काठमाडौं– यो साता नेपाली हलहरुमा तीन फिल्म सार्वजनिक भएका छन्। ‘गुनगुन’, ‘दैलो’ र ‘अनुग्रह’ एकसाथ प्रदर्शनमा आएका हुन्। गत साता बलिउड फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ले नेपालमा सोलो रिलिजको मौका पाएको थियो।
_x000D_
_x000D_
फिल्म 'गुनगुन'
_x000D_
लामो समयबाट अभिनयमा सक्रिय कलाकार पुकार भट्टराईको निर्देशनमा तयार भएको फिल्म हो ‘गुनगुन’। फिल्ममा भट्टराईसहित सञ्चिता लुइँटेल, रवीन्द्र प्रताप सेन, सुवास मेचेको अभिनय रहेको छ।
_x000D_
सामाजिक कथावस्तु समेटिएको फिल्म ‘गुनगुन’ निर्देशक भट्टराई आफैंले लेखेका हुन्। प्रार्थना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा हिमाल केसीको द्वन्द्व, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन रहेकोछ।
_x000D_
_x000D_
फिल्म 'दैलो'
_x000D_
पारिवारिक कथामा निर्माण भएको फिल्म ‘दैलो’ पनि आजबाट प्रदर्शनमा आएको छ। फिल्ममा सुरेश उप्रेतीको लेखन, निर्माण र निर्देशन रहेको छ।
_x000D_
_x000D_
२०४७ सालदेखि अभिनय क्षेत्रमा सक्रिय उप्रेतीको यो डेब्यू निर्देशन हो। फिल्ममा निर्देशक सुरेशसँगै दुर्गा साउद, विकास चौलागाई, दीपक डोटेल, मुना प्रसाईं, दीक्षा आचार्य, सुयोग उप्रेती लगायतको अभिनय छ।
_x000D_
_x000D_
फिल्ममा विमलकुमार भट्टराईको छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ।
_x000D_
_x000D_
फिल्म ‘अनुग्रह’
_x000D_
कुमार केसीको निर्देशन रहेको फिल्म ‘अनुग्रह’ पनि प्रदर्शनमा आएको छ। सुवास मेचे, रोहण सेन्चुरी, अर्ती गुप्ता, सञ्जय न्यौपाने, राज गिरी, क्रिस्टिना राई, दीपशिखा सिलवाल लगायतको अभिनय रहेको फिल्ममा सन्तोष खवासको निर्माण रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।