• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

'समुद्र साउती' ल्याएका कवि भिखारी जब गृहनगर पुगे

64x64
नेपाल लाइभ आइतबार, मंसिर २, २०७५  १३:१४
1140x725

इटहरी- काव्यिक यात्राको क्रममा रहेका कवि बद्री भिखारी केहीदिन पहिले नै गृहनगर आइपुगे। सँधैजसो अनौपचारिक काममै इटहरी आइपुग्ने भिखारीको यसपटकको यात्रा अलि फरक थियो। गत असार २९ गते लोकार्पण भएको कविता कृति 'समुद्र साउती'सँगै साउती गर्दै इटहरीका पाठक र साहित्यकारसँग विमर्श गर्न आएका थिए उनी। 

_x000D_ _x000D_

कार्यक्रमः बद्री भिखारीको काव्यकृति समुद्र साउती ‘होम लन्च’। समयः बिहानको ११ बजे। स्थानः कोशी सेन्ट जेम्स कलेजको सेमिनार हल इटहरी, सुनसरी। मितिः १, मङ्सिर २०७५, शनिबार। आयोजक को हो नामनिशान देखिएन। 

_x000D_ _x000D_

११ बजेका लागि तोकिएको कार्यक्रम १ घन्टा ५ मिनेट ढिलो अर्थात् १२:०५ मा मात्र सुरु भयो। कार्यक्रम ढिलो भएको विषयमा गाइगुई हल्ला हुन थाल्यो। त्यतिकैमा कवि मनु मन्जिलले माइक्रोफोन समाएर कार्यक्रम ढिला हुनुमा त्यही माइक्रोफोन जिम्मेवार भएको सन्देश सुनाए। हल हाँसोले भरियो। 

_x000D_ _x000D_

सबैको ध्यान स्टेजको ब्यानर र कुर्सीमा थियो। त्यतिकैमा कार्यक्रम सञ्चालकले आसन ग्रहण गराउन थाले। कार्यक्रमको औपचारिक आयोजक नभएकोले दर्शक दिर्घामा बस्ने सम्पूर्णलाई सभापतित्व ग्रहण गर्न भनियो। सबैलाई अचम्मित बनायो। कसैले पनि उठेर आसन ग्रहण गर्ने साहस गर्न सकेनन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

अतिथि आसन ग्रहणपछि कार्यक्रम उद्धघाटन भयो। प्रमुख अतिथि जशराज किराँतीले कविताको एक हरफ पढेर कार्यक्रम उद्धघाटन गरे। 

_x000D_ _x000D_

घाम रोप्छु भनेर
_x000D_ सखारै 
_x000D_ घरबाट हिँडेको ऊ
_x000D_ साँझ छिप्पिसकेपछि 
_x000D_ खुर्पे जुन 
_x000D_ बोकेर पो फर्कियो!

_x000D_ _x000D_

लगत्तै भिखारीको हातमा माइक्रोफोन पर्‍यो। 'नागरिकता' शीर्षकको कविताबाट उनले वाचन सुरु गरे। दर्शकदिर्घा पूर्ण रूपमा मन्त्रमुग्ध बन्यो। कविको वाचन रोकिए लगत्तै हलमा तालीको गड्गडाहट सुरु भयो। लामो समय रोकिएन। हलको बीच र कुनाबाट 'वान्स मोर' सुनिन थाल्यो। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

कवि त्यति मै रोकिएनन्। ‘तिमीले राम्रो भनेपछि’ कविता खोज्न पाना पल्टाउन थाले उनी। भिखारीले ‘तिमीले राम्रो भनेपछि’ वाचन गर्दा उनका औंलाले हलको कुनातिर सङ्केत गरिरहेको थियो। त्यसपछि सबैले कुनातिर पल्याकपुलुक हेर्न थाले। तर कसैले ‘तिमी’ को हो ठम्याउन सकेनन्, भिखारीले भनेको तिमी पत्ता लागेन। 

_x000D_ _x000D_

भिखारी गुन्जिइ सकेपछि प्रा. डा. टङ्क न्यौपानेको पालो आयो। भिखारीको काव्यिक परिपक्कता देखेर दङ्ग भएको उनले सुनाए। लामो समयसम्म काव्यिक यात्रा छाडेका भिखारी त्यसपछि झनै खारिएर आएको उनको भनाइ थियो। 

_x000D_ _x000D_

_x000D_ _x000D_

त्यसपछि स्टेजमा कवि मनु मन्जिलको पुनरागमन भयो। न्यौपानेको तर्कको खण्डन गर्दै उनले भिखारी समयअनुसार बग्न सक्ने कवि भएको प्रतिक्रिया दिए। डा. न्यौपानेको विरोध गरेको हैन। ‘भिखारी दाइको परिपक्कता पहिल्यैदेखि खारिएको थियो,’ उनले भने, ‘भिखारी दाइले पहिला पुरानो पुस्ता सुहाँउदो कविता लेख्थे। त्यसपछि हाम्रो पुस्तालाई लोभ्याउने खालको र अहिले नयाँ भाइबहिनीलाई 'फिट' हुने प्रस्तुति दिनुहुन्छ।’

