काठमाडौं– प्रदीप खड्का र जसिता गुरुङ अभिनित फिल्म ‘लभ स्टेसन’को बुधबार बेलुका ‘इन्ड क्ल्याप’ गरिएको छ। ललितपुरको गोदावरी रिसोर्टमा क्लाइमेक्सपूर्ण द्वन्द्वका दृश्यहरुको छायांकनपछि केक काटेर फिल्मको ‘इन्ड क्ल्याप’ गरिएको हो।
_x000D_
_x000D_
उज्ज्वल घिमिरेकाे निर्देशन रहेको फिल्मका लागि अझै दुई गीतको भने छायांकन बाँकी राखिएको छ। बाक्लो हिउँ परेपछि मनाङमा एक गीत र अंग्रेजी नयाँ वर्षको छेकोमा जापानमा अर्को गीतकाे छायाँकन गरिने फिल्मका निर्माण नियन्त्रक राजेन्द्र रावलले जानकारी दिए।
_x000D_
_x000D_
नेपालको पूर्वी क्षेत्र इलामका विभिन्न स्थान र भारतको दार्जिलिङ, मिरिक, कालिङपाेङ र काठमाडौंका विभिन्न स्थानमा छायांकन भएको फिल्मको अहिलेसम्म प्रदर्शन मिति भने तय गरिएको छैन।
_x000D_
_x000D_
प्रेमकथामा आधारित लभ स्टेसनमा प्रदीप र जसिताका साथमा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्लेलगायतको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।