काठमाडौं– नेपाली फिल्म ‘साइनो’को औपचारिक निर्माण घोषणा भएको छ। आइतबार राजाधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो।
_x000D_
_x000D_
नेपाली फिल्मकी पहिलो नायिका भुवन चन्द थापाको निर्माण तथा प्रस्तुतिमा बन्न लागेको फिल्म साइनोइलाई रमेश थापाले निर्देशन गर्नेछन्। अभिमन्यु निरभीको कथा/लेखन रहेको यस फिल्ममा शरण थापा कार्यकारी निर्माताको रुपमा रहेका छन्।
_x000D_
_x000D_
लामो समयसम्म अभिनय यात्रामा रहेकी चन्दले पहिलाेपटक ‘साइनो’ मार्फत फिल्म निर्माणमा पाइला चालेकी हुन्। फिल्ममा अभिनेत्री मिरुना मगर तथा नवकलाकार राज कुमारको मुख्य अभिनय रहने छ। त्यसैगरी निर्मात्री भुवन स्वयम् सहित नीता ढुंगाना, वसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रोय दिप श्रेष्ठलगयातको अभिनय रहने छ।
_x000D_
_x000D_
करिब ४० दिन लामो छायांकन अवधि छुट्याइएको फिल्मलाई काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोकलगायतका स्थानमा छायांकन गरिने छ। फिल्ममा रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, रोशन विक्रम भट्टराईको द्वन्द्व रहनेछ भने चेतन कार्की, र पुरुषाेत्तम बस्नेतको गीत तथा वसन्त सापकोटाको संगीत रहने छ।
_x000D_
_x000D_
‘साइनो’ नाममै यसअघि सन् १९८८ मा मालती राईको निर्माण तथा युगेन छोपेनको निर्देशनमा फिल्म बनिसकेकाे छ। तर, यसै नामलाई सापटी लिएर अभिनेत्री चन्द नयाँ फिल्म निर्माणमा जुटेकी हुन्।
_x000D_
_x000D_
फिल्म सोमबारबाट छायांकनका लागि फ्लोरमा जाने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।