• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

ट्याक्सी दर्ता तथा सञ्चालन मापदण्ड प्रभावित पार्न मन्त्री महासेठ रिझाउने खेलमा को-को?

64x64
नेपाल लाइभ सोमबार, मंसिर ३, २०७५  ११:०५
1140x725

काठमाडौं– यातायात व्यवस्था विभागले पहिलो पटक ट्याक्सी दर्ता तथा सञ्चालन मापदण्ड निर्माणको गृहकार्य थालेको छ। विभागको तयारीसँगै मापदण्ड प्रभावित पार्न अटो व्यवसायीहरु पनि गर्माएका छन्।

_x000D_ _x000D_

व्यवासीयबीच नयाँ आउने मापदण्ड आफ्नो पक्षमा कसरी ल्याउने भन्ने विषयमा तँछाडमछाड सुरु भएको छ। व्यवसायीले ट्याक्सी सञ्चालनमा पुरानो मापदण्डमा रहेको सिसी बढाउने वा यथावत् राख्ने विषयमा चलखेल सुरु गरेका छन्।

_x000D_ _x000D_

ट्याक्सीका रुपमा प्रयोग भएका सवारी बिक्रीमा २०५७ सालदेखि एकछत्र अधिकार जमाउँदै आएका व्यवसायी र तीन वर्ष अगाडिबाट मात्रै यो क्षेत्रमा प्रवेश गरेका व्यवसायीबीच नयाँ मापदण्ड आफ्नो पक्षमा पार्न लविङ सुरु भएको हो।

_x000D_ _x000D_

व्यवसायीले नयाँ मापदन्ड आफ्नो पक्षमा पार्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई प्रमुख हतियारको रुपमा लिएका छन्।

_x000D_ _x000D_

मन्त्री महासेठले पनि मौका छोप्दै व्यवसायीसँगको मिलोमतोमा आफूनिकट मानिने यातायात व्यवस्था विभागका निर्देशक प्रेमबहादुर सिंहलाई मापदण्ड निर्माणको जिम्मा दिइसकेका छन्।

_x000D_ _x000D_

ट्याक्सी सञ्चालन र त्यसको व्यवस्थापनको विषयबाहेक कस्ता विषय ट्याक्सी मापदण्डमा समावेश हुँदैछ भनेर मापदण्ड निर्माण कार्यदलका संयोजक सिंह प्रश्न गर्दा उनले भने, ‘अहिले अध्ययन सुरु मात्रै भएको छ। सञ्चालन, दर्ता तथा आवश्यक संख्या सबै कुरा समावेश हुने–नहुने अध्ययनपछि मात्रै थाहा हुन्छ।’

_x000D_ _x000D_
_x000D_

व्यवसायीले नयाँ मापदन्ड आफ्नो पक्षमा पार्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई प्रमुख हतियारको रुपमा लिएका छन्।

_x000D_
_x000D_ _x000D_

सिंहले यसो भन्दैगर्दा नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले राष्ट्रिय मापदण्ड केन्द्रलाई बनाउने अधिकारी दिए पनि ट्याक्सी दर्ता र संख्या भने तोक्ने अधिकार नदिएको संघीय मामिला तथा सामान्य प्रशासन  मन्त्रालयलका सचिव दिनेश थपलिया बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

‘सवारी दर्ता र सञ्चालनको अधिकारी प्रदेश सरकारलाई दिइएको छ’, उनले भने, ‘राष्ट्रिय मापदण्ड तय गरे पनि यो ठाउँका लागि यति नै ट्याक्सी संख्या आवश्यक हो भनेर तोक्ने अधिकार छैन।’

_x000D_ _x000D_

केन्द्रले सवारी व्यवस्थापनका लागि आवश्यक मापदण्ड तोक्ने हो। तर, अहिले मुलुक संघीय राज्य कार्यान्वयनको चरणमा रहेकोले केन्द्रले प्रदेश सरकारको काममा हस्तक्षेप होइन, सहयोग गर्नुपर्ने उनले बताए। 