Xtrem

Xtrem
_x000D_ _x000D_

मनु मन्जिलको खरो अभिव्यक्ति पश्चात् स्टेजमा पुगे कवि तथा पत्रकार राजेश विद्रोही। उनले समुद्र साउतीभित्रको ‘सिद्धार्थ’ शीर्षकको कविता वाचन गरे। त्यसपछि कवि सन्तोष थेवेले सोही कृति भित्रको ‘हजुर आमा र उज्यालो’ कविता सुनाए।
_x000D_  
_x000D_ कार्यक्रमलाई रोचक बनाउनकै लागि भिखारी पुनः स्टेज पुगे। सबैले अनुमान लगाए फेरि भिखारीले कविता वाचन गर्नेछन्। तर उनले वाचन गरेनन्। प्रश्नको सामना गर्ने भन्दै खडा भए।  प्रश्नकर्ताको रूपमा आए आख्यानकार रमेश सायन। सायनले यस कृति भित्रका कविता सुन्दर बनाउन के-के गर्नु भयो? भनी प्रश्न गरे।  
_x000D_ भिखारीले पनि आफ्नै एक कविता ‘अनुत्तरित प्रश्न’को सम्झना गराउँदै कविता सुन्दर भनिदिनु भएकोमा धन्यवाद दिए। 

_x000D_ _x000D_

सायनले दोस्रो प्रश्न गरे। आफूले सोचेभन्दा फरक प्रतिक्रिया पाठकबाट आउँदा कस्तो अनुभूति हुन्छ? जसले जे बुझ्छ त्यही लेखेको भिखारीले बताए। ‘एउटा कवितामा फरक-फरक धारणा प्रवाह हुनु नै कविको सफलता हो’ उनले भने। 

_x000D_ _x000D_

तपाईंले १२ वर्षसम्म कविता नलेखेको भन्नुभयो। कविता लेख्दा जुन आनन्द आउँछ, त्यो आनन्द चाँहि केबाट परिपूर्ति गर्नुभयो? सायनले तेस्रो प्रश्न गरे। प्रश्न भुईंमा झर्न नपाउँदै हलमा हाँसोको फोहोरा छुट्यो। भिखारीले पनि मुस्कुराउँदै जवाफ फर्काए। एउटा कवि कविता लेख्दा र नलेख्दा बराबर आनन्दित हुन्छ। कविता लेख्दा लेखेर आनन्दित हुन्छ। नलेख्दा सोचेर मात्र भए पनि ऊ आनन्दित हुन्छ। त्यसैले म १२ वर्ष कविता सोचेर आनन्दमा बसे। हल पुनः हाँसोले गुन्जियो। 

_x000D_ _x000D_

सायनले आफ्नो समय सकिएकाले बिदा माग्ने तरखर गर्न थाले। तर दर्शकबाट अझै धेरै समय बाँकी रहेको आवाज आइरह्यो। त्यतिकैमा सायनले आफूले जम्मा ३ वटा मात्र प्रश्न ल्याएकोले अब बाँकी सोध्न नसक्ने भन्दै स्टेजबाट बाहिरिए। उनको मलिन अनुहारमाथि हाँसोको प्रहार भयो।  

_x000D_ _x000D_

_x000D_ _x000D_

कार्यक्रम सञ्चालकले सायनलाई ढाडस दिन प्रसङ्ग बदले। र बोलाए गजलकार टिका आत्रेयलाई। आत्रेयको आगमनले ‘जस्तो जस्तो’ कविता गुन्जयमना भयो। 

_x000D_ _x000D_

आत्रेयको बिदाइपछि सञ्चालकले कवि विराट अनुपमलाई माइक्रोफोन हस्तान्तरण गरे। त्यससँगै सम्पूर्ण अतिथिहरू दर्शक बने। अनुपमले 'प्यानल डिस्कसन'को तयारी गर्न थाले। कवि देवान किराँती, सीमा आभास र डा. रामजी तिम्सिना स्टेजमा पुगे। 

_x000D_ _x000D_

अनुपमले उपस्थित तिनै जनालाई एउटै प्रश्न गरे।  तपाईंहरू सबैले समुद्र साउती पढ्नु भएको छ? आभास र तिम्सिनाले आद्योपान्त पढेको बताए। तर किराँतीले कृति आउनुभन्दा अगाडि धेरै पढियो तर अहिले पढेको छैन भन्ने सिधा उत्तर दिए। 

_x000D_ _x000D_

कार्यक्रम अवधिभर कृतिकै विषयमा चर्चा भयो। खाली भएको स्टेजमा पुनः पुगे जशराज किराँती। कार्यक्रमको अन्त्य गर्ने जिम्मेवारी पनि उनैले पाएका थिए। 

_x000D_ _x000D_

भिखारीको कविता वाचन सुन्दा अझै पनि आफू युवा नै भएको भान हुने अनुभव उनले सुनाए। भिखारीमा आएको परिपक्कता देखेर आफू दङ्ग परेको उनको भनाइ थियो। दर्शकदिर्घाको पछाडि बसेको भिखारी मुसुमुसु हासिरहेका थिए। राईले थप प्रशंसा गर्दै भने ‘कवि भएपछि भिखारी जस्तो हुनु।’

_x000D_ _x000D_

यसअघि काठमाडौंको शिल्पी थिएटर र धरानमा समुद्र साउती कृतिमाथि समीक्षा भएको थियो।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०७५  १३:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्