काठमाडौं– रोगजारदाताहरुले सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई ‘चुनौतीपूर्ण योजना’को संज्ञा दिएका छन्।
_x000D_
_x000D_
मंगलबार काठमाडौंमा सामाजिक सुरक्षा कार्यक्रम घोषणा समारोहमा बोल्दै रोजगारदाता संघ संगठनका नेताहरुले श्रमिकका लागि ठूलो अवसरको रुपमा ल्याइएको सरकारको सो योजना कार्यान्वयनमा भने चुनौती देखिएको टिप्पणी गरेका हुन्।
_x000D_
_x000D_
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारले लागू गरेको यो योजनाले सामाजिक रुपान्तरणको कामलाई अघि बढाएको उल्लेख गरे। उनले यसको सफल कार्यान्वयनबाट मात्रै श्रमिकको भविष्य सुरक्षित हुने र त्यसले रोजगारदाताहरुलाई पनि प्रतिफल मिल्ने स्पष्ट पारिन्।
_x000D_
_x000D_
अध्यक्ष राणाले सरकारको सो योजनालाई सफल बनाउन आफूहरुले सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
_x000D_
_x000D_
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ऐतिहासिक भएको बताए। उनले यो कार्यक्रमले देशभित्रै काम गरेर खाने वातावरण बन्ने विश्वास पनि व्यक्त गरे।
_x000D_
_x000D_
अध्यक्ष शर्माले सामाजिक सुरक्षा कोषको बजेट सदुपयोग गर्दै राष्ट्र निर्माणको अभियानलाई तीव्रता दिन पनि सरकारसँग आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।