काठमाडौं- माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको साधारण सेयर (आइपिओ) बाँडफाँट भएको छ।
_x000D_
_x000D_
आइपिओमा आवेदन दिएका कुल ३ लाख ३४ हजार ७५ जना आवेदक सबैलाई न्यूनतम ४० कित्ता सेयर बाँडफाँट गरिएको छ।
_x000D_
_x000D_
न्यूनतम ४० कित्ता बाँडफाँट गरिसकेपछि बाँकी रहेको १७ लाख २७ हजार ७ सय ५० कित्ता सेयर फेरि गोलाप्रथाबाट बाँडाफाँट भएको छ। ती मध्ये १ लाख ७२ हजार ७ सय ७५ जनालाई ग्रोलाप्रथाबाट थप १० कित्ता शेयर वितरण गरिएको छ।
_x000D_
_x000D_
आइपिओमा ५ हजार ७ सय जनाको आवेदन रद्द भएको छ। कुल १२ लाख ९८ हजार ९ सय ५० कित्ताका लागि परेको आवेदन रद्द भएको हो।
_x000D_
_x000D_
कम्पनीले बाँडफाँट गरेको आइपिओ एक महिना भित्र नेप्सेमा सूचीकृत हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताएका छन्। उनले भने, ‘आइपिओ सूचीकृत हुन समान्यतया तीन हप्ता लाग्छ। ढिलोमा एक महिना भित्र आइपिओ सूचिकृत गछौं।’
_x000D_
_x000D_
माथिल्लो तामाकोशीले गत कात्तिक १५ गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता अाइपिओ निष्कासन गरेको थियो। यसमध्ये सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता आइपीओ बिक्री खुला गरिएको थियो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।