• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

दोषारोपमै बिते शान्ति प्रक्रियाका बाह्र वर्ष, दोहोरो पीडामा बेपत्ताका परिवार

64x64
नेपाल लाइभ बुधबार, मंसिर ५, २०७५  १६:०५
1140x725

काठमाडौं– बेपत्ता बुबाका नाममा रहेको अचल सम्पत्ति आमाका नाममा ल्याउन मालपोत कार्यालय धाउन थालेको कति वर्ष भयो, कालिकोटका चक्र शाहीलाई ठ्याक्कै सम्झना छैन। यत्ति थाहा छ, बाबु बेपत्ता हुँदा उनी १० वर्षका थिए। २४ वर्षे चक्र अहिले पनि उक्त काम फत्ते गर्न मालपोत धाइरहेकै छन्।

_x000D_ _x000D_

‘कहिले बुबा बेपत्ता भएको जनाउने कानुन छैन भनेर फर्काउँछन्, कहिले उहाँकै स्वीकृति चाहिन्छ भन्दै अर्को दिन आउनु भन्छन्,’ चक्रले भने पीडामाथि कानुनी झमेलाको कहर बिसाए।

_x000D_ _x000D_

स्थानीय विद्यालयमा प्रधानाध्यापक रहेका उनका बुबा गणेशबहादुर शाहीलाई २०५८ चैत १८ गते तलब झिक्न सदरमुकाम जाँदा उतैबाट बेपत्ता पारिएको थियो। ‘सोधपुछ गर्न’ भन्दै सेनाले लगेकामा अझैसम्म नफर्केको घाउ आलै छ, परिवारमा।

_x000D_ _x000D_

कानुनी समस्याले बेपत्ता गणेशका नाममा रहेको सञ्चय कोष र जग्गाजमिनको हकमा पहुँच पाउन सकेको छैन, परिवारले। ’परिवार चलाउन आमालाई समस्या भएपछि पटकपटक सञ्चय कोषको रकम झिक्न गयौं,’ चक्रले भने, ‘जग्गा बिक्री गर्न भनेर मालपोत पनि गयौं तर बुबाको अवस्था प्रष्ट नहुँदा रित्तो हात फर्कनुपर्यो।’

_x000D_ _x000D_

शाही मात्र होइन, बारा, निजगढकी शशीकुमारी भुजेलको समस्या पनि उस्तै छ। १४ वर्षअघि सरकारका तर्फबाट बेपत्ता पारिएका पतिको मृत्युको प्रमाणपत्र नपाउँदा कुनै अचल सम्पत्ति र बचत रकम चलाउन पाएकी छैनन् उनले।

_x000D_ _x000D_

‘घरखर्च वा आपतको समयमा काम लाग्छ भनी दुबै जना मिलेर गरेको बचत समेत चलाउन पाएकी छैन,’ भुजेलले भनिन्, ‘नामसारी गर्न जाँदा श्रीमानको मृत्यु भएको कागज माग्छन्, त्यो कसरी ल्याउने?’

_x000D_ _x000D_


_x000D_ घरमै सुतिरहेका भुजेलका श्रीमानलाई ०५८ माघ १२ गते सादा पोसाकमा आएको सेनाले ‘छलफल गर्नु छ’ भनी लगेकोमा अझैसम्म नफर्काएको भुजेलले दुखेसो गरिन्। 

_x000D_ _x000D_

शाही र भुजेलकै जस्तो समस्या द्वन्द्वकालमा बेपत्ता पारिएका १ हजार ४ सय परिवारले भोग्दै आएको छ। कानुनमा बेपत्ता व्यक्तिलाई मृत्यु भनी किटान गरी प्रमाणित गर्ने व्यवस्था नहुँदा पीडित परिवार मर्कामा छन्। राज्यले बेपत्ताको स्थिति सार्वजनिक नगर्दा पीडामाथि झन् पीडा थपिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

शाही र भुजेल यही समस्या बोकेर अहिले राजधानी आएका छन्।

_x000D_ _x000D_

द्वन्द्वपीडितको १२ वर्ष सम्झना कार्यक्रममा सहभागी भएका भुजेलले भने ‘स्थानीय निकाय, जिल्ला प्रशासन, जिल्लास्थित शान्ति समिति हुँदै बेपत्ता आयोग धाउने दैनिकी भएको छ।’ 

_x000D_ _x000D_

शाहीले पनि निराशा व्यक्त गरे, ‘यहाँबाट पनि हाम्रो समस्या समाधान हुँदैन होला। ’

_x000D_ _x000D_

बेपत्ता व्यक्ति छानबिन आयोगमा उजुरी हालेको जानकारी दिँदै उनले भने, ’हाम्रो समस्या हेर्न अर्को बेग्लै आयोग चाहिने रे, कहिले गठन हुने र काम थाल्ने, थाहा छैन।’

Xtrem

Xtrem
_x000D_ _x000D_

शाही हाल काठमाडौंमा ओभरसियर अन्तिम वर्षमा अध्ययनको गरिरहेका छन्। उनलाई यो पढाइपछिको अध्ययनका लागि नागरिकता अनिवार्य छ। सवारी चालक लाइसेन्स बनाउन र रोजगारीका लागि आवश्यक कागजात बनाउन उत्पन्न समस्याले उस्तै पिरोलिन थालेका छन् उनी। नागरिकता बनाउन जाँदा बाबु खोज्ने भएकाले यस्ता समस्या आउने उनको अनुभव छ।

