• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ २०, २०८३ Wed, Jun 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २, २०७४  ०५:२९
1140x725

महाकवि लक्ष्मीप्रसाद देवकोटासँग मेरो भेट विशेष सन्दर्भमा भएको थियो । उहाँलाई आफ्ना कृतिहरु सार्ने मान्छे चाहिएको रै’छ । मेरो अक्षर निकै राम्रो थियो । उहाँले यस्तो राम्रो अक्षर भएको मान्छे त म खोजिरहेको थिएँ भन्नुभयो । मैले म सेवा गरिहाल्छु नि भनेँ।

देवकोटाजी नेपाल भाषानुवाद परिषदका जागिरे लेखक हुनुहुन्थ्यो । उहाँले नै मलाई त्यहाँ जागिर मिलाइदिनुभयो । मैले मासिक ३० रुपैयाँ तलब पाउँथेँ । उहाँको तलब चाहिँ ८० रुपैयाँ थियो । पूर्णप्रसाद बाह्मण लगायतका अरु केही लेखक पनि अनुवादकका रुपमा जागिरे थिए । नाम भाषानुवाद भए पनि प्रायः सबै लेखकले मौलिक ग्रन्थ नै लेखे । पूर्णप्रसाद छोटा कथा लेख्नुहुन्थ्यो । देवकोटाजी महाकाव्य लेख्नुहुन्थ्यो।

त्यहाँ जागिर गरेपछि देवकोटाजीका कृतिहरु साफी गर्ने काम गर्न थालेँ । भाषानुवाद परिषद्को कार्यालय हालको घन्टाघरभन्दा अगाडि थियो । त्यहाँ साहित्यकारहरु जम्मा भइरहन्थे । त्यसैले धेरै लेखकहरुसँग मेरो भेटघाट र चिनजान भयो।

त्यस क्रममा ‘शारदा’ पत्रिकालाई पनि सघाउन पुगेँ । त्यहाँ पनि लेखक-कविहरुसँग सरसंगत भयो । त्यो सरसंगतले मलाई पनि लेखक बन्न प्रेरणा दियो र आफू पनि लेख्न थालेँ । लेखेर देवकोटालाई देखाउँथेँ । उहाँ राम्रो छ, राम्रो हुँदै गएको छ, लेख्दै गर भन्नुहुन्थ्यो।

बिखर्ची महाकवि

देवकोटाजी यस्ता थिए, उस्ता थिए भनेर अनेक अफवाह फैलाइएको पाइन्छ । तलब थापेको दिन बाटोमा बाँड्दै हिँड्थे, आफ्नो कोट नै फुकालेर गरिबलाई दिन्थे भन्ने जस्ता चर्चा चलेको पाइन्छ । यस्तो कुरा मैले पनि सुनेको हुँ । तर, कोटै फुकालेर दिएको थाहा छैन । एक-दुई जनाले यत्तिकै फर्माएर भनेको हो कि जस्तो लाग्छ । वास्तवमा उहाँको जीवनमा पैसाको दुःखै थियो।

उहाँ प्रायः भनिरहनुहुन्थ्यो, ‘पैसै पुगेन, घर चलाउन एकदम गाह्रो पर्‍यो।’

देवकोटाजी जागिर गर्नुका साथै घरैमा ट्युसन पढाएर पनि अलिअलि पैसा कमाउनुहुन्थ्यो । अंग्रेजी भाषामा उहाँको पकड राम्रो थियो । विद्यार्थीले सय रुपैयाँको दरले ट्युसन फी दिन्थे।

nimb
nimb
Ncell 2
Ncell 2

एक बाजि छोरीको बिहे गराउनुभयो । मुश्किल पर्‍यो भनेर भाषानुवादमा आफ्नो समस्या राख्नुभयो । उहाँलाई बिहे खर्च स्वरूप पाँच सय रुपैयाँ सहयोग दिइयो।

एक पटकको घटना म निकै सम्झिन्छु । उहाँले तलब थापेको एक दिन पैसा मैले बोकेको थिएँ । नोट नभई सिक्कैसिक्का गह्रुंगो हुने भएकोले मैले सघाएको थिएँ । सँगै उहाँको घर (धोबीधारा) तिर जाँदै थियौं, बाटोमा घर नजिकैको फलफूल पसलमा उहाँ रोकिनुभयो।

पसलको एउटा कुनामा मेवाको रास थुपारिएको थियो।

उहाँले सोध्नुभयो, ‘यो मेवा एउटाको कति पर्छ?’

पसल्नीले देवकोटालाई बडो उपेक्षाको भावले हेरी । उसले रुखो स्वरमा भनी, ‘यो मेवा बेच्नका लागि होइन!’

