complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

काठमाडौं नआएको भए ताप्लेजुङमा कसैको गोठालो भएर बस्थेँ: मनोज गजुरेल

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १, २०७४  ०६:१८
1140x725

मनोज गजुरेललाई चिनाइरहनु पर्दैन। ’स्ट्यान्डअप कमेडी’ बाट उनी नेपालीमाझ चर्चित छन्। देश विदेशका कार्यक्रममा पनि उत्तिकै व्यस्त रहने कलाकार हुन्। हालै उनी आफ्नो एकमहिना लामो अमेरिकी भ्रमण सिध्याएर नेपाल फर्किएका छन्। उनीसम्बद्ध सिस्नुपानी नेपालले वार्षिकरूपमा गर्दै आइरहेको ’देउसी भैलो’ कार्यक्रमको तयारीमा व्यस्त रहेका गजुरेलसँग नेपाल लाइभका लागि अशेष अधिकारीले गरेको कुराकानी:

काठमाडौं किन आउनु भयो ? 

पहिला त दाईसँग पढ्न भनेर आएँ। पछि रहँदा बस्दा खुट्टो घुमाउन सकिन्छ जस्तो लाग्यो। खुट्टो घुमाइयाे। खुट्टो घुम्यो पनि। यसको मतलब म काठमाडौंवासी होइन। काठमाडौंलाई म डेरा भन्छु। हुन त सानु झुप्रो पनि बनाएको छु। त्यही पनि काठमाडौंवासी भन्दा त्यति मजा आउँदैन। अझै पनि म जन्मस्थान ताप्लेजुङ, गृह जिल्ला झापा गइरहन्छु। 'ताप्लेजुङको', 'झापाको' भन्दा मनमा आत्मसन्तुष्टि हुन्छ। 

काठमाडौं नआएको भए?

म सम्झन्छु, काठमाडौं नआएको भए सायद उही ताप्लेजुङका डाँडाकाडाँमा चौरीपालन गरेर बस्थें होला। कसैको गोठालो भएर बस्थें होला वा कसैको भारी बोकेर बसिन्थ्यो होला। 

कलाकारितामा कहिलेदेखि लाग्नुभयो?

दाजुसँग २०४५ सालमा काठमाडौं पढ्न भनेर आएँ। म पद्यमोदय हाइस्कुलमा पढ्थें। त्यो बेला म रेडियो नेपालमा बाल कार्यक्रममा कविता भन्न जान्थें। त्यही बालकार्यक्रम नै कलाकारिता क्षेत्रमा लाग्ने प्रस्थान बिन्दु थियो भन्ने मलाई लाग्छ। तर त्यो भन्दा पहिला म झापामा हुँदा त्यहाँ हुने अतिरिक्त क्रियाकलाप अन्तरगत एउटा शुक्रबार हाँस्य कविता भएको थियो। मैले त्यो बेला एउटा प्यारोडी गीत गाएर प्रथम पुरस्कार पाएको थिएँ। मलाई कलाकार हुने अर्को प्रस्थान विन्दु त्यो पनि थियो जस्तो लाग्छ। ममा रहेको कमेडी स्वभाव त्यसलाई सघाउने तत्व थियो। 

जीवनको पहिलो कमाई ?

Ncell 2
Ncell 2
nimb
nimb

सबैभन्दा पहिलो कमाई सुवास घिसिङको चुनावको बेला उनका विरोधीहरुले एउटा क्यासेट निकालेका थिएँ। त्यसको रेकड्रिङ काठमाडौंमा शम्भु राईको स्टुडियोमा भएको थियो। त्यस क्यासेटमा मैले उनीहरुको लेखनमा बोलेको थिँए। त्यस बापत मैले पाँच हजार पाएको थिए। त्यो पैसाले बिहे गरें। यो २०५२ सालको कुरा हो। पाँच हजार त्यो बेला सानो कमाई होइन। त्यो मेरो कलाकारिता क्षेत्रको पहिलो र सबभन्दा ठूलो कमाई हो। 

तपाईंले त भागी विवाह गर्नु भएको हो ? 

