काठमाडौं– विशेष अधिवेशनबाट पार्टी सभापतिमा गगन थापा आएसँगै विद्रोहमा उत्रिएको पक्षले यही साउन २९ गतेदेखि गर्ने भनेको भेला सर्न सक्ने संकेत मिलेको छ।
यही साउन २९ देखि ३१ गतेसम्मका लागि तय भएको भेला सर्न सक्ने भए पनि यसको यकिन भइसकेको छैन।
भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाका सहयोगी भरत तिवारीले नेपाललाइभसँग कुरा गर्दै शनिबार राति भने, ‘सर्ने यकिन छैन। तर नेता शेरबहादुर देउवा २८ गते आएपछि कुराकानी गर्नुपर्ने र राष्ट्रिय सभा गृहको हल व्यवस्थापनजस्ता प्राविधिक समस्याले १–२ दिन सर्न पनि सक्छ।’
तिवारीले पार्टी एकताकै लागि हुने भेला पार्टी प्यालेसमै हुन सक्ने पनि जनाए।
पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सोही सम्मेलनमा सहभागी हुन यही साउन २८ गते स्वदेश फर्कने बताइएको छ।
देउवा गत भदौ २३ गते जेन्जी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते भएका थिए। उनी फागुन १३ गते पत्नीसहित सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए। उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।