काठमाडौं– अभिनेता सरोज खनालको लगानीमा ‘माला अार्टस् एकेडेमी’ सञ्चालनमा आएको छ।
_x000D_
_x000D_
एकेडेमीको शनिबार काठमाडौं दरबारमार्गमा औपचारिक शुभारम्भ गरिएको हो।
_x000D_
_x000D_
नेपाली अभिनय क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि एकेडेमी सञ्चालनमा ल्याएको अभिनेता खनालले बताए।
_x000D_
_x000D_
नेपाली फिल्म क्षेत्रका विभिन्न कलाकर्मीहरुको उपस्थितीमा एकेडेमीकाे उद्घाटन गरिएको हो।
_x000D_
_x000D_
करिब ५० लाख लगानीमा सञ्चालनमा ल्याइएको उक्त एकडेमीमार्फत अभिनय यात्राको ३ दशक लामो अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभिनेता खनालले बताए।
_x000D_
_x000D_
खनालले भने, ‘नेपालमा अभिनय सिकाउनकै लागि खोलिएका प्रशिक्षण केन्द्र धेरै छन् तर प्रशिक्षण कार्यक्रमपछि पनि प्रशिक्षार्थीले अवसर पाएका छैनन्। उनीहरुलाई प्रशिक्षणसँगै अवसरको पनि आवश्यकता छ। त्यो आवश्यकता परिपूर्ति गर्न एकेडेमी सञ्चालनमा ल्याइएकाे हुँ।'
_x000D_
_x000D_
अभिनय यात्रामा व्यस्त रहने सरोज एकेडेमी सञ्चालनमा आएपछि भने संख्यात्मक अभिनय घटाउने सोचमा छन्। उनी भन्छन्, ‘मलाई प्रायः हप्तामा २/४ वटा स्क्रिप्ट हातमा आउँछन् तर म अभिनयको संख्या घटाउनतिर लागेको छु। किनकि, ३ दशक लामो अनुभव अब म प्रशिक्षणमा खर्चिएर नयाँ पुस्तामा हस्तान्तरण गर्न चाहन्छु।’
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।