• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

चट्टान छिचोल्दै डोल्पामा सडक ट्र्याक खुल्यो, गाडी गुड्ने कहिले?

64x64
नेपाल लाइभ बुधबार, मंसिर ५, २०७५  ०९:४२
1140x725

सुर्खेत- त्रिपुरासुन्दरी नगरपालिका डोल्पाका ६० वर्षीय पदम रोकाय गाडी चढेर डोल्पाबाट सुर्खेत पुग्ने कल्पनामा रमाउन थालेको १४ वर्ष पुगिसकेको छ। अब भने उनी आफ्नो सपना पूरा हुनेमा ढुक्क भएका छन्। जिल्ला सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि १४ वर्षदेखिको सपना अब पूरा हुने भएको छ।

_x000D_ _x000D_

मंगलबार सडक उद्घाटन भएपछि उनले भने, ‘सडक आउला कि नआउला भन्दा भन्दै आइपुग्यो। अत्यन्तै खुसी लागेको छ।’ 

_x000D_ _x000D_

थुप्रै चट्टान र भीरपाखा छिचोल्दै डोल्पा सदरमुकाममा सडक पुगेको छ। नेपाली सेनाले जिम्मा लिएको जाजरकोट–डोल्पा सडक खण्ड अन्तर्तग जाजरकोटको पासगाडबाट डोल्पाको त्रिपुराकोटसम्म ट्रयाक निर्माणको काम सम्पन्न भएसँगै डोल्पा सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो। 

_x000D_ _x000D_

निर्माण कार्य सुरु गरेको १४ वर्षपछि डोल्पा सदरमुकामसम्म ट्रयाक पुगेको छ।

_x000D_ _x000D_

जिल्ला सदरमुकामसम्म राष्ट्रिय सडक सञ्जाल पुर्‍याउने सरकारी नीति अनुसार विसं २०६१ सालदेखि उक्त सडक निर्माण कार्य सुरु गरिएको थियो। कुल १ सय १८ किलोमिटर लम्बाइ रहेको उक्त सडक खण्डको सुपानीदेखि दुनैसम्मको १४ दशमलब ३ किलोमिटर सडक खण्डको कच्ची ट्रयाक यसअघि नै तत्कालीन जिल्ला विकास समितिले खुलाइसकेको थियो। बाँकी रहेको एक सय तीन किलोमिटर सडक नेपाली सेनाले निर्माण गरेको छ।

_x000D_ _x000D_

पहिलो चरणमा सेनाले जाजरकोटदेखि काम थालेको थियो। तर विवाद सिर्जना भएपछि दुई वर्ष काम ठप्प भयो। दोस्रो चरणमा विसं २०६६ सालदेखि डोल्पाको सुपानीबाट पुनः सडक निर्माणको काम सुरु भएको थियो। उक्त सडकको निर्माण सकिएसँगै डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको हो।

_x000D_ _x000D_

रक्षामन्त्रीले गरे औपचारिक उद्घाटन
_x000D_ सदरमुकामसम्म सडक पुगेपछि संघीय सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार सडकको औपचारिक रुपमा उद्घाटन गरेका हुन्।

_x000D_ _x000D_

डोल्पामा सडक पुगेसँगै अब यहाँका पर्यटन विकास सँगसँगै आर्थिक विकासले पनि फड्को मार्ने मन्त्री पोखरेलले बताए। उनले कर्णालीको समृद्धिमा पनि यो सडक मेरुदण्ड साबित हुने जिकिर गरे। ‘डोल्पाको अन्य जिल्लाहरुसँग पनि अब सहज पहुँच हुनेछ,’ उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

सडकमार्गको पहुँच नपुगेका कारण डोल्पावासीले महँगो भाडा तिरेर हवाई यात्रा गर्नुपर्ने बाध्यता थियो। सडक निर्माण भएसँगै हवाई यातायातकै भर पर्नुपर्ने बाध्यता हट्ने भएको छ। यतिबेला डोल्वावासी हर्षित भएका छन्। भौगोलिक विकटताका कारण सडक कहिले आइपुग्छ भनेर डोल्पावासी समेत विश्वस्त थिएनन्।

