काठमाडौं– वैदेशिक रोजगारीमा जाने कामदारमाथि आर्थिक शोषण गर्ने म्यानपवार व्यवसायीमाथि युद्धस्तरमा अनुगमन गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्टले बताएका छन्। श्रम मन्त्रालय सम्हालेको ९ महिनापछि वैदेशिक रोजगार विभागको अनुगमनमा पुगेका मन्त्री विष्टले रोजगारीका नाममा हुने सवै खालको शोषणको अन्त्य गरिने बताए।
_x000D_
_x000D_
विभागमा आएका उजुरी तत्काल समाधान गर्न निर्देशन दिँदै मन्त्री विष्टले लाखौं ठगिएका रोजगार पीडितले ठगिएभन्दा बढी नै क्षतिपूर्ति भराउन विभागका कर्मचारीलाई निर्देशन दिएका छन्।
_x000D_
_x000D_
‘राम्रो काम गर्ने कर्मचारीलाई मन्त्रालयले पुरष्कृत गर्ने र म्यानपावरसँग मिलेर कामदारमाथि अन्याय गर्ने कर्मचारीलाई माफी गरिने छैन। किन कि यो विभाग मानवका मुद्दासँग जोडिएको छ।’, मन्त्री विष्टले भने। आर्थिक र मानवसँग जोडिएको संवेदनशील विषयमा गम्भीर हुन पनि विभागका कर्मचारीलाई उनले आग्रह गरे।
_x000D_
_x000D_
वैदेशिक रोजगारीमा जाने कामदारमाथि आर्थिक शोषण भएमा मन्त्रालयले ‘रमिता’ हेरेर नबस्ने विष्टको भनाई छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
मन्त्रीसँगै विभाग अनुगमनमा पुगेका मन्त्रालयका सचिव महेशप्रसाद दाहालले वैदेशिक रोजगारीका नाममा हुने सवै विकृति र यो क्षेत्रमा भइरहेका समस्या पहिचान गदै समाधान गर्न विभागका कर्मचारीलाई निर्देशन दिए। रोजगार पीडितको दाबीअनुसार मुद्दाको सुनुवाई गर्न पनि कर्मचारीलाई सचिवले सुझाए।
_x000D_
_x000D_
पछिल्लो समय वैदेशिक रोजगारी क्षेत्रका समस्या समाधान गर्न विभाग सक्रिय भएर काम गरिरहेको विभागका महानिर्देशक दिलिपकुमार चापागाईंले मन्त्री विष्टलाई जानकारी गराएका थिए। महानिर्देशक चापागाईंले विभागमा म्यानपावरमाथि अनुगमन गर्ने जनशक्ति र साधनको अभाव रहेको मन्त्री विष्टलाई जानकारी दिएका थिए।
_x000D_
_x000D_
मन्त्रीको अनुगमनका क्रममा विभागको संरचना र अन्य विषयमा जानकारी गराइएको थियो। मन्त्री विष्टले विभागमा आएका पीडितसँग पनि विभागको कार्यसम्पादन तथा गुनासोका विषयमा जानकारी लिएका थिए।
_x000D_
_x000D_
विभागमा गएको ४ महिनामा संस्थागत ४ सय ३४ उजुरी परेका छन्। जसमा विभागले ३६ वटा उजुरीको मुद्दा सुनुवाई गरेको छ। व्यक्तिगततर्फ ४ सय ३६ वटा उजुरी परेकोमा एक सय उजुरीको मात्रै फरफारक गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।