• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फेवातालका जलारी भन्छन्– पानी धमिलियो, संकटमा व्यवसाय

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ६, २०७५  ०५:०८
1140x725

पोखरा– पोखरा फेवाताल वरपर पुर्खौंदेखि माछा मारेर गुजारा गरिरहेकाहरूको समूह छ। तिनीहरु जलारी जाति हुन्।

_x000D_ _x000D_

पोखराका फेवा लगायतका तालमा बसाइँ सर्दै माछा मार्दै त्यसलाई बजारमा लगेर उनीहरु बेच्छन्। त्यसैले बालबच्चा पढाउँछन्, स्वास्थ्योपचार गर्छन्।

_x000D_ _x000D_

पछिल्लो समय उनीहरुको आफ्नै गुनासो छ, ‘माछा पाइन छाडे। व्यवसाय धरापमा गयो।’ 

_x000D_ _x000D_

फेवातालमा पुस्तौंदेखि नै माछाबाटै गुजारा गरिरहेको परिवारलाई तत्कालीन जिल्ला मत्स्य अनुसन्धान केन्द्रले २०३२ सालमा पिँजडामा माछा पाल्न सिकायो।

_x000D_ _x000D_

_x000D_ _x000D_

एकै ठाउँमा माछा पाल्ने र धेरै ठाउँमा घुमिरहन नपरेपछि उनीहरुको फिरन्ते जीवनमा परिवर्तन आएको फेवा मत्स्य केन्द्रका अध्यक्ष ज्ञानबहादुर जलारी बताउँछन्।

_x000D_ _x000D_

‘पोको पुन्तरा बोक्दै तालताल चहार्ने जाति हौं,’ जलारीले भने, ‘०३२ सालमा सरकारले पिँजडामा माछा मार्ने उपाय सिकाएपछि भने हाम्रो फिरन्ते जीवन रोकियो।’ उनी आफूहरु ताल, डुंगा र जालमै जीवन बिताइरहेको सुनाउँछन्।

_x000D_ _x000D_

उनीहरुले अहिले पनि परम्परागत शैलीमै जालका माध्ययमबाट माछा मारिरहेको बताउँछन्। ५ वर्षअघि हर्पन खोला सरकारले भू–क्षय रोक्ने नाममा ५ वटा क्यानल बनायो।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

पहिलो क्यानलको पानी सिधै पिँजडामा माछा पालिरहेका जलारीको पिँजडामा गयो। पिँजडा बचेन। जलारीहरु फेरि चिन्तामा गए। ज्ञानबहादुर भन्छन्, ‘अहिले पिँजडाबाट आउने आम्दानी जिरो छ। हाम्रो व्यवसाय संकटमा छ।’

_x000D_ _x000D_

पछिल्लो समय जलारी जाति माछा संरक्षणमा लागेका छन्। विषादी तथा अनाधिकृत रुपमा माछा मार्नेहरुलाई निरुत्साहित गर्न जलारी महिला रातिको समय पनि हर्पन,बुलौंदी क्षेत्रमा गस्तीमा बस्ने गरेका छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

स्थानीय क्षतिमाया जलारी भन्छिन्, ‘पुरुष गए झगडा पर्ने सम्भावना रहन्छ। त्यसैले हामी नै लाठी लगेर बस्ने गरेका छौं। अहिले माछा मार्ने काम धेरै कम भइसकेको छ।’

_x000D_ _x000D_

जलारी जाति अहिले प्रत्येक महिनाको २ गते माछा नमार्ने अभियान नै चलाइरहेको छ। त्यसका साथै माछाको प्रजनन हुने मौसम जेठदेखि ३ महिनाका लागि प्रत्येक पहिलो हप्ता माछा मार्दैनन्।

_x000D_ _x000D_

‘अहिले बलबुँताले भ्याएसम्म फेवातालको जलकुम्भी हटाउन पनि लागिरहेको छौं,’ उनीहरु भन्छन्, ‘हामी यही तालको छेउमा हुक्र्यौँ, यहीँको पानीमा जीवन गुजारा गर्‍यौं। मर्नेबेला झोला झ्याम्टा बोकेर अन्यत्र जानु नपरोस्।’ 

_x000D_ _x000D_

‘टिल्पीया’को आहारामा साना माछा
_x000D_ पोखराको फेवाताल जति घुम्नका लागि परिचित छ, त्यति नै माछाका लागि पनि छ। तालको बीचमा रहेको बाराही मन्दिरमा पूजा गर्न आएका भक्तजन आधाभन्दा बढी त्यहाँ भएका माछालाई चारो खुवाउन मै व्यस्त हुन्छन्। माछाका प्रत्येक चालमा उनीहरू आनन्दित हुन्छन्। भन्छन्, ‘आहा ! फेवातालका माछा!’