मेराे 'फ्लाइङ' विवाह हाे । त्याे भनेको उडाएको, उडायो रे भन्छन् नि। त्यही गरेको हो। म जुन जातीय वर्गमा हुर्किएँ, त्यहाँ उपाध्याय बाहुनले जैसीसँग विहे गर्नु हुन्न भन्ने मान्यता थियो। तर,मेरो आदर्शमा जातभातको ठाउँ छैन किनकी यो मान्छेले बनाएको हो। त्यसमा मैले केही क्रान्ति गरें कि भन्ने लाग्छ। मैले ठूलो क्रस म्यारिज गर्न नसके पनि मेरो पिता, पूर्खा, परिवार, आफन्तले गर्न नसकेको क्रान्ति मैले गरे‌ं भन्ने मलाई लाग्छ।

घरको कस्तो प्रतिक्रिया आयो ? 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सकारात्मक आउने कुरो थिएन। मैले पनि उहाँहरुलाई तर्कले कन्भिन्स गराउनु हुँदैन भन्ने लाग्यो। किनकी उहाँहरुको प्रतिक्रियाका पछाडि उहाँहरु रहनुभएको समाज बोलेको थियो। मैले यसमा उहाँहरुलाई 'सरी' भनें। अहिले सहज  रुपमा लिनुभएको छ। 

गाउँमा हुँदा गरेका के–के कुरा अझै सम्झनु हुन्छ?

हरियो घाँस पनि काटेको छु । दाउरा चिरेको छु। हलो जोतेको छु। धेरै गर्या छु। कति साथीहरु विगत लुकाउनुहुन्छ। तर मलाई यी बताउन पाउँदा गर्व लाग्छ। एक खालको आनन्द पनि। किनभने यस कुराले मानिसहरुलाई थाहा हुन्छ, हामी पनि तलबाट माथि उठेका हाैं। तलबाट नै यो ठाउँमा आएका हाै‌ं।

पहिलाे कोठाभाडा कति तिरेका याद छ?

दाईसँग पढ्न आउँदा ३५० थियो क्यारे। म २०५२ सालमा छुटिँदा नौ सयको कोठामा बसेको थिएँ। अहिले त बालकोटमा आफ्नै एउटा सानो झुप्रो बनाएको छु। 

लेख्दा आनन्द लाग्छ की स्टेज साे गर्दा ? 
लेख्दाको आनन्द र स्टेज साेको आनन्द भिन्न भिन्न हुन्छ। लेखन भनेको विशुद्ध वैचारिक चेतनाको उच्चतम रुप हो, जुन स्टेज साेमा प्राप्त हुन्न। मलाई लेख्दा आनन्द लाग्छ। 

यो उचार्इंमा आइपुग्दा जीवनका अरु उद्देश्यहरु कता छन्?

म यस्तो आर्थिकस्थितिबाट आएँ, जहाँ म डाक्टर वकिल वा इन्जिनियर बन्ने खालको हैसियत थिएन। मैले मेरो उद्देश्य भन्दा धेरै पाएको छु। मेरो ठूलो उद्देश्य भनेको एसएलसी पास गर्न पाएँ हुन्थ्यो भन्ने थियो। मैले त्यो भन्दा ठूलो पाएको छु। त्यसैले मेरो उद्देश्य पूरा भएको छ। मैले चाहे भन्दा बेसी पाएको छु। 

मान्छेको उद्देश्य प्राप्त भएपछि खुसी हुन्छन् । तपाई सबै भन्दा खुशी भएको दिन ? 

एसएलसी पास गरेको दिन हो जस्तो लाग्छ। तर उमेर बढ्दै जाँदाखेरी धेरै समस्याले गाँज्ने अर्थात् धेरै कुराहरु दिमागमा लिनुपर्ने हुनाले अब खुसी विर्सेर दुःख बढी सम्झिइन्छ । 

कलाकारहरूमा हास्य कलाकारहरूको बजार कति राम्रो छ?

तुलनात्मक र व्यस्तताबाट हेर्ने हो भने यो विधामा संलग्नहरू बढी व्यस्त छन्। यो कुरा फिल्ममा पछिल्लो समय हास्यरसकै कारण प्राप्त सफलताको अंकगणित हेर्दा स्पष्ट हुन्छ। हास्य प्रस्तुतिबिना स्टेज सो अपूरा जस्ता हुन्छन्। रंगमञ्चमा पनि गतिलो उपस्थिति छ। कमाइको मामिला पनि हास्य कलाकारको अवस्था लोभलाग्दो नै मान्नुपर्छ।

कस्तो बिधा हो हास्य क्षेत्र ?

