नेपालगञ्ज– रक्तदानलाई सत्य, धर्म, शान्ति र प्रेमको प्रतीक मान्न सकेमात्र रक्त अभावलाई रोक्न सक्ने एक कार्यक्रमा सहभागीहरुले बताए।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको स्वास्थ्य उपसमितिले मंगलबार नेपालगञ्जमा आयोजना गरेको दिपावलीको शुभ कामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै स्वयंसेवी रक्तदाता एवं राप्रपाका नेता ओमप्रकाश अजादले मानवीय नाताले रक्तदान गर्न अपिल गरे। उनले पर्वहरुलाई जस्तै रक्तदानलाई पनि हर्षोल्लासका साथ मनाउपर्ने बताए।
कार्यक्रममा रेडक्रास बाँकेका प्रमुख निरञ्जना मल्लाले मानव शरिरमा भएको रगत तिन तिन महिनामा रक्तदान गर्दा शरीरिक रुपमा स्वास्थ्य रहने भएकोले रक्तदान गर्न कन्जुसाई नगर्न सुझाव दिइन्।
क्षेत्रीय रक्त संचार केन्द्र नेपालगंजका प्रमुख उपेन्द्र रेग्मीले निस्वार्थ भावनाले रक्तदान गर्नेहरुको संख्या जुन तरिकाले बृद्धि हुनु पर्ने हो त्यो हुन नसकीरहेको प्रति चिन्ता व्यक्त गर्दै रक्तदाताहरुको संख्या बढाउन तर्फ सबैले ध्यान दिन जरुरी रहेको बताए।
स्वास्थ्य समितिका अध्यक्ष राकेश श्रीवस्तावले क्षेत्रीय रक्त संचार केन्द्र नेपालगंज र कोहलपुरलाई प्राविधि युक्त बनाउदै स्वयसेवी रक्तदाताको संख्या बृद्धि गर्न तर्फ आफू लागेको बताए।
थर्ड एलायन्स पश्चिम तराईका उप क्षेत्रीय संयोजक,रक्तदाता स्वयसेवी समाजका सचिव एंव स्वस्थ्य समितिका सदस्य आलम खानले रगत तोडनका लागि होईन जोडनका लागि प्रयोग हुनु पर्ने धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।