_x000D_ _x000D_

नागरिकता नहुँदा उनले बाबुको नाममा रहेको अचल सम्पत्ति र सञ्चय कोषमा रहेको रकम १४ वर्षदेखि झिक्न पाएका छैनन्।

_x000D_ _x000D_

बेपत्ता आयोगमा उजुरी दिन आएका सबैजसोले यस्ता समस्या भोग्दै आएको पीडितको संस्था साझा चौतारीका पूर्व अध्यक्ष सुमन अधिकारीले जानकारी दिए।

_x000D_ _x000D_

‘शान्ति सम्झौता भएदेखि नै हामीले पीडितका व्यावहारिक समस्या समाधानका लागि आयोग गठन गर्न सरकारलाई भन्दै आएका हौं,’ अधिकारीले भने, ‘तर कुनै पनि निकायबाट यसको सुनुवाइ भएको छैन।’

_x000D_ _x000D_

ऐनले दुवै आयोगको कार्यक्षेत्रमा शाही र भुजेलजस्ता बेपत्ता परिवारका व्यावहारिक समस्यामा काम गर्दैनन्। सर्वोच्च अदालतले यस्तो आयोग गठन गर्न आठ वर्षअघि नै आदेश दिए पनि अझैसम्म हुन नसकेको पीडितको गुनासो छ।

_x000D_ _x000D_

पीडितका समस्या समाधान गर्न सर्वोच्चले २०६४ मै आदेश दिएको थियो। पीडितकै तर्फबाट भोजराज तिमल्सिनाले हालेको रिटमा फैसला गर्दै न्यायाधीशद्वय बलराम केसी र ताहिर अली अन्सारीको इजलासले २०६४ पुस २ गते वास्तविक पीडितको अवस्था पत्ता लगाउन र पीडितका समस्या समाधान गर्न आयोग गठन गर्न भनेको थियो।
_x000D_  
_x000D_ मुलुकी ऐनमा १२ वर्षदेखि बेपत्ता भनी प्रमाणित गर्न सके अन्य परिवारका सदस्यको नाममा चलअचल सम्पत्ति नामसारी गरिदिने व्यवस्था छ। तर त्यसको कार्यान्वयन हुन सकेको छैन। बेपत्ता आयोगले त्यसले यस्ता समस्याबारे सिफारिस गरे मन्त्रालयले केही गर्ला तर त्यसको लागि समय लाग्ने देखिएको छ।

_x000D_ _x000D_

आयोगले सिफारिसमा गरे सम्पत्ति नामसारी गर्न समस्या नहुने तर अहिले आयोगले छानबिन गरिरहेकोले यस विषयमा केही गर्न नसकिने हाल प्रधानमन्त्री कार्यालयमा कानुन सचिव रहेका रमेश ढकालले बताए। विगतमा पनि द्वन्द्वकालीन मुद्दाका बारेमा काम गरेका ढकालका अनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको प्रक्रिया टुङ्गिएमा मुलुकी संहिता अनुसार नामसारी हुन सक्ने बताए। 

_x000D_ _x000D_

उनले सुझाएजस्तै कानुनी प्रक्रिया भने सहज छैन। प्रक्रिया पूरा गर्नै समस्या हुने देखिन्छ। 

_x000D_ _x000D_

मुलुकी ऐनको उक्त व्यवस्थाको कार्यान्वयन गर्न जिल्ला प्रशासन र स्थानीय निकायले अनभिज्ञता प्रकट गर्ने भएकाले असम्भव भएको पूर्व अध्यक्ष अधिकारीको तर्क छ। बेपत्ता व्यक्ति अनुसन्धान गर्न माग गर्दै बेपत्ता छानबिन आयोगमा ७ हजार उजुरी दर्ता भएका छन्। त्यसमध्ये केही गम्भीर प्रकृतिका रहेकोले विस्तृत अनुसन्धान हुनुपर्ने आयोगको निष्कर्ष छ। 

_x000D_ _x000D_

‘आयोगलाई ऐनले दिएको क्षेत्राधिकार भनेको बेपत्ता व्यक्तिबारे अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्न सिफारिस गर्ने हो,’ अयाोग प्रवक्ता विष्णु पाठकले भने, ‘यस्ता व्यावहारिक समस्या सरकारबाटै समाधान हुनुपर्छ।’

_x000D_ _x000D_

यसबारे स्वतन्त्र आयोग गठन गर्न सर्वोच्चले दिएको आदेश कार्यान्वयनका लागि फैसला कार्यान्वयन महाशाखालाई करीब दस पटक पत्र लेखेको तिमल्सिना बताउँछन्। महाशाखाले सम्बन्धित मन्त्रालयलाई पनि पटकपटक पत्र लेख्दै आएको छ तर सरकारले त्यस सम्बन्धि काम सत्य निरुपण र बेपत्ता आयोगले गर्ने भनेर पन्छँदै आएको छ।

_x000D_ _x000D_

आयोगले सरकारको बाटो हेर्ने र सरकार आयोगको प्रतिवदेन खोज्ने जुहारीले पीडित दोहोरो पीडामा छन्। परिवारका सदस्‍य गुमाउनु पर्दाको पीडामाथि सरकारले उनीहरुका समस्या समाधान गर्न चासो नदेखाएकाले झन् पीडा थपिएको पीडितका परिवारको गुनासो छ। 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५  १६:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्