काठमाडौं। दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ।
बिहीबार कृषि तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहन ८ बस्ने भएको छ।
बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई समितिले समय—समयमा दिएका निर्देशन तथा सुझावहरूको कार्यान्वयन अवस्था सम्बन्धमा र कृषि, वन तथा पर्यावरणसँग सम्बन्धित अन्य समसामयिक विषय छलफल हुने कार्यसूची रहेको छ।
विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः१५ बजे बस्ने भएको छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ को मसौदा प्रतिवेदन माथि छलफल हुने कार्यसूची रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।