_x000D_ _x000D_

‘सवारी दर्ताको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण नगर्दै यही मौकामा नयाँ ट्याक्सी दर्ता खुलाउनेगरी मापदण्ड तय गर्न मन्त्री महासेठले हतार गरेका छन्,’ विभागको एक उच्च स्रोतले भन्यो, ‘संघीय राज्य कार्यान्वयनसँग सवारी दर्ताको अधिकार प्रदेश सरकार मातहतमा पठाउनेगरी तयार गरेको संघीय सवारी ऐनको मस्यौदा पनि मन्त्री महासेठले दराजमा थन्क्याएका छन्।’

_x000D_ _x000D_

यस्तो अवस्थामा ट्याक्सी दर्ता तथा सञ्चालनको मापदण्ड तय गर्न कार्यदल गठन गर्नुमा आर्थिक चलखेल रहेको प्रष्ट हुने स्रोतको दाबी छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

मन्त्री महासेठले भने यी मौकामा ट्याक्सी दर्ता तथा सञ्चालनको नयाँ मापदण्ड तय गर्दै व्यवसायीको मिलोमतोमा नयाँ ट्याक्सी केन्द्रबाट थप्ने तयारी गरेका हुन्। मन्त्रीले नयाँ ट्याक्सी मापदण्ड बनाउने थालेसँगै अटो व्यवसायका खेलाडीहरु पनि मन्त्री रिझाउन लाग्नु स्वभाविक भएको विभागका एक पूर्वमहानिर्देशक बताउँछन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

लविङमा को–को?
_x000D_ लामो सयमदेखि ट्याक्सीको रुपमा प्रयोग हुँदै आएको मारुती सुजुकी अल्टो ७ सय ९६ सीसीको गाडी नेपालमा बिक्री–वितरण गर्दै आएको चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरकर्पले नयाँ मापदण्ड आफ्नो पक्षमा पार्न लविङ थालेको छ। 

_x000D_ _x000D_

२०७२ सम्म ट्क्यासीको व्यापारमा मारुती–सुजुकीको एकाधिकार थियो। तर, २०७२ सालमा तत्कालीन यातायात व्यवस्था विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीको कार्यदलले ट्याक्सी व्यवस्थापनका लागि अध्ययन गरी बुझाएको प्रतिवेदनपछि भने ट्याक्सीको व्यापारमा रहेको एकाधिकार तोडिएको थियो।

_x000D_ _x000D_

सोही कार्यदलको प्रतिवेदनअनुसार ट्याक्सीको व्यापारमा हुन्डाई र टाटा पनि प्रवेश गरेका थिए। यसरी प्रवेश गरेका व्यवसायीले अहिले फेरि नयाँ मापदण्ड आफ्नो पक्षमा लविङ सुरु गरेका हुन्। 
_x000D_ सोही कार्यदलले ट्याक्सी सञ्चालनमा साधारण ट्याक्सी मात्रै दर्ता गर्न नहुने प्रतिवेदनमा उल्लेख गरेको छ।

_x000D_ _x000D_

कार्यदलले उपत्यकामा सञ्चालन हुने ट्याक्सी डिलक्स र सुपर डिलक्ससमेत आवश्यक रहेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो।

_x000D_ _x000D_

कार्यदलले ट्याक्सी दर्तामा तीन तहमा वर्गीकरण गर्दै प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनको आधारमा मन्त्रालयले २०७२ असार ३ गते ट्याक्सी दर्तामा साधारण, डिलक्स र सुपर डिलक्स रहनेगरी दर्ता गराउने निर्णय गरेको थियो। 

_x000D_ _x000D_

प्रतिवेदनमा उपत्यकाको लागि साधारण ट्याक्सीको हकमा ८ सय सिसी इन्जिन क्षमतामा प्लस÷माइनस १ प्रतिशतभन्दा कम नभएको हुनुपर्नेछ। तर, त्यसभन्दा अगाडि ट्याक्सी दर्तामा ८ सय सिसीमा प्लस–माइनस १ प्रतिशतभन्दा बढी र कम पनि हुन नहुने भन्दै मारुती–सुजुकीलाई मात्रै हुनेगरी तय भएको मापदण्ड खारेज भएको थियो। तर, बुर्लाकोटीको कार्यदलले भने ८ सय सिसीभन्दा तलको एक प्रतिशत मान्य हुने र बढीको हकमा जति पनि हुने भने प्रावधान राखेको थियो।

