मंगलबारे, इलाम – सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ को वार्षिक बजेट सार्वजनिक गरेको छ।
नगर प्रमुख आरबि राईले रु ६९ करोड २२ लाख ६७ हजार बराबरको बजेट सार्वजानिक गर्नुभएको हो । चालु खर्चतर्फ रु ३७ करोड ३१ लाख, ५६ हजार र पुँजीगततर्फ रु ३१ करोड ९१ लख ११ हजार बजेट विनियोजन गरिएको छ।
कुल बजेटको ५३ दशमलव ९ प्रतिशत चालु र ४६ दशमलव १० प्रतिशत पुजीगततर्फ रहेको छ। गाउँपालिकाले कृषि, पशु, स्वास्थ्य, सहकारी, महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी जनजाति तथा दलित समुदायलाई लक्षित कार्यक्रमलाई मुख्य प्राथमिकता दिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।