सिन्धुपाल्चोक – आयोजक नवलपुर युनाइटेड क्लब ‘ए’ ले सिन्धुपाल्चोक जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
मंगलबार भएको फाइनलमा नवलपुर युवा क्लबलाई १–० गोलले पराजित गरेर नवलपुर युनाइटेड च्याम्पियन बनेको हो । नवलपुर युनाइटेडको जितमा कृष्ण भण्डारीले निर्णायक गोल गरेका थिए।
जितसँगै युनाइटेडले १ लाख ५१ हजार नगद पुरस्कार हात पार्यो । उपविजेता नवलपुर युवा क्लबले १ लाख १ हजारमै चित्त बुझायो।
गोल्मादेवी इन्द्रावती–५ तेस्रो भयो । गोल्मादेवीले आयोजक नवलपुर युनाइटेड क्लब ‘सी’ लाई हरायो । जितसँगै गोल्मादेवीले ५१ हजार पुरस्कार पायो।
अजय तामाङले उत्कृष्ट खेलाडी, वाङजु लामाले उत्कृष्ट गोलकिपर र आशिष श्रेष्ठ उत्कृष्ट डिफेन्डरको ट्रफी पाए । कृष्ण भण्डारीले सर्वाधिक गोलकर्ताको पुरस्कार पाए । असोज २५ बाट सुरु भएको प्रतियोगितामा १४ टिम सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।