म झसंग भए । यत्रो ठूलो लेखकलाई पनि उसले चिनिन, मेवा किन्न खोज्दा पनि पत्याइन, सिल्ली जस्तै ठानी भन्ने लाग्यो । देवकोटालाई कतिपयले सिल्ली भन्थे। 

देवकोटाले नाटक पनि लेख्नुभयो । डिल्लीबजारको नाटक मण्डलीमा म काम गर्थेँ । नाटक मण्डलीले देवकोटालाई नाटक लेख्न दिएको थियो । मण्डलीका सञ्चालकले देवकोटाको धेरै काम हुन्छ, नाटक छिटो लेखाउन तिमी ताकेता गर्दै गर भनेर मलाई अह्राएका थिए।

मैले देवकोटा कहाँ गएर ताकेता गरे जस्तो गरेँ । उहाँले ‘भरत विलाप’ भन्ने नाटक लेखेर दिनुभयो । उतिबेला राणाजीको ढोका अगाडि अस्थायी रंगमञ्च बनाएर नाटक देखाइन्थ्यो।

घ्यू कमिला जस्ता मसिना अक्षर

म उहाँलाई देवकोटाजी भनेर बोलाउँथेँ । उहाँ मलाई श्याम भन्नुहुन्थ्यो । कृति सार्ने क्रममा तुकबन्दी मिलेन भने म मिलाइदिन्थेँ । एक-दुई शब्द फेरबदल गरिदिन्थेँ । त्यो देखेर उहाँ श्यामले यहाँ अर्को शब्द थपिदिएछन्, सपार्न खोजेछन् भन्नुहुन्थ्यो । केही गाली गर्नुहुन्नथ्यो।

उहाँको अक्षर मसिना थिए, घ्यू कमिला जस्तै । तर, स्पष्ट बुझिने खालका थिए । शब्द लेख्दा डिको नदिईकनै लेख्नुहुन्थ्यो । धाराप्रवाह लेख्न सक्ने खुबी थियो । कहिलेकाहीँ उहाँले बोल्ने र त्यही अनुसार मैले लेख्ने पनि गरियो । तर, त्यसो गर्दा उहाँको सोचाइ र बोलाइमा बीचमा अल्झो खडा भयो । त्यस्तो अलमल हुने गरेपछि भैगो मैं आफैं लेख्छु भनेर खुरुखुरु लेख्नुहुन्थ्यो।

लेखक हुनलाई अन्तरभाव जाग्नुपर्छ । बोलेर अरुमार्फत लेखाउँदा त्यो अन्तरभाव जगाउनतिर ध्यान दिने कि बाहिर बयान गर्ने भन्नेमा सामञ्जस्य नमिल्दो रै’छ।

उहाँको कृति मैले शुद्ध रुपमा सारेपछि त्यो पाण्डुलिपि छाप्नका लागि प्रेसमा पठाइन्थ्यो । त्यतिबेला प्रेस धेरै थिएनन् । किताब छाप्ने प्रेस ऋद्धिबहादुर मल्लको जोरगणेश प्रेस नै थियो । किताब छाप्ने बेला म पनि हेर्न जान्थेँ।

देवकोटाको सबै कृति मैले सारेको होइन । मुख्य गरी ‘शाकुन्तल’ महाकाव्य, ‘तुषार वर्णन’ काव्य र अरु केही सारेको हुँ । अरु कतिपय कृति उहाँकै लेखोट प्रेसमा पुगेर सोझै पनि छापिन्थ्यो।

देवकोटाको बढ्ता मिहिनेत परेको कृति 'शाकुन्तल' नै हो । मलाई पनि त्यही बढ्ता मन पर्छ।

घन्टौं बोलिरहने

देवकोटाजी मिजासिलो हुनुहुन्थ्यो । जोसित पनि नरम भएरै व्यवहार गर्ने । कसैलाई कडा शब्द प्रयोग गर्नुहुन्नथ्यो । सबैलाई बराबर मन पराउनुहुन्थ्यो । बरु यसो गरौं, उसो गरौं भन्नुहुन्थ्यो।

मुख च्यापच्याप गरेर घन्टौं बोलिरहनुहुन्थ्यो । बोल्नुपर्‍यो भने बोलिरहने । एक-दुई वटा सभामा उहाँले बोल्नुभएको मलाई सम्झना छ । सरस्वती सदनमा साहित्य सम्मेलन पनि उहाँले साहित्यबारे धाराप्रवाह बोल्नुभएको थियो।

