काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले कुनै पनि विमान कम्पनीको सम्पत्ति भनेको नियमितता र विश्वसनियता भएको बताएका छन्। मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमले विमान उडानमा नियमितता दिनुपर्ने उनको भनाइ छ।
_x000D_
_x000D_
मन्त्री अधिकारीले निगमका उच्च पदाधिकारीहरुसँगको छलफलमा यस्तो सुझाव दिएका हुन्। उनले कुनै पनि सक्षम संस्थाले गतिशीलरुपमा काम गर्नुपर्नेमा जोड दिँदै ग्राहकलाई आकर्षित गर्नेगरी काम गर्न निगमका समस्त कर्मचारीहरुलाई आग्रहसमेत गरे।
_x000D_
_x000D_
‘संस्थाको संरचनालाई कसो गर्दा प्रभावकारी बनाउन सकिन्छ भन्ने कुरामा निगम सक्रिय हुनुपर्छ’, मन्त्री अधिकारीले भने,‘ निगमसँग आबद्ध व्यक्तिहरुले सकारात्मक सन्देश दिनेगरी कार्यसम्पादन गर्दा आम जानमानसमा दरिलो प्रभाव पर्छ।।’ मन्त्री अधिकारीले निगमले सार्वजनिक गरेको भविष्यका कार्ययोजना कार्यन्वयन गर्न सकेको अवस्थामा संस्थाले सफलता पाउने विश्वास व्यक्त गरे। संस्थाको उत्साह बढाउन आशा मारेर नभई काम गरेर गन्तव्यमा पुगन सहज हुने उनको भनाइ छ।
_x000D_
_x000D_
मन्त्री अधिकारीको अग्रहलाई सम्बोधन गर्दै निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगम भविष्यको कार्ययोजना बनाई अघि बढ्ने बताए। आफू लक्ष्य र व्यवस्थापन सुधारसहित निगमसँग भएका विमानहरुको पूर्ण उपयोग गर्नेतर्फ सक्रिय रहेको खरेलको भनाइ छ।
_x000D_
_x000D_
‘निगमसँग भएका साधनको अधिकतम उपभोग गर्नेतर्फ निगम सक्रिय छ’, खरेलले भने, ‘आगामी ३ महिनासम्ममा सबै विमानलाई नियमित उडानमा लगाइने र लामो गन्तव्यमा पनि सेवा थपिनेगरी काम हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।