हास्यक्षेत्र एउटा विशिष्ट बिधा हो। जसमा अपडेट भइरहनुपर्छ। जस्तो कि यम बरालले आज भन्दा बर्षाैंअघि 'बादलुको घुम्टोले' भन्ने गीत गाएँ। उनले आज पनि त्यो गीत गाइरहन्छन् तर हास्यक्षेत्रमा त्यो गर्न मिल्दैन। दिनप्रति दिन हुने घटना क्रमलाई बुझेर यस्तो गरे दर्शक श्रोताहरुलाई हँसाउन सकिन्छ भन्ने तिर तल्लीन हुनुपर्छ। हिजो गरेको कमेडी आज पनि गर्‍याे भने 'ह्या, यो त उही हो नि' भन्दै नाक खुम्चाउँछन्। त्यसलाई रोक्न नयाँपन दिनुपर्छ, जसका लागि अभ्यास अध्ययन अत्यन्त जरुरी छ। 

नेपाली हास्य क्षेत्रमा नयाँ पुस्तामा कसको काम राम्रो छ?  

पछिल्लो समय नयाँ पुस्तामा सन्दिप क्षेत्रीको राम्रो छ। उनको नेपाली र अंग्रेजी भाषा मिसाएर प्रस्तुत हुने शैलीले युवापुस्तामा उनको लोकप्रियता र उनको शैली हेर्दा उनी राम्रा लाग्छन्। त्यस्तै नक्कल उतार्ने कमेडीमा दिनेश काफ्ले तथा सुवोध गौतम चर्चित हुनसक्ने कलाकार हुन्। लेखनमा, त्यो पनि विशेषगरी प्यारोडी आदिमा राजा राजेन्द्र पोखरेल राम्रा छन्। स्क्रिप्ट राइटिङमा अझै समस्या छ। प्रस्तुति दिने कलाकार आफैंले लेखेर यसको काम चलाउने भरहेको छ। पत्रिकामा आउने आलेखहरूमा लक्ष्मण गाम्नागे हुनुहुन्छ भने मनोज गजुरेलजीको लेखन पनि मलाई मनपर्छ। 

यसमा देखिएका विकृति? 

पछिल्लो समय केही हदसम्म अश्लिलता पनि देखिएको छ। यो विशेषगरी गाईजात्राका सिलसिलामा यो प्रवृति देखिएको छ। जुन स्वस्थकर होइन। यस क्षेत्रलाई शिष्ट र मर्यादित बनाउनुपर्छ भन्ने मान्यता म राख्दछु। मेरा सिर्जनामा त्यो देखाउने प्रयत्न हर समय रहन्छ र रहिरहन्छ। 

यो क्षेत्रमा जीवन चलाउन सजिलो छ ?

यो क्षेत्रमा मात्र होइन हर क्षेत्रमा सकिन्छ तर दक्षता आवश्यक छ। यसमा लागेर मज्जाले जीवन चलाउन सकिन्छ र मैले चलाएको पनि छु र अरुले पनि चलाएका छन्। 

हास्य व्यंग्य अहिले चर्चित हो कि लोकप्रिय?

चर्चा अत्याधिक छ भने लोकप्रिय उन्मुख हुँदै गइरहेको छ। यसको लोकप्रियताले विस्तारै हाँस्य कलाकारहरू समाजसँग पनि जोडिन थालेका छन्।

सवै भन्दा वढी धन्यवाद कसलाई दिनु हुन्छ ? 

सबभन्दा बढी म मेरो आमालाई दिन्छु। जसले ७ जना टुहुरा वच्चालाई हुर्काउनु भयो। म करिब ६ महीनाको हुँदा बुवाको निधन भएको हो। मलाई उहाँको अनुहार याद छैन। अनि मेरा दाई जसले मलाई काठमाडौं ल्याउनु भयो। 


 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४  ०६:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्