काठमाडौं- रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको ६.५ मेगावाटको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत आयोजनाको काम पाँच महिनादेखि ठप्प भएको छ।
_x000D_
_x000D_
वर्षाको समयमा आएको बाढीले क्षति पुगेको पावर हाउसको मर्मत नहुदाँ पाँच महिनादेखि आयोजनाको काम ठप्प भएको हो। बाढीले क्षति पुर्याएपछि बीमा दाबी गरेको आयोजनाको बीमा प्रक्रिया लम्बिएपछि असारलेखि काम रोकिएको आयोजनाका प्रोजेक्ट इन्चार्ज दुर्गासुमन जोशीले बताए। 'बर्सातको समयमा पावरहाउसमा क्षति पुगेको छ, क्षतिको बीमा प्रक्रिया टुङ्गिएमा मंसिर महिनाभरि काम हुनेछ,' उनले भने।
_x000D_
_x000D_
एक साताभित्र प्रक्रिया टुङ्गिएन भने आगामी चैतबाट मात्रै सुरु हुने उनले बताए। बीमाको प्रक्रिया नटुंगिँदै काम सुरु गरेमा आयोजनालाई असर गर्ने समेत उनले बताए।
_x000D_
_x000D_
गत वर्षहरूमा वर्षको ६ महिना काम रोकिने गरेको भए पनि यो वर्ष करिब ९ महिना काम नहुने भएको हो। २०६९ सालदेखि निर्माण सुरु भएको आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ। आउँदो असोजबाट विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य थियो। असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य पूरा हुन नसकेपछि दोस्रो पटक म्याद थप गरिएको थियो।
_x000D_
_x000D_
वर्षा, नाकाबन्दी, बाढीपहिरोको कारण आयोजनाको काम पछि धकेलिएको प्रोजेक्ट इन्चार्ज जोशीको भनाइ छ।असारदेखि भदौसम्म र पुषदेखि चैतसम्म दुई चरणमा निर्माण कार्य अवरुद्ध हुने गरेको छ। यस वर्ष मनसुन चाडै सुरु भएको कारण आयोजनाको निर्माण कार्य प्रभावित बनेको थियो।
_x000D_
_x000D_
अहिले पावर हाउस निर्माण, प्रसारण लाइन निर्माण र पेनस्टक जोड्ने कार्य भइरहेको आयोजनाले जनाएको छ।
_x000D_
_x000D_
९३० मिटरमध्ये करिब ३ सय मिटर पेनस्टक जोड्न बाँकी छ। पेनस्टक जोड्ने कार्य अन्तिम चरणमा पुगेको छ। ३ हजार ८ सय ४० मिटर हेडरेसमध्ये अब ६० मिटर मात्रै निर्माण बाँकी छ। रन अफ रिभर प्रणालीमा निर्माण भइरहेको आयोजनाले हिउँदको समयमा पनि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्ने बताइएको छ।
_x000D_
_x000D_
हिउँदको समयमा हिउँ पग्लने भएकाले आयोजनाको उत्पादन नघट्ने हुँदा उत्पादित विद्युत खेर जान नदिन प्रसारण लाइन निर्माणमा पनि काम भइरहेको छ।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।