काठमाडौं– प्रत्यक्ष र समानुपातिक अलगअलग मतपत्र बनाउनुपर्ने माग गर्दै दायर गरिएको रिट निवेदनमाथि केहीबेरमा सर्वोच्च अदालतले गर्ने निर्णयमाथि एमालेले चासो व्यक्त गरेको छ। उसले यसै रिटको आधारमा चुनाव नै नगराउने वातावरण बनाइन सक्नेप्रति शंका व्यक्त गरेको छ।
एमाले सचिव प्रदीप ज्ञवालीले रिट निवेदन नै शंकास्पद रुपमा दिइएको र त्यसैमा टेकेर निर्वाचन सार्ने चलखेल भएको बताए। 'रिट नै प्रायोजित छ,' ज्ञवालीले भने, 'निर्वाचनलाई प्रभावित पार्ने अनेक खेलहरु भइरहेको अवस्थामा निर्वाचन नै नहुने परिस्थिति सिर्जना गरिने पो हो कि भन्ने हाम्रो शंका हो।'
यसअघि मंगलबार बसेको स्थायी समिति बैठकले निर्वाचनमा असहयोगी नबन्न घुमाउरो भाषामा सर्वोच्च अदालतलाई चेतावनी दिएको थियो। बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ– 'निर्वाचनलाई सहयोग गर्न आ–आफ्नो ठाउँबाट सहयोग पुर्याीउनु राज्यका सबै अंगहरुको दायित्व हो। निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि बहानावाजी स्वीकार्य नहुने कुरामा विशेष जोड दिएको छ।'
बैठकले मन्त्रिपरिषद् विस्तार र माओवादी मन्त्रीलाई बिना विभागीय बनाइएकोमा आपत्ति जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।