काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले मुलुकको समृद्धिका लागि पूर्वाधार विकासमा जोड दिएको दाबी गरेका छन्।
_x000D_
_x000D_
मन्त्री महासेठले मुलुकलाई समृद्ध बनाउने सपनालाई सरकार पार्न वर्तमान सरकार विकास, निर्माणको कामलाई अघि बढाउन कटिबद्ध रहेको पनि स्पष्ट पारे।
_x000D_
_x000D_
भारतीय उद्योग परिसंघ मुख्य प्रयोजक रहेको ‘सिआइआई कन्म्याक २०१८’ नाम दिइएको निर्माण उपकरणसम्बन्धि प्रदर्शनीको बिहीबार भक्तपुरको सल्लाघारीस्थित ओपन ग्राउन्डमा उद्घाटन गर्दै उनले नेपालको समृद्धिका लागि भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई सरकारले सुमधुर बनाएको पनि स्मरण गराए।
_x000D_
_x000D_
मन्त्री महासेठले नेपालले जलमार्ग र रेल मार्ग सञ्चालनका लागि भारत सरकारसँग मिलेर काम गरिरहेको उल्लेख पनि गरे।
_x000D_
_x000D_
कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुत मन्जीवसिंह पुरीले नेपाललाई समृद्ध बनाउन भारत जस्तोसुकै सहयोग गर्न पनि प्रतिबद्ध रहेको बताए। उनले भारतीय निर्माण कम्पनीसँगको सहकार्यबाट नेपालले निर्माणको क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्नसक्ने पनि स्पष्ट पारे।
_x000D_
_x000D_
तीन दिनसम्म चल्ने प्रदर्शनीमा १ सय ५० जनाभन्दा बढी प्रदर्शकहरुले २ लाख ५० हजार वर्गफिट क्षेत्रफलको आयोजना स्थलमा आफ्ना उपकरण तथा प्रविधिहरुको प्रदर्शन गरेका छन्। नेपालस्थित भारतीय दूतावासको सहकार्यमा आयोजना गरिएको सो निर्माणसम्बन्धी प्रदर्शनीबाट नेपालमा अभाव हुने निर्माण सामग्री सहजरुपमा पूर्ति हुने वातावरण तय हुने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।