रसुवा– रसुवाको सदुरमुकाम धुन्चेबाट करिब ३५ किलोमटिरको दुरीमा पर्छ गत्लाङ गाउँ। कमिलाको ताँतीझैं एउटै स्वरुप र ढाँचामा मिलेर बनेका घर, कुनै बेला यहाँको आकर्षण थियो। सुन्दर प्राकृतिक सम्पदाले भरिपूर्ण दृश्यहरु हेर्न तथा पहाडको फेदमा बसेको एक समानको बस्ती हेर्न यहाँ पर्यटकको घुइँचो लाग्थ्यो।
_x000D_
_x000D_
यहाँ रहेका घरका छानादेखि भित्तासम्म स्थानीय स्तरमै पाइने कालो ढुंगा र काठको प्रयोग हुन्थ्यो। त्यसकारण पनि यस गाउँलाई गत्लाङभन्दा बढी ‘कालो गाउँ’ अर्थात ‘ब्ल्याक भिलेज’ भनेर धेरैले चिन्छन्।
_x000D_
_x000D_
आमाछोदिङ्मो गाउँपालिका–३ स्थित तामाङ सम्पदा मार्गमा पर्ने गत्लाङ गाउँको पुरानै स्वरुप खोज्दै जाने हो भने अहिले खाली हात फर्किनुपर्छ। कारण हो २०७२ बैसाख १२ मा गएको विनाशकारी भूकम्प।
_x000D_
_x000D_
भूकम्पले तहसनहस पारेको यस क्षेत्रमा अहिले भने नयाँ शैलीमा घर बन्ने क्रम चलिरहेको छ। अन्ततः कालो गाउँको सुन्दरता नाम र स्मृतिमा मात्रै सीमित हुन पुगेको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
फरक–फरक ढाँचाका घर, निर्माणमा रड, सिमेन्ट, इट्टा र जस्तापाताको प्रयोग, असमान बस्ती व्यवस्थापन लगायतले गर्दा यस क्षेत्रको स्वरुपमा परिवर्तन आएको हो। भूकम्पपछिको पुननिर्माणमा स्थानीय संयन्त्रको उच्चतम प्रयोग गरिने बताइए पनि यस क्षेत्रमा सोको अनुसरण गरिएको पाइँदैन। न त पुरानो स्वरुपलाई कायम राख्ननै ध्यान दिइएको छ। एकातर्फ ढिलोगरी पुनर्निर्माण सुरु हुनु अर्कोतर्फ बस्तीको स्वरुप नै बदलिनुले यो क्षेत्रमा हिजोआज पर्यटक भेट्न मुश्किल पर्छ। पर्यटकले खचाखच हुने गाउँ अहिले सुनसान देखिन्छ।
_x000D_
_x000D_
भूकम्प जानुअघि गत्लाङमा होमष्टे, गेष्ट हाउस पनि सञ्चालन थिए। तर अहिले पर्यटक आउन छोडेपछि अधिकांश व्यवसायीहरु पलायन भएका छन्।
_x000D_
_x000D_
परम्परागत शैलीका घर मासिएसँगै यस क्षेत्रमा पर्यटक आवागमन शून्यजस्तै भएको बताउँछन् कालो गाउँमा होटल गरी बसेका व्यवसायी विकास लामा। ‘ब्ल्याक भिलेज हेर्नकै लागि भन्दै दुई दिनका लागि आएका पर्यटक थप दुई दिन लम्बाएर बस्थे। अहिले त एक पटक आएका पर्यटक अर्को पटक आउन मान्दैनन्, त्यसमाथि पर्यटक आउने क्रम धेरै घटिसकेको छ।’, लामाले भने।
_x000D_
_x000D_

_x000D_
_x000D_
गाउँको गरिमासँग जोडिएकोले यस क्षेत्रमा रहेका घरहरुको मौलिकता कायम राख्नुपर्छ भन्नेमा आफूहरु गम्भीर भए पनि पुनर्निर्माण प्राधिकरणको बेवास्ताको कारण गाउँको पहिचान नै गुमेको आरोप छ स्थानीयवासीको। स्थानीय स्रोत साधनको उपयोग गरी मौलिक र बलियो घर बनाउन सकिन्छ भन्ने प्राधिकरणको नियमावलीमा राखिएको छ।
_x000D_
_x000D_
तर, प्राधिकरणका प्राविधिकहरूले त्यस विषयलाई बेवास्ता गर्दै रड, इँटा र सिमेन्टमा मात्रै जोड दिएको स्थानीयवासी फुर्पू तामाङले आरोप लगाए। ‘गाउँको पहिचान नबिग्रने गरी पुनर्निर्माण गर्न सकिन्छ भनेका थियौं। तर, हामीलाई प्राविधिकले रड, सिमेन्ट हालेर घर बनाउनुपर्छ भनेपछि गाउँको स्वरुप नै बिग्रियो।’
_x000D_
_x000D_
करिब ५ सय घरधुरी रहेको गत्लाङमा यसअघि ढुंगा र काठले बनेका कलात्मक घरहरू थिए। त्यस्ता घर अब कमै मात्र देख्न पाइन्छ। घरजस्तै भएका छन् पर्यटक पनि।
_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।