काठमाडौं– दोलखाको यालुङ री हिमालको हिमपहिरोमा परेर हराइरहेका पाँच जनाको शव नौ महिनापछि भेटिएको छ।
२०८२ कात्तिकदेखि हराएका पाँच जना आरोही तथा शेर्पा गाइडको शव सङ्कलन गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाका सूचना अधिकारी बालकृष्ण थापाले आइतबार नेपाल लाइभलाई जानकारी दिए।
हिउँ पग्लिएर सतहमा देखिएपछि आरोही तथा हेलिकप्टर उद्धारकर्ताहरूको समूहले सो हिमालको चुचुरो नजिकैबाट ती शवहरू सङ्कलन गरेको बताइएको छ।
शवहरू दोलखाको ना गाउँमा ल्याइएको छ।
उनीहरूको पहिचान हुन भने बाँकी रहेको थापाले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।