काठमाडौं– भक्तपुरको एक सुधार गृहमा युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा राखिएका एक युवकको मृत्यु भएको हो।
उपचारका लागि अस्पताल लगिएका उनको आइतबार बिहान करिब ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
तर सुधार गृहमा रहेका अन्य व्यक्तिहरूले भने युवकलाई कुटपिट गरी हत्या गरिएको आरोप लगाएका छन्। घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्दै उनीहरूले सुधार गृहमै नाराबाजी गरेका छन्।
स्थिति तनावपूर्ण बनेपछि अहिले सुधार गृह परिसरमा प्रहरी परिचालन गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।