काठमाडाैं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ।
_x000D_
_x000D_
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो तीन बजे बैठक बस्ने भएको छ। जिल्ला,प्रदेश र जन वर्गीय संगठनको एकता प्रक्रिया टुंग्याउने विषयमा छलफल हुने बताइएको छ।
_x000D_
_x000D_
कार्यदलले बुझाएका नाम तथा संख्यालाई रुजु गरी महासचिवले आजको बैठकमा पेस गर्नेछन्।
_x000D_
_x000D_
नाम तथा संख्या रूजु गर्न सचिवालयका दुई सदस्य महासचिव विष्णु पौडेल र राम बहादुर थापा रहेको दुई सदस्यीय कार्य दल गठन गरिएको थियो।
_x000D_
_x000D_
प्रदेश,जिल्ला र जनवर्गीय संगठन एकताका लागि गठित कार्यदलले संख्या टुंग्याएर पनि नाम र नेतृत्व चयन गर्न सकेका छैनन्।
_x000D_
_x000D_
केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँड र पोलिटब्यूरोमा रहने सदस्यहरूको नाम पनि तय गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।