काठमाडौं— नेपाली फिल्म ‘साँइली’को फस्टलुक सार्वजनक भएको छ। ‘सुन साँइली’ बोलको गीत हिट भएपछि त्यसैको नामलाई सापटी लिएर निर्माण गरिएको फिल्मको फस्टलुक सार्वजनिक भएको हो।
_x000D_
_x000D_
फिल्मको सार्वजनिक फस्टलुकमा अभिनेत्री मेनुका प्रधानलाई प्रस्तुत गरिएको छ। यसअघि चर्चा कमाउन सफल ‘सुन साइली’बोलको गीतमा मेनुकाकै अभिनय रहेको थियो। फिल्मले फस्टलुकसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ। फिल्म चैत्त १५ गतेबाट प्रदर्शनमा आउने छ।
_x000D_
_x000D_
रामबाबु गुरुङको लेखन तथा निर्देशन, विशाल गुरुङ र मोहन राना मगरको लगानी तथा गायक हेमन्त राना र नायक गौरव पहारीको जिएच इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा फिल्म निर्माण गरिएको हो। फिल्ममा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, कृपा सिंहलगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।