_x000D_ _x000D_

सोही कार्यदलको प्रतिवेदनसँग ८ सय १४ सिसी क्षमताको हुन्डाई इओन र १ हजार सिसीको टाटाका केही सवारीसमेत ट्याक्सीमा प्रयोग हुन पाएका थिए। 

_x000D_ _x000D_

यसैगरी कार्यदलले डिलक्स ट्याक्सीको हकमा १२ सय सिसीमा प्लस–माइनस १ प्रतिशतभन्दा कम नभएको हुनुपर्ने उल्लेख गरेको थियो। यसैगरी सुपर डिलक्सको हकमा भने १३ सय सिसीमा प्लस–माइनस १ प्रतिशतभन्दा कम हुन नहुने भन्दै कार्यदलले प्रतिवेदन बुझाएको थियो।

_x000D_ _x000D_

साथै प्रतिवेदनमा पुरानो २० वर्षे ट्याक्सी तथा पत्रु ट्याक्सी कवाडीमा बिक्री गरी नयाँ ट्याक्सी दर्तामा भने अनिवार्य डिलक्स हुनेपर्ने उल्लेख गरिएको थियो। तर, यातायात कार्यालय एकान्तकुनाले पत्रु ट्याक्सी कवडीमा बिक्री गरी नयाँ ट्याक्सी लिने व्यवसायीलाई पनि साधारण वर्गको ट्याक्सी दर्ता गर्न दिइएको थियो।

_x000D_ _x000D_
_x000D_

पुरानाे ट्याक्सी दर्ता मापदण्डमा ८ सय सिसीमा प्लस–माइनस १ प्रतिशतभन्दा बढी र कम पनि हुन नहुने भन्दै मारुती–सुजुकीलाई मात्रै हुनेगरी तय भएको मापदण्ड खारेज भएको थियो।

_x000D_
_x000D_ _x000D_

तर, कात्तिक १६ गतेदेखि भने ट्याक्सी दर्ता रोकिएको छ। अहिलेसम्म एकान्तकुना कार्यालयले २१ सयभन्दा बढी पुराना ट्याक्सीको सट्टामा नयाँ ट्याक्सी दर्ता गरिसकेको छ। 

_x000D_ _x000D_

यस्तो अवस्थामा मन्त्री महासेठले ट्याक्सी दर्ता तथा सञ्चालन मापदण्ड बनाउन गृहकार्य थालेसँगै व्यवसायीले छलखेल सुरु गरेका हुन्।

_x000D_ _x000D_

मारुती–सुजुकी गाडी बिक्रेता साधारण ट्याक्सीमा ८ सय सिसीको व्यवस्था राखिरहनुपर्ने भन्दै लविङ थालेको छ। 

_x000D_ _x000D_

तर, ८ सय सिसीको सवारी सार्वजनिक सवारी साधनको रुपमा प्रयोग गर्न नहुने भन्दै न्यूनतम १ हजार सिसीको गाडी मात्रै ट्याक्सीमा प्रयोग गर्ने मापदण्ड बनाउनुपर्छ भन्दै नयाँ व्यवसायी लागिपरेका छन्।

_x000D_ _x000D_

ट्याक्सीको व्यापारमा सिन्डिकेट अन्त्यसँगै यो क्षेत्रमा प्रवेश गरेका हुन्डाई र टाटा गाडीको लागि नेपालको आधिकारिक बिक्रेता व्यवसायी भने न्यूनतम १ हजार सिसी नै बनाउनुपर्छ भन्दै मन्त्रीसँग लविङ गरिरहेका छन्।

_x000D_ _x000D_

उनीहरुले विश्वको कुनै पनि देशमा ८ सय सिसीको सवारी सार्वजनिक सवारीमा प्रयोग नभएको र नेपालमा पनि हुन नहने उनीहरुको तर्क छ।
_x000D_  

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५  ११:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज १५, २०८३
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्