र हवाइ टिकटको सुविधा दिइने विषयमा जानकारी गराएका थिए। उनले मलेसिया रोजगारीका लागि आउने आप्रवासी श्रमिक मानव तस्करीमा परिरहेको विषयमा मलेसियन सरकार सचेत रहेको बताएका छन्।

_x000D_ _x000D_

मन्त्री कुलासेरगनको पछिल्लो अभिव्यक्तिले बंगलादेश, इन्डोनेसिया र भियतनामसँग श्रम सम्झौताको टुंगो लागेपछि मात्र नेपालको रोजगारी खुलाउने संकेत गरेको देखिन्छ।

_x000D_ _x000D_

पछिल्लो समय मलेसियाको रोजगारीमा श्रम सम्झौता भएपनि सरकारले खुलाउन प्रयास र चासो नदिएको भन्दै टीकाटिप्पणीसँगै आलोचना समेत भइरहेका बेला मलेसिया सरकारले घुमाउरो पारामा ४ देशको रोजगारी एकै पटक खुलाउने संकेत गरेको हो।

_x000D_ _x000D_

मन्त्री कुलासेरगनले एसियन श्रम मन्त्रीस्तर बैठकमा अब मलेसिया सरकारले नै विदेशी कामदारको जिम्मेवारी लिने र सोहीअनुसार कामदार लिने बताएका थिए।

_x000D_ _x000D_

मलेसिया जाने कामदारमाथि स्वास्थ्यलगायत अन्य शीर्षकमा सिन्डिकेट लगाउन बिचौलियाले ठूलो आर्थिक प्रलोभनसहित चलखेल गरिरहेका बेला मलेसियाली मन्त्रीबाट पछिल्लो अभिव्यक्ति आएको हो।

_x000D_ _x000D_

मलेसिया जाने कामदारमाथि आर्थिक शोषण गर्दै आएका ५ वटा संस्था खारेज गर्ने निर्णय श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गत जेठ २ गते गरेका थिए। पछिल्लो समय तिनै संस्था सञ्चालक पुनः संस्था ब्युँताउन ठूलो चलखेल गरिरहेका छन्। मन्त्री विष्टले कामदारमाथि ठगी गर्ने संस्थालाई कारबाही गरेपछि त्यस्तै संस्था र प्रक्रिया सञ्चालन गर्ने गिरोह नै सक्रिय रहेको पाइएको छ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

मलेसियाको रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा सिडिन्केट लगाउँदै आएका बिचौलियाले पुरानै संयन्त्र उल्टाएर संस्था चलाउने चलखेल गरिरहेको खुलासा भएको छ।

_x000D_ _x000D_

गत साता मलेसियामा विदेशी कामदार आपूर्ति गर्ने संस्था वार्सिन समूहका निर्देशक याङ अबुल कासिमले नेपालबाट मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण ‘फोमेमा’ नामक संस्थाबाट गराउन केही व्यवसायीसँग भेटघाट गरेको खुलासा भएको थियो।

_x000D_ _x000D_

उनीसँगै आएका बंगाली नागरिक हनिफले मलेसियाको नयाँ संयन्त्र आफूले सञ्चालन गर्न लागेको भन्दै बायोमेट्रिक स्वास्थ्य परीक्षण गराउँदै आएका केही मेडिकल व्यवसायीसँग संस्था खोल्ने आश्वासन बाँडेका थिए। यो विषयमा श्रम मन्त्रालयले सूचना पाएर पक्राउ गर्ने तयारी गरेपछि उनी भागेका थिए।

_x000D_ _x000D_

हनिफसँग निकट केही व्यवसायी नयाँ संयन्त्र निर्माण गरी मलेसिया जाने कामदारमाथि आर्थिक भार थप्ने चलखेलमा सक्रिय भएर लागिरहेका छन्। 

_x000D_ _x000D_

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियासँग नेपालले गरेको श्रम समझदारीको १ महिनापछि पनि मलेसिया नखुलेको भन्दै तत्काल कलिङ भिसा खुला गर्न सरकारलाई आग्रह गरिरहेका छन्।

_x000D_ _x000D_

मंसिर १९ भित्र श्रम स्वीकृति खुला गर्न र नगरेमा कलिङ भिसा प्राप्त कामदारको भिसा स्ट्याम्पिङ प्रक्रिया अगाडि बढाउन वैदेशिक रोजगार व्यवसायीहरुलाई संघले आह्वान गर्न बाध्य हुने बताइएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०७५  ००:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले सचिवालय बैठक सुरू : ११औं महाधिवेशनको मिति तोकिँदै
बालेन र सुधनविरुद्ध नेविसंघले पनि दियो किटानी जाहेरी, दर्ता गर्न २४ घण्टाको अल्टिमेटम
दूतावासहरूमा गएर मन्त्री र पद मागिएको जेनजी २.० समूहको दाबी, असली जेनजीको  बदनाम नगर्न चेतावनी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एमाले सचिवालय बैठक सुरू : ११औं महाधिवेशनको मिति तोकिँदै आइतबार, असोज २६, २०८२
बालेन र सुधनविरुद्ध नेविसंघले पनि दियो किटानी जाहेरी, दर्ता गर्न २४ घण्टाको अल्टिमेटम आइतबार, असोज २६, २०८२
दूतावासहरूमा गएर मन्त्री र पद मागिएको जेनजी २.० समूहको दाबी, असली जेनजीको  बदनाम नगर्न चेतावनी शनिबार, असोज २५, २०८२
माओवादीसँगको एकताबारे विवाद हुँदा नेकपा एसको बैठक भोलिका लागि सारियो शनिबार, असोज २५, २०८२
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
माओवादीसँगको एकताबारे विवाद हुँदा नेकपा एसको बैठक भोलिका लागि सारियो शनिबार, असोज २५, २०८२
दूतावासहरूमा गएर मन्त्री र पद मागिएको जेनजी २.० समूहको दाबी, असली जेनजीको  बदनाम नगर्न चेतावनी शनिबार, असोज २५, २०८२
राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएपछि जेनजीसँग बैठक सोमबारलाई सर्‍यो शनिबार, असोज २५, २०८२
एमाले सचिवालय बैठक सुरू : ११औं महाधिवेशनको मिति तोकिँदै आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
तत्कालीन भूमि आयोगबाट जग्गा धनी प्रमाण पुर्जा लिनेले ६० दिनभित्र मालपोत कार्यालयबाट अद्यावधिक गराउन सरकारको आग्रह शनिबार, असोज २५, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्