_x000D_ _x000D_

_x000D_ _x000D_

फेवातालमा अहिले २३ प्रकारका माछा रहेको तथ्यांक छ। त्यसमध्ये वार्षिक ६० मेट्रिक टन ‘भोजन’ हुँदै आएका छन्। मत्स्य अनुसन्धान विकास केन्द्रका अनुसार फेवातालमा सबैभन्दा बढी टिल्पीया माछा र सबैभन्दा कम सहर जातका माछा छन्। 

_x000D_ _x000D_

टिल्पिया माछा अन्य जातका साना माछालाई आहारा बनाउने हुँदा संख्या बढिरहेको केन्द्र बताउँछ। ‘यसले स–साना माछालाई सजिलै आफ्नो आहारा बनाउँछ। शरीरमा पनि ठूलो हुने भएकाले यसले अरुको आहारा पनि सजिलै खाइदिन्छ,’ मत्स्य अनुसन्धान केन्द्र प्रमुख अग्नि नेपाल भन्छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

उनका अनुसार 'टिल्पीया'बाहेक फेवातालमा बढी भित्ते, सहर, कत्ले, टेबा, घोँडे, जुँगे, फगेटा, मंगुर, बाम लगायतका माछा पाइन्छन्।

_x000D_ _x000D_

‘स्थानीय रुपमा हेर्ने हो भने भित्ते माछा बढी छन्,’ केन्द्रका प्रमुख अग्नि नेपाल भन्छन्, ‘भित्तेकामात्रै यहाँ ४ प्रकारका जात छन्। बामका २ प्रजाति छन्, फगेटा ३ प्रकारका छन्।’

_x000D_ _x000D_

वार्षिक ६० टन माछा बिक्री गरिरहेको फेवातालमा पछिल्लो समय ‘सहर’ जातका माछामा कमी आइरहेको केन्द्रले जनाएको छ। सहर सबैभन्दा पाइने धेरै पाइने रुपा ताललाई मानिन्छ।

_x000D_ _x000D_

स्थानीय माछाका रुपमा चिनिँदै आएको ‘सहर’ जातको माछा अहिले लोप हुँदै गएको भन्दै केन्द्रले बुधबार १० हजार ‘सहर’लगायत प्रजातिका माछा फेवामा छोडेको छ।

_x000D_ _x000D_

ती माछा बेगनास तालमा प्रजनन् गरिएका हुन्। ‘स्वदेशी माछालाई प्राथमिकतामा राखेर हामीले सहर छोडेका हौं,’ नेपालले भने।

_x000D_ _x000D_

केन्द्रका वरिष्ठ वैज्ञानिक मोहम्मद इक्वाइल हुसेनका अनुसार जलाशय संकटमा परेकाले माछा लोप हुँदै गएका हुन्। उनी भन्छन्, ‘फेवाताको पानी पनि धमिलिँदै गएको छ। प्रदूषण बढेसँगै यहाँका तालमा माछा हराउँदै गइरहेका छन्।’

_x000D_ _x000D_

उनका अनुसार पानीमा अनावश्यक विषादी प्रयोग गरेर मार्ने चलन बढेकाले पनि माछाका संख्या कम हुँदै गएका हुन्। 

_x000D_ _x000D_

_x000D_ _x000D_

‘माछा मै आश्रित जनसंख्याको व्यवसाय नै धरापमा पर्दै गएको छ। कतिपय बाह्य कारण छन् भने कतिपय उनीहरुले गर्दा नै यो समस्या आएको हो,’ हुसेन भन्छन्, ‘फेवातालका माछा प्रजनन गर्न हर्पन खोला (फेवातालको उद्गम खोला) जान्छन्। त्यहाँ गएको बेला थुनेर माउ माछा सबै मारिदिन्छन्।’

_x000D_ _x000D_

उनी प्रत्येक वर्ष लार्खौं माउ माछा मारिरहेको बताउँछन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

फेवातालमा सबैभन्दा बढी माछा बाराही मन्दिर वरिपरी रहेको केन्द्र बताउँछ। ‘त्यहाँ माछा मार्न पाइँदैन। त्यसैले त्यहाँ बढी माछा छन्,’ हुसेन भन्छन्।

_x000D_ _x000D_

फेवातालका माछा बचाउन पहिले तालनै संरक्षण गर्नुपर्ने सरोकारवालाको तर्क छ।

_x000D_ _x000D_

महानगर कृषि महाशाखा प्रमुख मनोहर कडारियाका अनुसार फेवातालमा माछाका भूरा छोड्न महानगरले वार्षिक ५० हजार खर्च गरिरहेको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०७५  ०५:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण बिहीबार, माघ १, २०८२
कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त बिहीबार, माघ १, २०८२
देउवाको हस्ताक्षर हटाउने र नवनिर्वाचित टीम आयोगमा अद्यावधिक गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्