काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक ९ गते देखि बस्ने भएको छ। आसन्न महासमिति बैठकमा पेस गरिने संशोधित विधानका विषयमा बैठकमा छलफल गर्न बैठक बस्न लागेको हो। विधान मस्यौदा समितिले पदाधिकारी संख्या तय गर्न सकेको छैन। साथै केन्द्रीय कार्य समितिको सदस्य सङ्ख्यामा पनि टुंगो लागेको छैन।
_x000D_
_x000D_
विधान मस्यौदा समितिको बैठक विगत दुई सतादेखि बस्न सकेको छैन। विधान मस्यौदा समितिमा रहेका सदस्यहरूको फरक फरक मत रहेपछि विकल्प सहित विधान केन्द्रीय कार्य समितिमा पेस गर्न लागिएको छ।
_x000D_
_x000D_
मस्यौदा समितिले पेस गरेको विधानमा सबै केन्द्रीय सदस्यले धारणा राख्ने भएकोले बैठक लम्बिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।