काठमाडौं– सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपतिलाई जोडेर पछिल्लो समय आइरहेको समाचारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले राष्ट्रपतिको आलोचना 'न्याउरी मारी पछुतो' हुनसक्नेमा सचेत पनि गराएका छन्।
_x000D_
_x000D_
गत कात्तिक २९ र मंसिर ३ मा बसेको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले राष्ट्रपतिका निम्ति हेलिप्याड बनाउन प्रहरी प्रतिष्ठान सार्ने निर्णयको बचाउ गरे। भने– 'राष्ट्रपति बाहिर जाँदा वा स्वदेश आउँदा काठमाडौंको यातायात अस्तव्यस्त हुन्छ। त्यतिबेला मिडियाले चर्को आलोचना गर्ने गरेको छ। त्यहाँ एउटा हेलिप्याड राख्न सक्दा सजिलै हुन्छ। त्यसले केही फरक पार्ने पनि होइन।'
_x000D_
_x000D_
बाँस्कोटाले सहरको मध्यभागमा प्रहरी प्रशिक्षण केन्द्र सुहाँउदिलो नभएको बताए।
_x000D_
_x000D_
उनले समाजकल्याणको भवनमा उपराष्ट्रपतिलाई राख्ने सरकारको निर्णयको भएको स्मरण गराए। समाजकल्याणको भवन कसैले दान वा अनुदान दिएर बनाएको नभई नेपाल सरकारले बनाएको उनले बताए।
_x000D_
_x000D_

_x000D_
_x000D_
उनले राष्ट्रपति र उपराष्ट्रपति कार्यकारी र संवैधानिक दुवै भएको बताए। 'परिस्थितमा हुँदा संवैधानिक र कारणवश असहज परिस्थिति आयो भने उहाँहरु कार्यकारी हुनसक्ने ठाउँ होला कतै', उनले भने।
_x000D_
_x000D_
बाँस्कोटाले आफूहरुले राजाको कल्पना नै नगरेको बताए। 'राष्ट्रपतिलाई गाडी किन्नासाथ राजाको ठाउँमा बदलिन्छ', उनले प्रश्न गर्दै भने, 'राष्ट्रपति राजतन्त्रमा बदलिन्छ र?'
_x000D_
_x000D_
बाँस्कोटाले राष्ट्रपतिले गाडी चढ्नासाथ राजतन्त्र आउँछ भने यो परिभाषामा सहमत हुन नसकिने बताए।
_x000D_
_x000D_
राष्ट्रपति संवैधानिक हो र उहाँको पनि सेवा सुविधा भएको बताउँदै उनले प्रश्न गरे– 'के राष्ट्रपतिले साइकल नै चढ्नुपर्यो त? के हामीले सुरक्षाको कुनै प्रबन्ध गर्नुपर्दैन? केही भयो भने जिम्मेवारी कसले लिन्छ?'
_x000D_
_x000D_
यो पनि पढ्नुहोस्
_x000D_
_x000D_
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, युपीका मुख्यमन्त्री आउने निर्णय सरकारले स्वीकृत गरेको छैन : मन्त्री बाँस्कोटा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।