एजेन्सी– छायांकनमा रहेको बलिउड फिल्म 'ब्रह्मास्त्र'को चर्चा यतिबेला चुलिँदो छ। आयान मुखर्जीको निर्देशनमा निर्माण भइरहेको फिल्ममा आलिया भट्ट र रणवीर कपुरको मुख्य अभिनय रहनेछ। यही फिल्मको छायांकन स्थलबाट आलिया र रणवीरको एक तस्बिर बाहिरिएको छ।
_x000D_
_x000D_
उक्त तस्बिरले यतिबेला बलिउड क्षेत्रमा निकै चर्चा पाएको छ।
_x000D_
_x000D_
तस्बिरमा आलिया र रणवीर एकसाथ छन्। तर, आलिया तस्बिरमा निकै निराश मुद्रामा देख्न सकिन्छ भने रणवीर मोबाइलमा व्यस्त छन्। यही तस्बिरलाई आधार मानेर भारतीय सञ्चारमाध्यममा उनीहरुको सम्बन्धमा चिसोपना आएको हो कि भन्ने शंका व्यक्त गरिएको छ।
_x000D_
_x000D_
पछिल्लो दिन रणवीर-आलिया प्रेम सम्बन्धमा रहेको बारेमा निकै चर्चा हुने गरेको छ। यस अवस्थामा सार्वजनिक तस्बिरले भने उनीहरुको सम्बन्धका बारेमा शंका उत्पन्न गराएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।