काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले जमिनको सतहमा हेलिप्याड निर्माण तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७५ जारी गरेको छ।
_x000D_
_x000D_
सरकारले हरेक स्थानीय तहमा एक हेलिप्याड निमार्ण गर्ने गरी लिएको नीति अगाडि सारेको छ। सरकारको लक्ष्य अनुरुप निर्माण हुने गरिने हेलिप्याडको निश्चित मापदण्ड र सुरक्षित उडान तथा अवतरणका लागि कार्यविधि जारी गरेको प्राधिकरणले जनाएको छ।
_x000D_
_x000D_
हेलिप्याड निर्माण तथा सञ्चालन कार्यविधिमा हेलिप्याडको निर्माण, मर्मत तथा सम्भार तथा सञ्चालन गर्न आवश्यक न्यूनतम मापदण्ड उल्लेख गरिएको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल बताउँछन्।
_x000D_
_x000D_
प्रत्येक स्थानीय निकायमा कम्तीमा एउटा हेलिप्याड निर्माणमार्फत देशभरको हवाई यातायात सञ्जालको न्यूनतम पूर्वाधार विकास गर्ने उद्देश्य सहित यो कार्यविधि तयार गरिएको पोखरेलले बताए।
_x000D_
_x000D_
कार्यविधिको प्रमुख उद्देश्य हेलिकोप्टरको उडान तथा अवतरणलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउने रहेको छ। प्रत्येक स्थानीय तहमा निर्माण हुने हेलिप्याडको निर्माण, मर्मत तथा सञ्चालन कसले कसरी गर्ने भन्ने विषयमा पनि कार्यविधिका उल्लेख गरिएको छ।
_x000D_
_x000D_
कार्यविधिका हेलिप्याड निर्माण स्थल सम्भव भएसम्म चारै दिशाबाट खुल्ला हुनुपर्ने, उडान तथा अवतरणमा बाधा पुर्याउने अवरोध हुन नहुने, कम्तीमा पनि हेलिप्याड दुई दिशाबाट खुल्ला भएका हुनुपर्ने कार्यविधिमा उल्लेख छ।
_x000D_
_x000D_
हेलिप्याडको सतह सामान्यता पिसिसीले बनेको हुनुपर्ने, फेडरल एभिएसन प्राधिकरण (एफएए) को स्टान्डर्ड फुटपाथ एमआई–१७ हेलिकोप्टरको लागि १६ सेन्टिमिटर मोटाइ र पिसिसीको बेस २० सेन्टिमिटर हुनपर्ने कार्यविधिमा उल्लेख छ।
_x000D_
_x000D_
सिमेन्ट तथा बालुवा उपलब्ध नभएको अवस्थमा भने ३० सेन्टिमिटर ढुंगा सोलिङ गरेको हुनपर्ने र सोलिङको छिद्रहरुमा माटो राखी खँदिलो बनाउनुपर्ने कार्यविधिमा उल्लेख छ। साथै कार्यविधिका हेलिप्याडको (टच डाउन र लिफ्ट अफ) बीचमा पर्ने गरी एच आकारले मार्किङ गर्नुपर्ने उल्लेख छ।
_x000D_
_x000D_
स्थानीय तहले हेलिप्याड निर्माण सम्पन्न गरेको ३० दिनभित्र नेपाल नागरिक उड्डयन प्राधिकरणमा जानकारी गराउनुपर्ने समेत कार्यविधिका उल्लेख छ। त्यसपछि प्राधिकरणले हेलिप्याडमा हेलिकोप्टर सुरक्षित उडान तथा अवतरण गर्न योग्य भए नभएको सम्बन्धी निरीक्षण गर्नेछ। सञ्चालन योग्य भएपछि प्राधिकरणले एआरपी प्रकाशन गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।