वास्तवमा देवकोटा एकसुरमा लागिरहने स्वभावका हुनुहुन्थ्यो । बसेर घोप्टो परेर लेखिरहनुहुन्थ्यो । अगाडि जे भेट्यो, त्यसैलाई साधन बनाएर लेख्ने गर्नुहुन्थ्यो । अरु प्रपञ्च र लप्पनछप्पन केही पनि आउँथेन । लेखन कर्म नै उहाँको मुख्य ध्याउन्न रह्यो । त्यही लेखन कार्यले उहाँलाई देश-विदेश पनि पुर्‍यायो । महाकाव्य लेखेको हुनाले उहाँलाई महाकवि भनिएको हो । कुनै औपचारिक पद दिइएको होइन।

हिउँ परेको राति मासु खाएर खण्डकाव्यको सिर्जना

खानपानमा देवकोटाको विशेष सौख थियो । त्यसमा पनि मासु भनेपछि हुरुक्कै हुनुहुन्थ्यो । एक बाजि काठमाडौंमा हिउँ पर्‍यो । म देवकोटाको धोबिधारास्थित घरमा बसिरहेको थिएँ । हिउँ परेपछि देवकोटाजीले श्रीमतीसँग भन्नुभयो, ‘मलाई त मासु खान मन लाग्यो बज्यै!’

म त्यस्तै १८/२० वर्षको ठिटो थिएँ, मासु म ल्याउँछु नि त भनेर फूर्तिसाथ अघि सरेँ । त्यस्तै पाँच रुपैयाँ जति लिएर मासु पसल खोज्दै हिँडेँ।

हिउँ परेको बेला त्यस्तो जाडोमा कसले पसल खोल्ने ! खोज्दै जाँदा एउटा पसल खुलेको देखेँ, अगाडि मासु राखेर जाडोमा हात चपक्क बाँधेर पसले बसिरहेका थिए । मासु किनेर देवकोटाको घरमा बुझाइदिएँ।

त्यो देखेर बज्यैलाई आश्चर्य लागेछ । उहाँले मायालु पारामा झपार्नुभयो, ‘यस्तो हिउँ परेको बखतमा हिँड्न हुन्थ्यो ? रुखको हाँगा भाँच्चिएर लाग्न सक्थ्यो । कस्तो विचित्रको काम गरेको यो!’

बाजे मासु खाने भन्ने, बज्यैले चाहिँ विचारै नगरीकन बाहिर निस्कियो भनेर कराउने ! म चाहिँ उतिबेला मासु खान्नथेँ।

हिउँ परेको त्यही राति उहाँले ‘तुषार वर्णन’ भन्ने काव्य लेख्नुभएछ । मासु खाएको फल, खण्डकाव्य जन्मियो ! खसीको मासुभन्दा पनि अझ टाउको मन पर्थ्यो देवकोटालाई । टाउकोको रस खान रुचाउनुहुन्थ्यो।

(जोतारे धाइबासँगको कुराकानीमा आधारित)

यो पनि पढ्नुहोस्-

यस्ता थिए महाकवि
महाकविमाथि चार युवाकविको टिप्पणीः कमजोरीबाट उम्किन सकेनन् देवकोटा
जो महाकवि देवकोटालाई ‘देउता’ मान्छन्
ती हाम्रा दिन गै गए!
देवकोटा : नेपाली साहित्यका मिथक
महाकवि बाँचिरहेका भए!
नेपाली साहित्यकाशका तारा

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  ०५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता
मानवअधिकार आयोगको प्रतिवेदनबारे ओलीले के भने ?
नेतृत्व विवादप्रति राप्रपाभित्र चर्को असन्तुष्टि, एकता र जिम्मेवारीबारे ज्ञानेन्द्र शाहीले उठाए प्रश्न
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता बुधबार, जेठ २०, २०८३
मानवअधिकार आयोगको प्रतिवेदनबारे ओलीले के भने ? बुधबार, जेठ २०, २०८३
नेतृत्व विवादप्रति राप्रपाभित्र चर्को असन्तुष्टि, एकता र जिम्मेवारीबारे ज्ञानेन्द्र शाहीले उठाए प्रश्न बुधबार, जेठ २०, २०८३
सम्पत्ति छानबिन आयोग नमान्ने र बयान पनि नदिने ओलीको घोषणा बुधबार, जेठ २०, २०८३
प्रतिनिधि सभा निर्वाचनपछि कम्युनिस्ट आन्दोलनले ठुलो चुनौती भोगेको पौडेलको भनाइ बुधबार, जेठ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
करिब ५५ लाख रुपैयाँ लुकाएर मलेसिया जान लागेका एयरलाइन्सका एक कर्मचारी पक्राउ मंगलबार, जेठ १९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मंगलबार, जेठ १९, २०८३
एक खेल अगावै नेपाल एसियन गेम्समा छनोट मंगलबार, जेठ १९, २०८३
रास्वपाले भन्यो : सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनायो मंगलबार, जेठ १९, २०८३
काँग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्