_x000D_ _x000D_

‘डोल्पाका भीरपाखा छिचोल्दै गाडी पुग्ला भन्ने हामीले सोचेका थिएनौं,’ त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाले भने, ‘तर ढिलोचाँडो यहाँका नागरिकले गाडी चढ्न पाउने भएका छन्। सडक सञ्जाल जोडिँदा यात्रा गर्नका लागि मात्रै सहज भएको छैन, डोल्पाको अर्थतन्त्रमा समेत यसले मद्दत मिल्नेछ।’

_x000D_ _x000D_

अहिलेलाई ट्रयाक खोलिएको उक्त सडकमा गाडी सञ्चालन भए सस्तो मुल्यमा खाद्यान्न लगायतका सामग्रीसमेत उपभोग गर्न पाइने भएकाले पनि सर्वसाधारणमा खुसी छाएको उनले बताए। डोल्पामा उत्पादन हुने सिमि, फापर र स्याउले अब बजार पाउने छ। ‘कृषि उत्पादनले बजार पाउन सकेको छैन, जसले गर्दा डोल्पालीको जीवनस्तर माथि उठ्न सकेन,’ उनले भने, ‘सडक पूर्ण रुपमा निर्माण भए किसानले बारीमै मेहनतको मूल्य पाउनेछन्, अर्गानिक उत्पादन उपभोक्ताले उपभोग गर्नेछन्।’

_x000D_ _x000D_

पुल बनेपछि मात्रै यातायात सहज सञ्चालन
_x000D_ जिल्ला सदरमुकाम दुनै सडक सञ्जालमा जोडिएपनि अहिले नै उक्त सडकमा सवारी साधनहरु भने सञ्चालन हुने छैनन्। ट्रयाक खुले पनि सो सडक खण्ड अन्तर्गत पर्ने खोलाहरुमा पुल निर्माण नभएसम्म सवारीका साधन सञ्चालन गर्न कठिनाइ हुनेछ। अहिले खोलिएको ट्रयाकलाई तत्काल स्तरोन्नति गरेर नियमित सवारी सञ्चालन गर्न मिल्ने बनाउनुपर्ने स्थानीयवासीको माग छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

त्रिपुरासुन्दरीका प्रमख ओमबहादुर बुढाले तत्कालका लागि खोलाहरुमा बेलीब्रिज निर्माण गरेर भए पनि सडक नियमित सञ्चालनमा ल्याउनुपर्ने बताए। ट्रयाक खुले पनि गाडी गुड्ने निश्चित नभइसकेको भन्दै उनले जतिसक्दो छिटो डोल्पावासीले गाडी चढेर प्रदेश राजधानी पुग्न सक्ने बनाउनुपर्ने उनको भनाइ छ।

_x000D_ _x000D_

छलगाडबाट डोल्पा सदरमुकाम दुनैसम्मको सडक चालु आर्थिक वर्षभित्र नेपाली सेनाले नै स्तरोन्नति गर्नेछ।

_x000D_ _x000D_

‘आर्थिक विपन्नता र विकटताको उपमा पाइरहेको डोल्पालाई नेपाली सेनाले सडक सञ्जालमा जोड्न महत्वपूर्ण काम गरेको छ,’ बुढाले भने, ‘अब अन्य विकासका कामहरु पनि तीव्र रुपमा हुन्छन्।’

_x000D_ _x000D_

डोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य वीरबहादुर शाहीले सडक सञ्जालले डोल्पालाई छोएसँगै डोल्पालीले विकटताबाट मुक्ति पाएको बताए। उनले अब नियमित गाडी गुड्ने गरी सडकको स्तरोन्नतिमा सरकारले ध्यान दिनुपर्ने बताए।

_x000D_ _x000D_

‘ट्रयाक त खुल्यो अब यहाँका नागरिकले गाडी चढेर हिँड्न सक्ने बनाउनका लागि सरकारले सडकलाई तत्कालै स्तरोन्नति गर्नुपर्छ,’ उनले भने।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५  ०९:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्