काठमाडौं– लोक कलाकारहरु जम्मा भएर देउसीभैलो खेलेका छन्। देउसीका सुरुवात बुधवार काठमाडौंको हात्तिगौंडास्थित हात्तिगौंडा कम्पलेक्सबाट गरे । लोकदोहोरी कलाकारको छाता संगठन लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजना देउसी कार्यक्रम भएको हो । कार्यक्रमको नेतृत्व प्रतिष्ठानका अध्यक्ष तथा चर्चित गायक बद्री पंगेनीले गरेका थिए । पूर्व अध्यक्ष चन्द्र शर्मा, प्रतिष्ठानका पदाधिकारी र सदस्यहरु सुवास केसी, खुमन अधिकारी, रमेशराज भट्टराई, राधिका हमाल, राजन ठकुरी, कुलेन्द्र विश्वकर्मा, देवी घर्ति, विनोद बाजुराली, शिव हमाल, रमिला न्यौपाने, नविन पौडेल, ईश्वरी प्रसाद भूसाल, जानकी तारामी मगर, रश्मी तामाङ, अञ्जली अधिकारी लगायतका कलाकारहरु सहभागी थिए।
हेर्नुहोस् भिडियो











नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।