जनकपुर– जनकपुरधाम उप–महानगरपालिका र खानेपानी मन्त्रालयबीच मंगलबार २ अर्ब १० करोड रुपैयाँ बराबरको ‘जनकपुरधाम सरसफाई तथा पोखरी संवर्द्धन योजना’ अघि बढाउने सम्झौता भएको छ।
_x000D_
_x000D_
जनकपुर क्षेत्रमा रहेका ३१ वटा पोखरी र बाह्र बिघा मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदानको रुपमा विकास गर्नका लागि आज सम्झौता भएको आयोजना प्रमुख विद्यानाथ भट्टराईले जानकारी दिए।
_x000D_
_x000D_
सम्झौतामा जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश ढुंगाना, वडा नम्बर २५ का वडाध्यक्ष उमेश यादव र खानेपानी मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रामकुमार श्रेष्ठ, महानिर्देशक सुनिलकुमार दास र आयोजनाका तर्फबाट इन्जिनियर सुधिर कुमार साहले हस्ताक्षर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।