काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको निर्वाचन एउटै मतपत्रमा गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको छ।
न्यायाधीश दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले बुधवार यस्तो आदेश सुनाएको हो। राष्ट्रिय जनता पार्टी (राजपा) का नेता सर्वेन्द्रनाथ शुक्लले असोज २२ गते प्रदेश र प्रतिनिधि सभाको समानुपातिकको मतपत्र अलग–अलग हुनुपर्ने मागसहित असोज २२ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
‘समानुपातिकतर्फको मतपत्रको छपाई कार्य प्रारम्भ भइसकेको अवस्थामा दर्ता हुन आएको निवेदनबाट अन्तरिम आदेशबारे बोल्नु कुनै औचित्य रहेन,’ सर्वोच्चको आदेशमा छ।
न्यायाधीश जोशी र भण्डारीको संयुक्त इजलाशले मंगलबार नै उक्त मुद्दामा सुनुवाइ सकेको थियो। मंगलवार नै बहस सकिए पनि थप अध्ययन आवश्यक भएको भन्दै इजलासले फैसला मिति एक दिन पछि सारेको थियो।
यो फैसलासँगै रिटलाई आधार बनाएर सर्वोच्चमार्फत प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्ने षडयन्त्र गरेको भन्ने प्रमुख प्रतिपक्षी एमाले र सत्तामै रहेको माओवादी केन्द्रको आरोप तुहिएको छ।
आदेश पत्र


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।